सेका स्केल (SECA Scale) खरिद सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

सेका स्केल (SECA Scale) खरिद सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०८/०१)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी, नरहा, बरियारपट्टी गा.पा. तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रूपनी, अग्नीसाईर कृष्णासवरण, बलान बिहुल गा.पा. तथा सप्तकोशी न.पा.संग को सहकार्यमा साना तथा भूमिहिन र कम आयश्रोत भएका महिला  किसान परिवारको  पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले स्वःउत्पादनबाट परिवारको पोषण विविधिकरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका SECA Scale (Mother/Child/Infant)  आपूर्ति गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि कर वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमा उपस्थित भई सम्बन्धित फर्मको लेटरप्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु वा इमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरणः

क्र.स.
सामाग्री विवरण
आवश्यक परिमाण
विशिष्टता
१ 
SECA Scale for Mother/Child/Infants
५ थान
  • Height &weight measurement
  • Measuring range 250kg with batteries
  • Minimum graduation: 100g.
  • Corrosion resistant steel frame with ABS plastic
  • Taring function by push-button with the foot i.e. no need to bend over.
  • Main on/off button has a feature to prevent accidental switching on during transportation.
  • The on/off button is encased to be protected from rain, dust and humidity.
  • Power saving feature automatically turns off the scale after 2-6 minutes of non-use.
  • Light-grey colored foot mat to avoid heating if exposed to direct sunlight.
  • With or without footprint markings to indicate correct standing position.
  • Levelling feet, non-removable, withstanding load of 300 kg.
  • Dimension (346-360) x (321-398) x (40-60) mm (LxWxH). Easy to carry

१. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान,  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामाग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।  

२. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । महासंघको कार्यालय लहान, सिरहासम्म ढुवानी गर्नु पर्ने भएकोले ढुवानी तथा लोड अनलोडिंग खर्च छुटै उल्लेख गरी कोटेशन पेश गर्नु पर्ने छ । 

३. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

४. पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको ८ औं दिन (मिति २०८२।०८।०८) संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ । 

५. फारम बुझाउने अन्तिम मिति २०८२।०८।०७ गते दिउँसो ५:०० बजेसम्म हुनेछ ।

६. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

७. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । 

८. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ । 

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.–१, सिरहा

फोन न.: ०३३–५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 17 Nov, 2025
Apply Before 23 Nov, 2025
City Siraha