शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
खण्ड १: शिलबन्दी बोलपत्र आह्वान
सेतो गुराँस राष्ट्रिय बालविकास सेवा
झम्सीखेल, ललितपुर
शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२फाल्गुन २४ गते (8th March 2026)
सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले Childaid Network Foundation को सहयोगमा रामेछाप तथा सोलुखुम्बुको ३/३ वटा पालिकाको विद्यालय तथा बालविकास केन्द्रलाई सहयोग गर्ने उद्देश्यले निम्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले खरिदको लागि शिलबन्दी बोलपत्र आह्वान गर्ने निर्णय गरिएकोमा निम्न लिखित शर्तको अधिनमा रहि तपशिल बमोजिमको इच्छुक कम्पनी तथा सप्लायर्सबाट शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिन्छ ।
- शिलबन्दी बोलपत्र सम्बन्धि कागजात यस संस्थाको कार्यालयमा सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिन अर्थात मिति २०८२ चैत्र ८ गते (22nd March, 2026) सम्म भित्र बुझाई सक्नुपर्नेछ । शिलबन्दी बोलपत्र फाराम कार्यालयबाट आजको मिति २०८२ साल फाल्गुन २४ गते (8th March 2026) देखि मिति २०८२ साल चैत्र ६ गते (20th March, 2026) अपरान्ह ४:०० बजेसम्म वितरण गरिनेछ ।
- रित पूर्वक कार्यालयमा पेश भएका शिलबन्दी दरभाउपत्र कागजात यस संस्थाको केन्द्रीय कार्यसमिति तथा चाइल्ड एड नेटवर्क फाउन्डेशनको प्रतिनिधि र दरभाउपत्र पेश गर्ने फर्म, सप्लायर्स वा सोको प्रतिनिधीहरूको रोहवरमा खोलिने छ । सप्लायर्सको प्रतिनिधि उपस्थित हुन नसकेमा पनि दरभाउपत्र खोल्न कुनै वाधा पर्ने छैन । पेश गरिएका दरभाउपत्र कागजात स्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
आवश्यक सामग्रीहरूको विवरण
| क्र.स. | विषय क्षेत्र | सामाग्री विवरण |
| १. | बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि सामग्री |
|
माथि उल्लेखित आवश्यक सामग्रीहरूको विस्तृत विवरण [यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ]:
वा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको कार्यालयबाट प्राप्त गर्न सकिन्छ।
नोटः सामग्री ढुवानी गर्नुपर्ने स्थान रामेछाप जिल्ला अन्तर्गतका मन्थली न.पा., रामेछाप न.पा., लिखु तामाकोशी गा.पा. र सोलुखुम्बु जिल्ला अन्तर्गतका सोताङ गा.पा., महाकुलुङ गा.पा. र माप्य दुधकोशी गा.पा.
(ढुवानी गरिने विद्यालयको नामावली कोटेशन फारमसँगै उपलब्ध गराइनेछ ।)
बोलपत्र पेश गर्दा व्यवसायीहरुले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड तथा शर्तहरू:
(क) फर्म, कम्पनी तथा संस्था दर्ता प्रमाण पत्र अद्यावधिक भएको
(ख) मूल्य अभिवृकद्घि कर दर्ता प्रमाण–पत्र प्राप्त
(ग) कर चुक्ता प्रमाण–पत्र प्राप्त (आ.व २०८१-८२)
(घ) सम्बन्धित कार्यमा सेवा प्रदायकको रुपमा कम्तिमा ३ (तीन) बर्षको कार्य अनुभव भएको
(ङ) कुनै पनि कालोसूचीमा नपरेको हुनुपर्ने ।
(च) प्राविधिक र आर्थिक प्रस्ताव भिन्दा भिन्दै सिलबन्दी खाममा पेश गरेको हुनुपर्नेछ ।
(छ) आपूर्तिकर्ता प्रचलित कानुन बमोजिम उल्लेखित सामग्री आपूर्ति गर्न योग्य हुनुपर्नेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 08 Mar, 2026 |
| Apply Before | 22 Mar, 2026 |
| City | Lalitpur |