कार्यक्रम अधिकृत (Project Officer) / कार्यक्रम अधिकृत (Project Officer)

Rukumeli Social Development Centre,Rukum.

Details / requirements:

रूकुमेली समाज विकास केन्द्र (RSDC)

मुसिकोट -१ रूकुम पश्चिम

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित)

प्रस्तुत विषयमा रूकुमेली समाज बिकास केन्द्र (RSDC) रूकुम पश्चिमको मिति २०८२ फाल्गुन १४ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णय अनुसार आईपास नेपाल र रूकुमेली समाज बिकास केन्द्र (RSDC) रुकुम पश्चिमको साझेदारीमा संचालन हुन् गईरहेको रूकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, र सानीभेरी गाउपालिकामा संचालन हुन गईरहेको  स्वास्थ्य संस्था उत्थानशिलता परियोजना (Health System Resiliency Project) को लागि तपशिलमा उल्लेखित कर्मचारीहरू आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान  गरिन्छ ।

१) पदः कार्यक्रम अधिकृत  (Project Officer)

विज्ञापन नं: ०१-२०८२/०८३ 

कार्यक्रमः स्वास्थ्य संस्था उत्थानशिलता परियोजना (Health System Resiliency Project) 

आवश्यक संख्याः १ जना

कार्यस्थलः RSDC केन्द्रीय कार्यालय र परियोजना कार्यान्वन हुने रूकुम पश्चिमका पालिकाहरू मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, र सानीभेरी गाउपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव

  • जनस्वास्थ्य बिषयमा स्नातक (Bachelor in Public Health) डिग्री र स्वास्थ्य सम्बन्धि परियोजना संचालनको क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभब भएको  
  • समुदाय परिचालनमा काम गर्न सक्ने, संचार सिप, स्थानिय सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने, अंग्रेजी र नेपाली दुबै भाषामा प्रतिवेदन लेख्न सक्ने, कम्प्युटरमा राम्रो सिप भएको र जटिल परिस्थितिहरूमा सहजतापुर्वक कार्य गर्न सक्ने । 
  • स्वास्थ्य सेवा प्रणालीको बुझाइ, विशेष गरी जिल्लास्तर र सो भन्दा तल्लोतहका गतिविधिहरूको अनुभव भएको ।
  • न्यूनतम सुपरिवेक्षणमा कार्य गर्ने क्षमता भएको ।
  • MS-Office प्याकेजहरू, तथ्याङ्क सम्बन्धी सफ्टवेयर, इमेल र इन्टरनेट प्रयोग गर्ने ज्ञान र अनुभव भएको ।
  • उत्कृष्ट मौखिक तथा लिखित सञ्चार क्षमता, जनशक्ति व्यवस्थापन गर्ने क्षमता, राम्रो अन्तर–व्यक्तिगत सम्बन्ध, र टोलीमा परिचालनको अनुभव भएको ।
  • विश्लेषणात्मक क्षमता तथा कार्यक्रम अनुगमन र अवलोकन गर्ने अनुभव भएको ।
  • कार्यक्रम व्यवस्थापन तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी ज्ञान र अनुभव भएको विभिन्न तहका सरकारी निकाय र साझेदारहरूसँग छलफल र सहजीकरण गर्ने ।
  • व्यवहारिक अनुभव भएको परियोजनाको उद्देश्य र मर्मलाई बुझेर सो अनुरूप कार्य गर्न सक्ने ।

कार्यविवरण 

विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस

https://drive.google.com/drive/folders/1QIgBpEIyhMHdClk5YIqW5sOixrwM_ljG?usp=sharing

२) पदः सामुदायिक स्वास्थ्य सहायक (Community Health Assistant)

विज्ञापन नं: ०२-२०८२/०८३ 

कार्यक्रमः स्वास्थ्य संस्था उत्थानशिलता परियोजना (Health System Resiliency Project) 

आवश्यक संख्याः ३ जना (महिला मात्र)

कार्यस्थलः रूकुम पश्चिम- मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, र सानीभेरी गाउपालिका

आवश्यक शैक्षिक योग्यता तथा अनुभव

  • स्वास्थ्य क्षेत्रमा (HA, Staff Nurse, ANM,CMA )आदि उत्तिर्ण गरेको
  • यौन तथा प्रजनन् स्वास्थ्य,जलवायु अनुकूलन, लैंगिक हिंसा, लैंगिक समानता तथा महिला सशक्तीकरणको क्षेत्रमा कार्य अनुभव भएको
  • समन्वय, सहकार्य तथा समुदाय परिचालनको कार्य अनुभव भएको
  • कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको

कार्यविवरण  

विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस:

https://drive.google.com/drive/folders/1QIgBpEIyhMHdClk5YIqW5sOixrwM_ljG?usp=sharing

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (Cover letter) अन्य शैक्षिक प्रमाण पत्र (Educational Qualification Certificates)का प्रतिलिपिहरू तथा कार्यानुभव र तालिम प्रमाणपत्रका प्रतिलिपिहरू

छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुबै)

माथि उल्लेखित कागजात सहित कार्यालयमा वा ईमेल rsdc.recruitment@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था बाध्य हुने छैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।

सम्बन्धित जिल्ला र पालिकाका स्थानीय, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ

दरखास्त दिने अन्तिम मिति: २०८२/११/२५  गते बेलुका ५:०० बजे सम्म ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।

कार्यालयको फोन न: ०८८-५३०१३४ 

ईमेल: rukumelisamaj@gmail.com

वेबसाइट: www.rukumelisamaj.org.np

Overview

Category Public Health, Development Project, Nursing
Openings 4
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Feb, 2026
Apply Before 09 Mar, 2026
City Rukum West