शिलबन्दी दरभाउपत्रको सूचना आह्वान

Kalika Self Reliance Social Center

Details / requirements:

२०८३ जेष्ठ ११ गते

शिलबन्दी दरभाउपत्रको सूचना आह्वान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित Transforming Lives Through Nutrition परियोजना अन्तर्गत तपसिल बमोजिमको सामाग्रीहरू खरिद गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

तपसिलः

१. Stainless Steel Water Filter (दरभाउपत्र फारममा उल्लेख भए बमोजिम)

२. Tin Box (दरभाउपत्र फारममा उल्लेख भए बमोजिम)

प्राप्त शिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८३ जेष्ठ २० गते तदानुसार 3rd June 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।

मिति २०८३ जेष्ठ २१ गते तदानुसार 4th June 2026 बिहान ११:०० बजे शिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ तथा सम्पुर्ण दरभाउपत्र पेश गर्ने दरभाउपत्रदातालाई यसै सूचनालाई आधार मानी दरभाउपत्र खोलिने मितिमा उपस्थित हुन जानकारी गराईन्छ ।

शर्तहरू:

१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. माथि दिइएको सामाग्रीहरूको छुट्टा छुट्टै सिलबन्दी दरभाउपत्र पेश गर्नु पर्नेछ तथा प्रत्येक खामको बाहिर के सम्बन्धी आपुर्ति गर्न खोजिएको हो स्पष्ट सँग लेख्नु पर्नेछ ।

३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. शिलबन्दी दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।

५. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

६. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुने छन् ।

७. सामाग्रीको ढुवानी संस्थाको कार्यालय तौलिहवा सम्म गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।

८. इमेलबाट पठाइएको दरभाउपत्र स्वीकार गरिने छैन तसर्थ सिलबन्दी दरभाउपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।

९. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

१०. प्राप्त शिलबन्दी दरभाउपत्रहरू खोलिने मिति र समय माथि उल्लेख गरिएको छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

११. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।

१२. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

१३. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ । 

१४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

Links:

Self Declaration # स्व घोषणापत्र

Financial Proposal - Tin Box - 25-05-2026

Financial Proposal - Stainless Steeel Water Filter - 25-05-2026

सम्पर्कः                                                                                                                   गुनासो गर्नको लागिः

खरिद तथा लिलाम बिक्री उप-समिति                                                                         टोल फ्री नम्बरः १८१०५०००२८२

कालिका स्वावलम्बन सामाजिक केन्द्र                                                                       इमेलः cfm.kssc@gmail.com

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 25 May, 2026
Apply Before 03 Jun, 2026
City Kapilvastu