शिलबन्दी दरभाउ आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी दरभाउ आह्वान गरिएको सूचना
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)
सूचना नं. ३- २०८२/८३
प्रथम पटक प्रकाशित मितिः २०८२/०८/०१
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) संस्था दर्ता ऐन २०३४ अनुसार वि.सं. २०७८ सालमा कञ्चनपुर जिल्लामा दर्ता भई सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा मुख्यतया आर्थिक रुपमा विपन्न, उच्च जोखिम र सीमान्तकृत व्यक्ति तथा समुदायको उत्थानका लागि कार्य गरिरहेको, विषयगत रुपमा शिक्षा, स्वास्थ्य, पानी, कृषि, जीविकोपार्जन, वातावरण, विपद् जोखिम र सुशासनका क्षेत्रमा काम गरिरहेको एक गैर नाफा मुलक सामाजिक संस्था हो । यस संस्थाले Practical Action सँग साझेदारी गरी कञ्चनपुर जिल्लामा समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ।
उल्लेखित कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नु पर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मूल्य अभिवृद्धि करमा आवद्ध भएका इच्छुक आपूर्तिकता/उत्पादक/अधिकृत बिक्रेता वा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन कार्यालय समय भित्र तपशिलका शर्तहरूमा रहि दरभाउ पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ।
खरिद गर्नु पर्ने सामग्रीहरु तल दिइएको लिङ्कबाट डाउनलोड गर्न सकिने छ।
१) आपत्कालिन उद्धार सामग्रीः
२) दुना टपरी बनाउने मसिनः
दरभाउका शर्तहरुः
१. दरभाउ फाराम संस्थाको कार्यालयमा उपस्थित भई वा तपशिलमा उल्लेखित ईमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिनेछ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको ईमेल ठेगानामा पठाउन सकिने छ।
२. उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरुले दरभाउ उल्लेख गरेको दरभाउ फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाण-पत्र वा कर दाखिला म्याद थप प्रमाण पत्र र दरभाउ दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ।साथै उपलब्ध गराउने सामग्रीको प्रमाणित स्पेशिफिकेशन सहित स्पष्ट रुपमा देखिने सामग्रीको रङ्गिन फोटो पनि अनिवार्य पेश गर्नुपर्नेछ।
३. दरभाउ लाहाछाप शिलबन्दी गरेर खाम बन्द गरेको हुनुपर्नेछ । साथै खामको बाहिर दरभाउ दाताको नाम, ठेगाना, सम्पर्क स्पष्ट नम्बर लेख्नु पर्नेछ भने फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ। अन्यथा संस्था दरभाउ बुझ्न वा प्रक्रियामा लैजान बाध्य हुने छैन।ईमेल मार्फत पठाउने सप्लायर्सले पासवर्डद्वारा संरक्षित कागजात पठाउनु पर्नेछ ।
४. दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दरभाउ (मूल्य अभिवृद्धि कर बाहेक) अङ्क र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ।अङ्क र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अङ्क वा अक्षरलाई मान्यता दिईने छैन।
५. छनोट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा वितरकहरुले खरिद गरिने सामग्री संस्थाको केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८, महेन्द्रनगर, कञ्चनपुर स्थित ढुवानी गर्नु पर्नेछ।
६. प्राप्त दरभाउ फारामहरु संस्थाका प्रतिनिधिहरु र दरभाउ पेशकर्ता स्वयम् वा नीजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा खोलिनेछ । संस्था र दरभाउकर्ताको सहमतिमा तोकिएको दिन खोलिने छ । उक्त दिन प्रतिनिधि अनुपस्थित भएमा पनि दरभाउ खोल्न कुनै बाधा पर्ने छैन।
७. म्याद नाघि वा रीत नपुगी आएका दरभाउ छनौट प्रक्रियामा समावेश गराइने छैन।
८. दरभाउदाताले संस्थाको कार्यकारी समितिका पदाधिकारी, सदस्य र कर्मचारीसँग कुनै पनि स्वार्थको द्वन्द्व बाँझिने अवस्था छैन भनि स्वःघोषणा गरेको पत्र फर्मको लेटरहेडमा लेखेर सञ्चालकको हस्ताक्षर गरी दरभाउसँग पेश गर्नुपर्नेछ।
९. दरभाउ फाराम बुझाउने अन्तिम मिति २०८२ साल मंसिर ७ गते आइतबार, कार्यालय समय ४:०० बजेसम्म । यदि दरभाउ फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनमा पनि दरभाउ फाराम बुझाउन सकिने छ।
१०.उपरोक्त सामग्रीहरु ढिलोमा डिसेम्बर तेस्रो हप्ताभित्र सम्बन्धित स्थानमा पुर्याइसक्नु पर्नेछ ।
११. सर्वाधिकार वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) मा नीहित रहेको छ र यस बाहेकका विषयहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ।
दरभाउ फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)
भीमदत्त नगरपालिका १८, महेन्द्रनगर, कञ्चनपुर
सम्पर्क नं.: ९७०१५६८३४४
वा
इमेल मार्फत दरभाउ पेश गर्नका लागि इमेल
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Nov, 2025 |
| Apply Before | 23 Nov, 2025 |
| City | Kanchanpur |