जनस्वास्थ्य अधिकृत (Public Health Officer)

Community Development Society (CDS)

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।०१।२० गते

सामुदायिक विकास समाज (CDS) विगत २५ वर्षदेखि जोखिममा परेका समुदायलाई विकासको मूलप्रवाहमा सहभागि हुन सक्षम बनाउन लक्ष्यित समुदायको सर्वाङ्गिण विकासका लागि सघाउने साथै उनीहरूको प्रतिस्पर्धी क्षमताको विकास गर्ने ध्येयले कृषि तथा सीपमा आधारित उद्यमशिलता विकास, स्वास्थ्य तथा सरसफाइ, वातावरण संरक्षण, शिक्षा, विपद् जोखिम न्यूनिकरण, महिला सशक्तीकरण, बाल संरक्षण र समुदायमा आधारित संस्थाको सवलीकरण तथा संस्थागत दीगो विकासको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस संस्थाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा मे २०२८ सम्म संचालनमा हुने महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ सुधार परियोजनाको लागि सेवाभावले प्रेरित, मेहनती, उत्साही एवं लक्षित समुदायको सेवाका लागि प्रतिवद्ध तपसिल बमोजिम योग्यता पुगेका र इच्छुक नेपाली नागरिकहरूवाट दरखास्त आह्वान गरिन्छ ।

तपसिल

पद
संख्या
मुख्य काम तथा जिम्मेवारीहरू
शैक्षिक योग्यता तथा अनुभव
तलव सुविधा

जनस्वास्थ्य अधिकृत (Public Health Officer)

(निश्चित अवधीको करार)

परियोजनाको मुख्य कार्यालयमा रही वारम्वार फिल्ड जानु पर्ने ।


  • समुदायस्तरमा स्वास्थ्य तथा सरसफाइ कार्यक्रम संचालन साथै  यौन तथा प्रजन स्वास्थ्य, पोषण, खोप, मातृसुरक्षा, आङ्गखस्ने (पाठेघर), स्तनपान, मर्यादित महिनावरी, महामारी,  नसर्ने रोगहरु लगायत जनस्वास्थ्य साक्षरता सुधारका जनस्वास्थ्य कार्यक्रम प्रवद्र्धनमा ।
  • समुदायस्तरीय संचालन गरिने तालिमको आवश्यकता पहिचान, तालिम पाठ्यक्रम विकास र तालिम संचालन गर्ने ।  
  • समूह छलफलका लागि पाठ योजना तर्जूमा तथा वैठक सहजिकरण निर्देशिका, शैक्षिक सामाग्रीहरू तयार गर्ने । 
  • पालिकास्तरमा जनस्वास्थ्य सरोकारलाई सम्वोधन गर्ने नीति तथा योजना तर्जूम साथै प्रभावकारी कार्यान्वयनको लागि सहयोग गर्ने । 
  • स्वास्थ्य संस्थाद्धारा प्रदत सेवालाई प्रभावकारी, गुणस्तरीय एवं सेवाग्रही मैत्री र लक्षित समुदायको पहूँच अभिवृद्धिका लागि पहल गर्ने । 
  • विद्यालयमा स्थापना गरिने मेडिकल डेस्कको प्रभावकारी संचालनका लागि आवश्यक मापदण्डहरू तयार गर्ने । 
  • विभिन्न स्वास्थ्य शिविरहरू आयोजनाका लागि आवश्यक समन्वय गर्ने । 
  • मातहात कर्मचारीहरूको आवश्यक अनुगमन, मूल्यांकन, व्यक्तिगत सुधार योजना निर्माण, आवश्यक परामर्श एवं पृष्ठपोषण दिने । 
  • परियोजनाको डाटावेश तयार गरी परियोजनाको गतिविधीहरूको आवश्यक दस्तावेजिकरण गर्ने/गराउने । 
  • पालिका, सम्वन्धित शाखा, पालिकास्तरीय स्वास्थ्य संस्था लगायत सरोकारवालाहरूसँग आवश्यक समन्वय गर्ने ।
  • Master in Public Health (MPH) गरी सम्वन्धित कामको २ बर्षको अनुभव वा  Bachelor in Public Health (BPH), वा BSc Nursing गरी ३ बर्षको अनुभव ।
  • MS Office, Data Management Tools सम्वन्धि राम्रो ज्ञान । 
  • अंग्रेजी भाषामा राम्रो दख्खल (बोल्न र लेख्न दुवै सक्ने) भएको । 
  • गुणस्तरीय प्रतिवेदन लेखन सम्वन्धी ज्ञान सीप । 
  • तालिम पाठ्यक्रम विकास तथा सहजिकरण सम्वन्धी राम्रो ज्ञान सीप ।
  • संचार समन्वय कौशल ।
  • मतहातका कर्मचारीको अनुगमन, मूल्यांकन तथा अन्य प्रशासनिक ज्ञान सीप ।
  • मेटरसाइकल/स्कुटर चलाउने सावरी चालक अनुमति पत्र (लाइसेन्स) ।
संस्थाको नियम वमोजिम

आवेदन दिने प्रक्रिया

  • इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो आवेदनको साथमा नागरिकता साथै शैक्षिक योग्यताको प्रमाण पत्रको छाँयाप्रति, अनुभव खुल्ने कागजातहरू र व्यक्तिगत विवरण (Bio–Data) सहित २८ बैशाख २०८३ (११ मे २०२६) वेलुका ५:०० बजेसम्म मन्थली न.पा–१, रेडक्रस मार्गमा रहेको संस्थाको कार्यालयमा वा इमेल मार्फत cdsvacancy@gmail.com मा पेश गर्न सकिनेछ । 
  • प्रारम्भिक छनौट सूचीमा परेका आवेदकलाई मात्र लिखित तथा मौखिक अन्तरवार्ताका लागि वोलाइनेछ । साथै लिखित र मौखिक अन्तरवार्ताको मिति, समय र स्थान बारे फोन वा ईमेल मार्फत जनकारी गराइनेछ ।
  • रीतपूर्वक नआएको वा तोकिएको समय भित्र प्राप्त हुन नआएको आवेदन स्विकृत गरिने छैन । साथै आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार स्वयं संस्थालाई हुनेछ ।

सामुदायिक विकास समाज विविधता, समावेशिता र समानतामा विश्वास गर्ने भएकोले महिला, दलित, मधेशी तथा सीमान्तकृत आदिवासी जनजातिहरूलाई आवेदनका लागि उत्प्रेरित गरिन्छ ।

सामुदायिक विकास समाज

कर्मचारी छनौट समिति

मन्थली नगरपालिका–१, रेडक्रस मार्ग, मन्थली

फोन नं.: ०४८–५४००५४

Overview

Category Public Health, Development Project, Nursing
Openings 1
Position Type Contract
Experience 2 Years
Education M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health), B.Sc. / B.N. (Bachelors in Nursing)
Posted Date 04 May, 2026
Apply Before 11 May, 2026
City Manthali, Ramechhap