सिलाई तालिम प्रशिक्षकको आवश्यकता
Details / requirements:
सिलाई तालिम प्रशिक्षकको आवश्यकता
(प्रकाशन मिति: 05/06/2026)
छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरू संगठित भई २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरूको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरूलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरूमा सहभागी गराई उनीहरूलाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्दर्भमा हाल संस्थाले महिलाहरूलाई एड्भान्स लेवल सिलाई तालिम संचालनका लागी यस संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यक परेको हुदाँ सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरूलाई आवेदनको लागि आव्हान गरिन्छ ।
पदः सिलाई तालिम प्रशिक्षक
संख्याः १
कार्यक्षेत्रः का.म.पा, वडा नं १३, कालिमाटी
कार्य अवधिः पाँच (५) महिना
प्रमुख जिम्मेवारीहरू:
- सहभागीहरूको सिलाई सम्बन्धि ज्ञान र सीपमा अभिवृद्धि गर्न उनिहरूलाई एड्भान्स तहको सिलाई तालिम संचालन गर्नुपर्नेछ ।
- तालिम अवधी भर प्रत्येक दिन सिलाई सम्बन्धी सैदान्तिक/प्रयोगात्मक ज्ञान र सीप सिकाउनु पर्नेछ ।
- सहभागीहरूको दैनिक क्रियाकलापहरूको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरूलाई सहयोग गर्नुपर्ने छ ।
- संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने छ ।
योग्यता र सीपहरू:
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी ToT प्रमाण पत्र भएको ।
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी तेस्रो तह (3rd Level ) प्रमाण पत्र प्राप्त भएको ।
- एड्भान्स लेवल सिलाई तालिम प्रशिक्षकको रूपमा कम्तिमा तिन वर्ष कार्य अनुभव भएको ।
- मान्यता प्राप्त संस्थाबाट मुल्याङ्कनकर्ता को प्रमाण पत्र प्राप्त भएको ।
उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरूले निवेदन, आफ्नो CV र कार्य अनुभव सम्बन्धी कागजातहरू/प्रमाण–पत्रहरू सहित २० जुन २०२६, बेलुकी ५:०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संस्था नेपालको कार्यलयमा आवेदन दिनको लागी अनुरोध छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 05 Jun, 2026 |
| Apply Before | 20 Jun, 2026 |
| City | Kathmandu |