शिलबन्दी बोलपत्र दोस्रो पटक आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र दोस्रो पटक आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०६/)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.सँगको सहकार्यमा, जलवायु मैत्री गाउँ परियोजना सञ्चालनमा रहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका वीउ विजन सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि कर वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने वीउ विजन तथा सिचाई सम्बन्धी सामग्री आपूर्ति गर्न पाउने भनी कानूनले तोकिदिएको हकमा प्यानमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

आपुर्ति गरिने सामग्रीहरूको विवरण:

.बालीको नामजात बीउको परिकारविवरणपरिमणदर रेट  कैफियत
गहूँगौतमउन्नत बीउतराई, टार र ५०० मि। भन्दा कम उचाई भएको उपत्यका ।प्रति के.जी

 गहूँविजयउन्नत बीउ तराई, टार र ५०० मि। भन्दा कम उचाई भएको उपत्यका । प्रति के.जी

  • सामाग्री ढुवानी माथि उल्लेखित पालिकाहरूमा गनुपर्ने छ ।

तपशिल:

१. माथि उल्लेखित सामग्रीहरू आवश्यकता अनुसार छनौट गरी खरिद गरिनेछ ।

२. विक्रेतालाई भुक्तानी गर्दा बैँक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।

३. उपरोक्त बमोजिमको कारोवार २०८२ साल मंशिर महिना देखि २०८३ साल भदौ महिना सम्म सञ्चालन गरिने छ ।

४.इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र प्राप्त गर्न सक्ने छ । यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र यस संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरी पेश गर्न सकिने छ ।

५. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष ०८१/०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान वा कर चुक्ता म्याद थप प्रमाण पत्रको प्रतिलिपी १ थान , व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दार्ताबालाको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।

६. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

७. बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

८. पेश गरिएका बोलपत्रहरू मिति २०८२ साल मंड्सिर ४ गते २ बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

९. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१०. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

११. फाराम बुझाउने अन्तिम मिति २०८२/०८/०४ गते दिउँसो २:०० बजेसम्म हुनेछ ।

१२. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.१, सिरहा

फोन न. ०३३५६४०७३

मो.न. ९८४५९२१४८०

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 14 Nov, 2025
Apply Before 20 Nov, 2025
City Kathmandu