बोरिङ र कलधारा (Tube well) जडान गर्नका लागि शिलबन्दी बोलपत्र आह्वानको सूचना

Dalit JanKalyan Yuba Club Lahan

Details / requirements:

बोरिङ र कलधारा (Tube well) जडान गर्नका लागि शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रकाशन मिति ५ जुन २०२६ (२२ जेष्ठ २०८३)

दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २४ वर्ष देखि बिभिन्न दातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरूमा महिला अधिकार, शिक्षाअधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा काम गर्दै आएको छ । 

त्यसै गरी विगत २ बर्ष देखि मेनोनाईट सेन्ट्रल कमिटि नेपालको सहयोगमा बरियारपट्टि र नवराजपुर गाउँपालिकामा, दलित जनकल्याण युवा क्लव द्धारा एकिकृत जिबिको पार्जन तथा कृषि सुधार परियोजना संचालन हुदै आएको छ । यसै सन्दर्भमा बरियारपट्टि र नवराजपुर गाउँपालिका अन्तर्गत २० वटा बोरिङ तथा ५० वटा कलधारा जडान गर्ने कार्यका लागी ठेकेदार आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र काम गर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरूलाई माँग गरिए बमोजिम आवश्यक कागजात (कर चुक्ता २०८१/२०८२, फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरू र काम गरेको अनुभव) सहित गोप्य शिलबन्दी बोलपत्र तोकिएको ढाँचामा १४ जुन २०२६ (३१ जेठ २०८३) दिउँसो ४ बजेसम्म दलित जनकल्याण युवा क्लव, लहानको कार्यालय अथवा बरियारपट्टिको कार्यालय, बरियारपट्टि–३ मा बुझाउन आह्वान गरी यो सुचना प्रकाशित गरीएको छ ।

उक्त कार्यका लागी तपशिल बमोजिम सामाग्रीहरू तथा सेवाहरूका आवश्यक भएको ब्यहोरा जानकारी गराउँदछौ ।

सामाग्री तथा सेवाहरुको विवरण:

Tender form for Boring Materials

Link:

Guideline Document

नोट: शिलवन्दी बोलपत्रका कागजातहरू प्राविधिक (Technical) र वित्तिय (Financial)  दुईवटा छुट्टाछुट्टै भरि पेश गर्नु पर्नेछ । अन्यथा मान्य हुने छैन ।

प्राविधिक भित्र संस्थाको आवश्यक कागजात जस्तै कर चुक्ता, कम्पनीको नबीकरण गरिएको कागजातहरु, २.५ प्रतिशत धरौटीको रकम  र काम गरेको अनुभव समाबेश गर्नु पर्नेछ भने वित्तियमा द्यइत्त समाबेश गर्नु पर्नेछ । दुबै प्राविधिक  (Technical) र वित्तिय (Technical)का कागजातहरू छुट्टाछुट्टै सानो खाममा राखी दुवै एउटै ठुलो खाममा भित्र राखी बुझाउनु पर्नेछ ।

शिलबन्दि बोलपत्र पेश गर्ने ठेगाना:

दलित जनकल्याण युवा क्लव लहानको कार्यालय, लहान १४,

प्रदिप गिरी आश्रम, वस्तीपुर सिरहा

मोवाईल न. ९८१८०४०१६९, ९८४३२८५२१७

अथवा

दलित जनकल्याण युवा क्लव बरियारपट्टिको कार्यालय, बरियारपट्टि–३,

(होटल नमस्ते र पेट्रोल पम्पको बीचमा) सिरहा

मोवाईल न. ९८४१७८५३६५, ९८६२३४२४३६

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2026
Apply Before 14 Jun, 2026
City Siraha