शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना
Details / requirements:
शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सुचना ।
प्रथम पटक प्रकाशित मिति : २०८३/०३/२१
उपरोक्त सम्बन्धमा विकासका लागि युवा ऐक्यवद्धता (YARD), कैलाली र वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा संचालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो (HATEMALO) परीयोजनाहरूका लागि Annex-1 अनुसारको सामाग्रि तथा सेवाहरू खरीद गनुपर्ने भएकाले शिलबन्दी दरभाऊ पत्र माग गरीएको छ र पेश भएका दरभाऊ पत्रहरू मध्ये तपसिल अनुसार Criteria (मापदण्ड) पुगेका विक्रेता तथा आपुर्तिकर्ता फर्मलाई छनौट गरि (६ महीना देखी १ बर्ष) सम्म का लागी सामाग्री दिर्घकालिन खरीद सम्झौता गर्ने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसार सुचना प्रकाशन भएको मितिले १४ दिन सम्म इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरु पुरा गरि शिलबन्दी दरभाऊ पत्र आह्वानका लागि यो सुचना प्रकाशन गरिएको छ ।
विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू (Criterion):
- उपयुक्त दररेट ।
- वस्तु तथा सेवाको गुणस्तर ।
- वस्तु तथा सेवाको उपलब्धता ।
- ढुवानी सुविधा ।
- वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
- वस्तु तथा सेवा खरीद पछिको सेवा ।
शिलबन्दी कोटेशनका साथ संलग्न गनुपर्ने आवश्यक कागजातहरू र पालना गर्नु पर्ने सर्तहरू:
- ब्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाणपत्रको प्रतिलिपी नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- आ.ब. २०८१/२०८२ को कर चुत्ता प्रमाणपत्रको प्रतिलिपी ।
- कालो सुचीमा नपरेको स्व घोषणा मूल्ङङ्कन पत्रमा छाप र हस्ताक्षर गरेको ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- दरभाऊ प्रष्ट बुझिने गरी दरभाऊ पत्रलाई शिलबन्दी पेश गर्नुपर्ने छ अन्यथा खरिद समिति जवाफ देहि हुने छैन ।
- कोटेशनमा अनिवार्य रुपमा मिति उल्लेख गरीएको हुनुपर्नेछ ।
- मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
- कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
- दरभाउपत्र मिति २०८३/०३/२१ गते देखि २०८३/०४/०३ गते दिउँसो ५ बजे भित्र विकासका लागि युवा ऐक्यवद्धता (YARD) कार्यालय धनगढीमा बुझाउनु पर्ने छ ।
- संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको ७ दिन देखि १० दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ ।
- नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
- थप जानकारीका लागि ०९१–४११२२० मा सम्पर्क गर्न सकिनेछ ।
नोट : संस्थालाई Annex-1 मा उल्लेख भए अनुसार सामग्रीहरू एकै पटक अथवा पटक पटक पनि आवश्यक पर्न सक्ने र थप संख्यामा पनी चाहीन सक्ने भएको हुँदा विक्रेता छनौट पश्चात कम्तिमा पनि ६ महीना देखी १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ र कोटेशन संगै १/१ प्रती नमुना अनीवार्य पेश गनुपर्ने छ ।
खरीद उपसमिती विकासका लागि युवा ऐक्यवद्धता (YARD), | सप्लायर्सको तर्फबाट हस्ताक्षर: छाप: |
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 05 Jul, 2026 |
| Apply Before | 19 Jul, 2026 |
| City | Dhangadhi, Kailali |