शिलबन्दी कोटेशन आव्हानको सूचना
Details / requirements:
सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली
शिलबन्दी कोटेशन आव्हानको सूचना
दोश्रो पटक प्रकाशित मिती २०८३/०३/०५ गते
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल सिन्धुलीको साझेदारीमा संचालित बाल सम्बृद्धि तथा एकीकृत विकासको लागि हातेमालो परियोजना (IPF/SHIELD) अन्तर्गत गोलन्जोर,तीनपाटन र फिक्कल गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा सिँचाइ आयोजनाहरु निर्माण गर्नु पर्ने भएको हुनाले यस संस्थामा सूचीकृत हुनु भएका तथा निर्माणकार्यको लागि इजाजत प्राप्त निर्माण कम्पनीहरुबाट रीतपूर्वक शिलबन्दी कोटेशन आव्हान गरिन्छ ।
| क्र.सं. | बोलपत्र नं. | खानेपानी आयोजनाको नाम | अनुमानित लागत (भ्याट सहित) |
| १ | SIDS- IRRIGATION SCHEME-2026-001 | झ्याडि कुलो सिँचाइ आयोजना, गोलन्जोर ६, सिन्धुली | १०३१९५३.२४ |
| २ | SIDS-IRRIGATION SCHEME -2026-002 | आगने कुलो सिँचाइ आयोजना, गोलन्जोर ६, सिन्धुली | ५१५१४२.१४ |
| ३ | SIDS-IRRIGATION SCHEME -2026-003 | घ्यामपाटार सिँचाइ आयोजना, गोलन्जोर १, सिन्धुली | ४४०७६२.३१ |
| ४ | SIDS-IRRIGATION SCHEME-2026-004 | कालिमाटि सिँचाइ आयोजना, तीनपाटन ७, सिन्धुली | ९००१९७.८७ |
| बोलपत्र पेश गर्ने तरिका | संस्थामा स्वयं उपस्थित भई वा संस्थाको इमेलमा समेत Financial proposal मा पासवर्ड राखी पेश गर्न सकिनेछ |
१.शिलबन्दी कोटेशन यही मिती २०८३ साल आषाढ ०९ गते (२३ जुन २०२६) सम्म मा ईच्छुक ईजाजत प्राप्त निर्माण कम्पनीहरुले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र, (३) आर्थिक बर्ष २०८१/८२ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धीत काम गरेको कार्य अनुभवपत्रको प्रतिलिपिका साथ बुझाई कोटेशन सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।
२. कोटशन सम्बन्धी फारम र कागजात तलको लिंकबाट वा यस संस्थाको मुख्य कार्यालय कमलामाई ६, धुराबजार सिन्धुलीबाट प्राप्त गर्न सकिनेछ । साथै तल उल्लेखित इमेलमा कोटेशन फारमका लागि आवेदन पेश गरि अनुरोध गर्न सकिन्छ र सकल प्रति कोटेशन कागजात संगै अनिवार्य पेश गर्नु पर्नेछ ।
३. केरमेट नभएको संस्थाले उपलब्ध गराएको कोटेशनमा अंकित मुल्यमा केरमेट भएको वा सच्याईएको ठाउँमा हस्ताक्षर भएको हुनूपर्ने छ सम्बन्धित कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दि गरी Financial & technical Documents छुट्टा छुटै खाम शिलबन्दि गरि एउटा मुल खाममा राखि लाहा छाँप वा शिल बन्दी गरी खामको बाहिर कोटेशन पठाउनेको बिवरण साथै कार्यालयलाई सम्बोधन गरी मिति २०८३/०३/०५ गते देखि मिति २०८३/०३/०९ गते दिउँसो ४ बजे भित्र बुझाउनु पर्नेछ । इमेल मार्फत कोटेशन पेश गर्दा Financial proposal र Password Protect गरि पठाउनु पर्नेछ । समय भित्र प्राप्त नभएको,रित नपुगेको वा शर्त विपरीत भएको कोटेशन माथि कुनै कारवाही हुने छैन ।
४.कोटेशन खोल्ने तथा निर्णय गर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समितीमा निहित हुनेछ । कुनै वा सवै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार पनि खरिद समितीमा निहित हुनेछ ।
५. शिलबन्दी कोटेशन निर्माण कम्पनीहरुको प्रतिनिधीहरुको उपस्थितीमा संस्थाको कार्यालयमा २०८३ साल आषाढ १० गते ( २४ जुन २०२६) मा दिनको १ः०० बजे खोलिनेछ । यदि निर्माण कम्पनीहरुले प्रतिनिधीहरु उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रक्रिया अनुसार कोटेशन खोली प्रक्रिया अगाढी बढाउन सक्नेछ ।
६. कोटेशन स्वीकृत भएको निमार्णकर्ता संस्थाले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance Security Bank guarantee फर्मले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance Security Bank guarantee कोटेशन स्वीकृति भएको निमार्णकर्ता सिन्धुली एकीकृत विकास सेवा (सिड्स) को शाखामा नाममा बुझाउनुपर्ने छ ।
७.संस्थाले उपल्बध गराएको (BOQ) Specifications को अधारमा दरभाउ उपलब्ध गराउनु पर्नेछ र त्यसमा लाग्ने सम्पूर्ण आवश्यक सामाग्री ,ढूवानी ,ज्यालदारी तथा अन्य आवश्यक सबै कुराहरु समावेश भएको हुनुपर्ने छ ।
८. कोटेशन सँग सम्बन्धी थप कुनै जानकारी आवस्यक भएमा यस परियोजना अन्तर्गतको खरिद तथा प्रशासन सहायकलाई सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको scm.sids@gmail.com इमेल मार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।
९. दरभाउ वा कोटेशन पेश गर्ने क्रममा माथि उल्लेखित आयोजनाहरु मध्ये आफूलाई इच्छा लागेको आयोजनाको लागि मात्र वा सवै आयोजनाहरुको लागि दरभाउ पेश गर्न सकिनेछ ।
आवश्यक सूची दर्ता फाराम, Supplier Code of Conduct , Technical Form तथा BOQ तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
https://drive.google.com/drive/folders/1DfSd_7LMTEvkSHr0ivjdCmk00CRWPdN1
शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)
सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली
कमलामाई–०६, सिन्धुली
फोन नं. ९८५२०७३२४१/९८४९६१७९१३
इमेल: scm.sids@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 19 Jun, 2026 |
| Apply Before | 23 Jun, 2026 |
| City | Sindhuli |