कर्मचारीको आवश्यक्ता

AANGAN

Details / requirements:

कर्मचारीको आवश्यक्ता

प्रकाशित मिति: २०८१/०१/२१ गते (३ मई, २०२४)

आँगन संस्थाले युएसआईडीको आर्थिक सहयोग तथा द एशिया फाउण्डेशन मुख्य कार्यान्वयन संस्था रहेको यूएसएआईडी नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत “विद्यालय शिक्षामा सुधारका लागि सामुदायिक संलग्नता च्यालेञ्ज फण्ड” अन्तगर्त Pahunch – Building Community Engagement and Learning in Schools of Bateshwor Rural Municipality परियोजना सञ्चालन गर्दैछ । सो परियोजनाको लागि १८ वर्ष पुरा भई ४५ वर्ष न नाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकबाट सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र तल उल्लेखित पदहरूको लागि दरखास्तका लागि आह्वान गरिएको छ ।

बिज्ञापन न.

पद

संख्या

योग्यता तथा अनुभव

(०१)

Program Coordinator

१  (एक)

स्नातक तह उत्तिर्ण वा सो सरह (स्नातकोत्तर तहलाई विशेष ग्राह्यता), समाजिक संघ संस्थामा शिक्षा सम्बन्धि कार्यक्रममा २ वर्ष काम गरेको, कार्यक्रम योजना तर्जुमा कार्यान्यवन, बजेट व्यवस्थापन गर्न सक्ने, बालबालिका र युवाको सवालमा स्थानिय सरकारसँग काम गरेको, लैङ्गिक समानता, अन्तरवर्गियता सिद्धान्त बारे विश्लेषण गर्न सक्ने, बालबालिका र किशोरकिशोरीको संरक्षण प्रति प्रतिबद्ध रहेको, कम्प्यूटर र ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको, अंग्रेजी तथा नेपालीमा प्रतिवेदन लेखन तथा प्रस्तुत गर्न सक्ने, ५० प्रतिशत कार्यालय तथा ५० प्रतिशत फिल्डमा रहेर कार्य सम्पादन गर्नु पर्ने, स्थानिय तथा जिल्ला स्तरमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने, स्थानिय भाषा बोल्न सक्ने तथा स्थानिय परिवेशको बारेमा जानकार भएको र दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

(०२)

Admin and Finance Officer

१  (एक)

वाणिज्य संकायमा स्नातक तह उतिर्ण वा सो सरह, कार्यक्रमको वित्तिय क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको, कम्प्यूटरमा दक्ष भई (Word, Excel, Pivot, Lookup, Power point, PDF, Email, Internet) राम्रो सँग काम गर्न सक्ने, Accounting Software सम्बन्धि तालिम लिएको, अंग्रेजी भाषामा बोल्न सक्ने तथा काम गर्न सक्ने, बालबालिका र किशोरकिशोरीको संरक्षण प्रति प्रतिबद्ध रहेको, ६० प्रतिशत कार्यालय तथा ४० प्रतिशत फिल्डमा रही कार्य सम्पादन गर्नुपर्ने, गैर सरकारी संस्थामा काम गरेकालाई विशेष प्राथमिकता दिइनेछ र दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

(०३)

Program Associate

१ (एक)

प्रविणता प्रमाण पत्र उत्तीर्ण वा सो सरह (स्नातक तहलाई विशेष ग्राह्यता), समुदाय परिचालनको क्षेत्रमा २ वर्ष काम गरेको, बालबालिका, किशोरकिशोरीहरूको शिक्षामा कामको अनुभव भएका, बालबालिका र किशोरकिशोरीको संरक्षण प्रति प्रतिबद्ध रहेको, पालिका तथा वडा स्तरमा समन्वय तथा योजना तर्जुमा गर्न सक्ने, कार्यक्रम कार्यान्वयन गर्न, प्रतिवेदन लेख्न सक्ने भएको, समुदायसँगको क्रियाकलाप तथा अभियान सञ्चालन गर्न सक्ने, स्थानीय भाषाको ज्ञान भएको, ९० प्रतिशत फिल्डमा तथा १० प्रतिशत कार्यालयमा रही कार्य सम्पादन गर्नुपर्ने र दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

संलग्न गर्नु पर्ने आवश्यक कागजातहरू

नेपाली नागरिकताको प्रतिलिपि, कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरूको नाम र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (Bio-Data), शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपि ।

छनौट प्रक्रिया

प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र परिक्षा प्रक्रियामा समावेश गरिनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत तथा स्थानियहरूलाई प्राथमिकता दिईनेछ ।

सेवा तथा सुविधा

संस्थाको नियमानुसार हुनेछ ।

दरखास्त दिने अन्तिम मिति

२०८१।०१।२७ गते, (९ मई २०२४) सम्म

आवेदन दिने सम्पर्क ठेगाना:

ऑगन

जनकपुरधाम उपमहानगरपालिका, वार्ड नम्बर – १२, भुतही पोखरी

वा

इमेल: vacancyaangan@gmail.com

Overview

Category Development and Project, Finance & Administration
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 03 May, 2024
Apply Before 09 May, 2024
City Janakpur