लेखापाल (Accountant ) / कृषि प्राबिधिक (Agri- technician) / सामुदायिक सहजकर्ता

Rural Economic Development Association

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०८२।११।२५

तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालित परियोजनाका लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१) पद: लेखापाल (Accountant ) 

पद संख्या: १ (एक) जना 

परियोजना: रिब्दीकोट कृषि परियोजना 

न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको वा वाणिज्य शास्त्रमा प्रमाण पत्र तह उत्तिर्ण गरी कम्तीमा ५ वर्षको कार्यानुभव  भएको
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवेयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्याैट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 
  • सहकारीको व्यवसायीक योजना निर्माण तथा सम्बन्धी ज्ञान भएको ।

२) पद: कृषि प्राबिधिक (Agri- technician)

पद संख्या: १ जना

परियोजना: रिब्दीकोट कृषि परियोजना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि विषयमा डिप्लोमा (ISc. Ag.) उत्तिर्ण गरी कम्तीमा २ वर्ष अनुभव वा कृषि JTA वा सो सरह उत्तिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र कृषि उपज मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।

३) पद: सामुदायिक सहजकर्ता 

पद संख्या: 2 एक  जना 

रिब्दीकोट कृषि परियोजना १ जना 

 तानसेन आर्थिक विकास परियोजना १ जना 

न्युनतम योग्यता:

  • कम्तिमा १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • स्वावलम्वन समूह गठन तथा परिचालन सम्वन्धी अनुभव भएको । 
  • तालिम सहजीकरण र व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने र स्थानियलाई प्राथमिकता दिईने छ ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 
  •  कृषि विषय अध्ययन गरेकालाई प्राथमिकता दिईने छ ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

१) निवेदन (निवेदनमा अपेक्षित सेवा सुविधा उल्लेख गर्नुपर्ने छ ) 

२) व्यक्तिगत विवरण (वायोडाटा)

३) पासपोर्ट साईजको फोटो

४) नागरिकताको प्रतिलिपी

 ५) शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपी

उल्लेखित कागजात सहितको आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ । 

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा

तानसेन नगरपालिका ४, विशालबजार

ईमेलः redapalpa@gmail.com

Overview

Category Agriculture, Accounting and Finance, Development Project
Openings 3
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Mar, 2026
Apply Before 15 Mar, 2026
City Palpa