शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ असार ३० गते
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) सन् २००३ देखि क्रियाशील एक गैरसरकारी संस्था हो । संस्थाले सीप हस्तान्तरणमार्फत गरिब, विपन्न तथा सामाजिक रूपमा बहिष्करणमा परेका समुदायको सामाजिक–आर्थिक अवस्था तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षमता विकास, सामाजिक उद्यम विकास, सामुदायिक विकास तथा सामुदायिक सद्भाव प्रवर्द्धन संस्थाका प्रमुख कार्यक्षेत्रहरू हुन् ।
यस संस्थाले जर्मन राजदूतावास, काठमाडौंको सहयोगमा "पोखरामा रहेका अव्यवस्थित बस्तीका लागि जीविकोपार्जन तालिम तथा शैक्षिक सामग्री सहयोग परियोजना" सञ्चालन गरिरहेको छ । उक्त परियोजनाका लागि आवश्यक देहायबमोजिमका सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा इजाजतप्राप्त फर्म, कम्पनी तथा आपूर्तिकर्ताहरूबाट रीतपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण
| क्र.सं. | सामग्रीको विवरण | इकाई | परिमाण |
| १ | सिलाई मेसिन (टेबल तथा आवश्यक एक्सेसरीज सहित) | सेट | ३० |
| २ | डिटर्जेन्ट साबुन/जडीबुटी (हर्बल) उत्पादन सामग्री सेट | सेट | २ |
| ३ | मौरीपालन किट (घार, मह काढ्ने एक्स्ट्रयाक्टर, सुरक्षा सामग्री सहित) | सेट | ३० |
| ४ | विद्यालय झोला (स्कुल ब्याग) | थान | १५० |
| ५ | विद्यालय पोशाक (युनिफर्म) | सेट | १५० |
| ६ | स्टेशनरी सामग्री (कापी, कलम, पेन्सिल आदि) | सेट | १५० |
| ७ | शैक्षिक सामग्री/खेल सामग्री | लट | २ |
| ८ | बालविकास (ECD) क्रियाकलाप सामग्री | एकमुष्ट | १ |
२. दरभाउपत्र सम्बन्धी शर्तहरू
- दरभाउपत्र यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयभित्र संस्थाको कार्यालय पोखरा महानगरपालिका–८, नागढुंगा, कास्की मा शिलबन्दी गरी बुझाउन वा nestpokhara2003@gmail.com इमेलमार्फत पेश गर्न सकिनेछ ।
- दरभाउपत्र पेश गर्दा देहायका कागजातहरूको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछः
- फर्म/कम्पनी दर्ता प्रमाणपत्र
- VAT/PAN Registration Certificate
- आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र
- दरभाउपत्र सम्पूर्ण सामग्रीका लागि वा कुनै एक वा एकभन्दा बढी सामग्री (आइटमगत रूपमा) छुट्टाछुट्टै पेश गर्न सकिनेछ । फरक–फरक सामग्रीका लागि फरक–फरक फर्म, कम्पनी वा आपूर्तिकर्ताले दरभाउपत्र पेश गर्न सक्नेछन् । मूल्याङ्कन तथा छनोट आइटमगत रूपमा गरिनेछ । दरभाउपत्रमा कुन–कुन सामग्रीका लागि दर पेश गरिएको हो स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
- कबोल गरिएको दरमा लागू हुने कर तथा अन्य सम्पूर्ण खर्च (ढुवानी, लोडिङ, अनलोडिङ लगायत) समावेश भएको स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
- रीत नपुगेको, म्याद नाघी प्राप्त भएको वा शर्त राखी पेश गरिएको दरभाउपत्र उपर कुनै कारबाही गरिनेछैन ।
- आवश्यक परे संस्थाले सामग्रीको नमूना, क्याटलग, ब्रोसर वा प्राविधिक विवरण (Technical Specification) माग गर्न सक्नेछ । आपूर्ति गरिने सामग्री संस्थाले स्वीकृत गरेको नमूना वा प्राविधिक विवरण बमोजिमको हुनुपर्नेछ ।
- दरभाउपत्र पूर्ण वा आंशिक (आइटमगत) रूपमा स्वीकृत गर्ने, कुनै वा सबै दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने तथा कुनै कारण जनाई वा नजनाई प्रक्रिया रद्द गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।
- छनोट भएका आपूर्तिकर्ताले संस्थाले तोकेको समय, स्थान तथा सर्तअनुसार सामग्री आपूर्ति गर्नुपर्नेछ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसपछिको कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।
- यस सूचनामा उल्लेख नभएका अन्य विषयहरू संस्थाको खरिद नीति तथा प्रचलित नेपाल सरकारको कानून बमोजिम हुनेछन् ।
- थप जानकारीका लागि कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट)
पोखरा महानगरपालिका–८, नागढुंगा, कास्की, नेपाल
फोन: ०६१-५७०४९२, ०६१-५७८०३६ | इमेल: info@nest.org.np, nestpokhara2003@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 14 Jul, 2026 |
| Apply Before | 20 Jul, 2026 |
| City | Pokhara |