सिलबन्दी दरभाउपत्रको सूचना आव्हान
Details / requirements:
२०८३ जेष्ठ ११ गते
सिलबन्दी दरभाउपत्रको सूचना आव्हान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र, तौलिहवा, कपिलवस्तु द्वारा संचालित Transforming Lives Through Nutrition परियोजनाको Review & Reflection Meeting का लागि सौरहा, चितवन क्षेत्रमा होटल सेवा आवश्यक रहेकोले सो सेवा खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि सिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।
प्राप्त सिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८३ जेष्ठ २० गते तदानुसार 3rd June 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।
मिति २०८३ जेष्ठ २१ गते तदानुसार 4th June 2026 बिहान ११:०० बजे सिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ तथा सम्पुर्ण दरभाउपत्र पेश गर्ने दरभाउपत्रदातालाई यसै सूचनालाई आधार मानी दरभाउपत्र खोलिने मितिमा उपस्थित हुन जानकारी गराईन्छ ।
शर्तहरुः
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
३. सिलबन्दी दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
४. कार्यक्रममा सहभागी संख्या १२० जना हुन सक्नेछन तर सहभागी संख्या कम या बढी हुन सक्नेछ ।
५. इमेलबाट पठाइएको दरभाउपत्र स्वीकार गरिने छ तर Password Protected हुनु पर्नेछ यदि Password Protected छैन भने दरभाउपत्र स्वीकार गरिने छैन । दरभाउपत्र खोल्ने समय अगावै इमेल मार्फत Password माग गरिने छ ततपश्चात मात्र Password उपलब्ध गराउनु पर्नेछ ।
६. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
७. प्राप्त सिलबन्दी दरभाउपत्रहरु खोलिने मिति र समय माथि उल्लेख गरिएको छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
८. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।
९. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१०. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
११. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरु यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
LINK:
RFQ - Hotel Services (Sauraha Chitwan)
Self Declaration # स्व घोषणापत्र
सम्पर्कः खरिद तथा लिलाम बिक्री उप-समिति कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा सम्पर्क नम्बरः ०७६-५६०२८२ Email Address: ksscnepal.procurement@gmail.com२०८३ जेष्ठ ११ गते | गुनासो गर्नको लागिः टोल फ्री नम्बरः १८१०५०००२८२ इमेलः cfm.kssc@gmail.com |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 25 May, 2026 |
| Apply Before | 03 Jun, 2026 |
| City | Kapilvastu |