सवारी साधन भाडामा लिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Women Association for Marginalized Women (WAM) Surkhet

Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts

Details / requirements:

सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेत

वीरेन्द्रनगर–८ सुर्खेत

सवारी साधन भाडामा लिने सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०२/०६ (२० मेई २०२६)

सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरूषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरूष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ । 

यस संस्थाको खरिद उपसमितिको मिति २०८३ जेठ ५ गते (तदनुसार मेई १९, २०२६) को निर्णय अनुसार यस संस्थाद्धारा सञ्चालित कार्यक्रम तथा परियोजनाका क्रियाकलापहरू कार्यान्वयनका क्रममा तपशिलका सेवा आवश्यक परेकाले ईच्छुक फर्म तथा कम्पनिहरुले तपसिलको शर्तहरूको अधिनमा रही यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्नहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

आवश्यक सेवा: सवारी साधन भाडा (4WD Scorpio)

शर्तहरू:

१. निवेदन र दरभाउपत्र साथ सवारी साधन दर्ता तथा आर्थिक वर्ष २०८१/०८२ को नविकरण प्रमाणपत्र/ब्लुबुकको प्रतिलिपि, नविकरण भएको व्यवसाय दर्ता र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

२. सवारी साधनको पूर्ण बीमा भएको हुनुपर्नेछ ।

३. भाडामा उपलब्ध गराउने सवारी साधन चालु अवस्थाको हुनुपर्नेछ ।

४. भाडामा उपलब्ध गराउने सवारी साधनसाथ सवारी चालक अनुमतिपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

५. भाडामा उपलब्ध गराउने सवारी साधन चालकको सेवा सुविधा, खाना तथा वास समेतको जिम्मेवारी सम्बन्धित सवारी धनीको हुनेछ ।

६. यस संस्थालाई आवश्यक परेको समयमा वा आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउनुपर्नेछ । 

७. भाडामा प्रयोग गरिरहेको अवस्थामा सवारी साधन बिग्रीएको खण्डमा मर्मत सवारी धनी आफैले गर्नुपर्नेछ ।

८. दरभाउपत्र पेश गर्दा ईन्धन तथा संस्थाले सवारी साधन सञ्चालन प्रयोग गरिरहेको बखत सवारी चालकको सम्पूर्ण खर्च बेहार्नेगरि कर समेत समावेश गरि दररेट पेश गर्नु पर्नेछ ।

१०. भुक्तानीका लागि आवश्यक कागजात प्राप्त भएको १५ दिनभित्र नियम अनुसार कर कट्टी गरी सवारी साधनको भाडाको रकम एकाउन्ट पेयी चेकबाट मात्र मार्फत भुक्तानी गरिनेछ ।

११. पेश भएका सिलवन्दी दरभाउपत्रहरू सूचना प्रकाशन भएको मितिले ८ औ दिनमा यस संस्थाको कार्यालयमा खोलिनेछ ।

१२. दररेट प्रष्ट बुझिने गरी दरभाउपत्रलाई शिलबन्दी गरि संस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर–८ आवास क्षेत्र सुर्खेतमा वा ईमेल quotation@wam.org.np मार्फत पनि पेश गर्न सकिनेछ ।

१३. मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।

१४. कोटेशनमा प्रष्ट रूपमा बुझिने गरी आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको छाप लगाएको हुनुपर्नेछ ।

१५. दरभाउपत्र मिति २०८३/०२/०६ गते देखि २०८३/०२/१३ गते दिउँसो ५ बजेभित्र सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतको कार्यालय वा इमेल मार्फत बुझाउनु पर्नेछ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट दरभाउ पत्र बुझाउन सकिनेछ ।

१६. दरभाउपत्र फारम संस्थाको केन्द्रिय कार्यालय वा वेवसाइट लिंक https://wam.org.np/notice/vehicle-quotation-form/ बाट डाउनलोड गर्न सकिनेछ ।

१७. थप जानकारीका लागि ०८३५२२४३७ मा सम्पर्क गर्न सकिनेछ ।

संयोजक

खरिद उपसमिति

सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) 

वीरेन्द्रनगर–८ सुर्खेत

फोन: +९७७–०८३५२२४३७

इमेल: info@wam.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 May, 2026
Apply Before 27 May, 2026
City Surkhet