कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशित मिति : २०८३ असार २१ गते आईतवार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको सबै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरूका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
Care Nepal सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी औराही र रामगोपालपुर नगरपालिकामा Poshan Program (पोषण कार्यक्रम) यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रम अन्तरगत तपशील अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका स्थानीय नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।
| पद तथा संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरू |
| Project Coordinator (1 person) | जनस्वास्थ्य/पोषण/नर्सिङ्गमा स्नातक तह उतिर्ण (स्वास्थ्य संग सम्बन्धित विषयमा स्नाकोत्तर पढेकालाई गाह्रयता दिनेछ ।) | १. स्वास्थ्य, पोषण र सामाजिक क्षेत्रमा पाँच वर्षको कार्य अनुभव भएको । २. सरकारी र गैर (सरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा स्रोत र प्राविधिक विशेषज्ञताको लाभ उठाउने व्यावहारिक अनुभव भएको। ३. कार्यक्रम रणनीति, समुहगत निर्णय, र सरकारी नीतिहरू, कार्यक्रमहरू, SDG, र जलवायु परिवर्तनको राम्रो बुझाइमा सीप, ज्ञान र अनुभव भएको । ४. बलियो सहजीकरण, वकालत, संवाद सञ्चार र प्रतिवेदन सीपहरू भएको । ५. अफिस प्याकेज र इन्टरनेटमा कम्प्युटर सीपको साथ अंग्रेजी र नेपाली दुवै भाषामा लेख्न र बोल्नमा उत्कृष्ट कमाण्ड भएको । ६. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्रका संस्थाहरू, स्थानीय सामुदायिक संस्थाहरू, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय स्तरहरूमा सरकारी प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको । ७. कर्मचारी व्यवस्थापन, बजेट, र M&E कौशल भएको । ८. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको । LINK: JD for PC |
| GEDSI & SBC Officer (1 person) | लैगिक अध्ययन, समाजशास्त्र, ग्रामीण विकास तथा अन्य सान्दर्भिक विषयमा स्नातक तह उतिर्ण (सम्बन्धित विषयमा स्नाकोत्तर पढेकालाई गाह्रयता दिनेछ ।) | १. स्वास्थ्य, पोषण र सामाजिक क्षेत्रमा तीन वर्षको कार्य अनुभव भएको । २. GEDSI, SBC, समाजिक मान्यता, सुरक्षा कार्यान्वयन र लैंगिक स्पान्तरणमा कार्य अनुभव भएको । ३. राष्ट्रिय GEDSI, SBC, लैंगिक उत्तरदायी, सुरक्षा, नीतिहरू र दिशा निर्देशहरूसंग परिचित भएको । ४. बलियो सहजीकरण, वकालत, संवाद सञ्चार र प्रतिवेदन सीपहरू भएको । ५. गुणस्तर, सुरक्षा र उत्तरदायित्वप्रति प्रतिकद्त्रताकोसाथ एक सहयोगी टोली उन्मुख दृष्टिकोण भएको । ६. सरकारी र गैर(सरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा स्रोत र प्राविधिक विशेषज्ञताको लाभ उठाउने व्यावहारिक अनुभव भएको । ७. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्रका संस्थाहरू, स्थानीय सामुदायिक संस्थाहरू, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय स्तरहरूमा सरकारी प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको । ८. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको । |
| Agriculture & Marketing Facilitator (2 person) | कृषिमा उच्च मा.वि. तह उतिर्ण गरेको (कृषि संग सम्बन्धित विषयमा स्नातक पढेकालाई गाह्रयता दिनेछ ।) | १. कृषि र जीविकोपार्जन कार्यक्रम र सामाजिक क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव । २. बलियो सहजीकरण, वकालत, संवाद सञ्चार र प्रतिवेदन सीपहरु भएको । ३. सरकारी र गैर(सरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा स्रोत र प्राविधिक विशेषज्ञताको लाभ उठाउने व्यावहारिक अनुभव भएको । ४. GEDSI, सुरक्षा र MEAL प्रणालीहरुको ज्ञान भएको । ५. कार्यक्रम रणनीति, समुहगत निर्णय, र सरकारी नीतिहरू, कार्यक्रमहरू, SDG, र जलवायु परिवर्तनको राम्रो बुझाइमा सीप, ज्ञान र अनुभव भएको । ६. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्रका संस्थाहरू, स्थानीय सामुदायिक संस्थाहरू, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय स्तरहरूमा सरकारी प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको । ७. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको । |
| Health and WASH Facilitator (2 person) | स्वास्थ्य/पोषणमा उच्च मा.वि. तह उतिर्ण (स्वास्थ्य संग सम्बन्धित विषयमा स्नातक पढेकालाई गाह्रयता दिनेछ ।) | १. स्वास्थ्य, पोषण र सामाजिक क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव भएको । २. सरकारी र गैर(सरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा स्रोत र प्राविधिक विशेषज्ञताको लाभ उठाउने व्यावहारिक अनुभव । ३. जनस्वास्थ्य, सरसफाइ, SDG, र जलवायु परिवर्तनको राम्रो बुझाइ, सीप, ज्ञान र अनुभव भएको । ४. नागरिक समाजको गतिशीलता, मानव अधिकार, लोकतन्त्र र सामाजिक विकासको उत्कृष्ट समझ भएको । ५. स्थानीय पालिकाहरू, स्वास्थ्य संस्था, सामुदायिक लाभग्रही, स्वास्थ्य आमा समूह, किसान समूह र अन्य सामुदायिक सरोकारवालाहरूसँग सहकार्य र समन्वय स्थापना गरी काम गर्न सक्ने । ६. पोषण, स्वास्थ्य र ससफाइ स्वस्थ्य आमा समुह/कृषकको तालिम गतिविधिहरूको लागि अभिमुखीकरण सत्रहरू सञ्चालन गर्न सक्ने । ७. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको । |
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू
१. व्यक्तिगत विवरण (Personal bio-data)
२. निवेदन (Application)
३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship)
४. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)
५.तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)
६. दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)
आवेदन दिने अन्तिम मिति:- सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान र तरिका:- स्थान:- दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा ईमेल:- dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।
छोटो सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौं ।
Overview
| Category | Agriculture, Public Health, Development Project, Human Rights, NGO/INGO/Social work, Nursing |
| Openings | Few |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 05 Jul, 2026 |
| Apply Before | 11 Jul, 2026 |
| City | Dhanusha |