शिलबन्दी बोलपत्र आह्वानको सुचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित मिति २०८२/११/१४

OXFAM नेपाल तथा KOICA को सहयोग र ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा संचालित “Empowering Her: Advancing Women’s Economic and Poltical Leadrership For Climate Resilient Communities Project” अन्तर्गत विभिन्न जलवायु मैत्री कृषि जन्य सामाग्री र उपकरणहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी बोलपत्र आह्वान गरिन्छ । 

क्र.सं.
बोलपत्र नं.
विवरण
थप जानकारी

TRN/FY2025/26-011
कृषि जन्य सामाग्री र उपकरणहरू
तल दिईएको फोन नम्बर वा ई–मेलमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।
१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले व्यवसाय दर्ताको प्रमाणपत्र (नविकरण सहित), मु.अ.कर (VAT) दर्ता प्रमाण पत्र र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य रूपमा पेशगरी यस संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा सम्पर्क गरी माग गर्नु पर्नेछ अथवा यस संस्थाको खरिद ई–मेलमा (procurement@rdcnepal.org) निवेदन पठाई उल्लेखित कागजातको साथ बोलपत्र फारम माग गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राविधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको मुख्य कार्यालय चंद्रपुर–४, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/१२/१३ गते बेलुकी ५ बजे भित्र बुझाउन सकिनेछ । यस बोलपत्र प्रक्रियामा अनलाइन माध्यमबाट दरखास्त/प्रस्ताव पेश गर्ने प्रावधान लागू हुँदैन ।

३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २०८२/१२/०६ गते रहने छ भने र त्यस पछि बोलपत्र वितरण गरिने छैन । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । 

४. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।

५. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण विकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

६. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

७. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

चन्द्रपुर ४, रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५–५४०२०३

procurement@rdcnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 26 Feb, 2026
Apply Before 27 Mar, 2026
City Rautahat