कृषि सामग्रीहरू खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Lele Community Development Center

Details / requirements:

कृषि सामग्रीहरू खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना ललितपुर जिल्लाको गोदावरी नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिकामा सञ्चालन भइरहेको छ । प्राकृतिक कृषि प्रवर्द्धन गरी साना किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस परियोजनाको लागि TOR मा उल्लेख भएअनुसार कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया:

इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले कृषि सामग्रीहरूको सिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८१ साल बैशाख २८ गते तद्नुसार १० मे, २०२४ ५:०० बजेभित्र सिलबन्दी बोलपत्र लेले सामुदायिक विकास केन्द्र, ताखेल, गोदावरी नगरपालिका – ११, ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५ मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।

नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 May, 2024
Apply Before 10 May, 2024
City Lalitpur