सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सुचना ।।।

Social Organization District Coordination Committee, Parsa

Details / requirements:

सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सुचना ।।।

प्रकाशित मिति: २०८१/०१/१२

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा एक मुनाफा रहित गैर सरकारी संस्था हो ।  यस संस्थाले बिभिन्न दातृ निकायहरुसंग समन्वय र सहकार्यहरुमा मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा सामाजिक विकासका क्षेत्रहरुमा कार्यहरु गर्दै आएको छ । यसै सन्दर्भमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र युनिसेफ नेपालको साझेदारीमा संचालित बालविवाह न्यूनीकरणका लागि रुपान्तरण कार्यक्रम अन्तर्गत peer leaders को लागि टि-सर्ट खरिद गर्ने भएको हुँदा सेवा प्रदायक फर्म/कम्पनीले आपुर्ती गर्नका लागि इच्छुक इजाजत प्राप्त ब्यवसायी/फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपुर्वक रुपमा शिलबन्दि दरभाउ (QUOTATION) पत्रमा दर रेट खुलाई ब्यक्ति तथा फर्म बिबरण PAN/VAT, ब्यबसाय दर्ता, करचुक्त्ता प्रमाणपत्रको प्रतिलिपी सहित दरभाउ (QUOTATION) पत्र पेश गर्न यो सुचना मार्फत शिलबन्दी दरभाउ आह्वान गरिन्छ । प्राप्त शिलबन्दी दरभाउ (QUOTATION) हरु स्विकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहित रहनेछ ।

पालना गर्नुपर्ने शर्तहरु:

  • संस्थाले तोकेको ढाँचा वा फारममा मात्र कोटेशन बुझाउन आह्वान गरिन्छ साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ ।
  • दरभाउ पत्र लाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रकृयामा सहभागी गराईने छैन ।
  • दरभाउ पत्र मिती: २०८१/०१/१२ गते देखि २०८१/०१/१८ गते साँझ ५ बजे भित्र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको कार्यालयमा बुझाउनु पर्नेछ ।
  • मिती र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
  • संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरिनेछ ।                                 
  • कम्पनिको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनि दर्ता प्रमाण पत्र तथा नविकरण गरीएको फोटोकपि कोटेशन संगै बुझाउनु पर्नेछ । 
  • नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरीनेछ ।

आपुर्ति गर्नुपर्ने सम्पुर्ण सेवाहरुको सुची तथा फारमका लागी तलको लिङ्कमा जानुहोस ।

https://drive.google.com/file/d/1Kvhv8uP5wF6mZHhYh5GXV4xXBxOWhO19/view?usp=sharing

सामाजिक संस्था जिल्ला समन्वय समिती, पर्सा (SODCC, Parsa)

केन्द्रिय कार्यालय: बिरगंज, पर्सा

 सम्पर्क नं.: ०५१-५२७३३४

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 24 Apr, 2024
Apply Before 30 Apr, 2024
City Parsa