सूची दर्ताका लागि आह्वान सम्बन्धमा
Details / requirements:
सूची दर्ताका लागि आह्वान सम्बन्धमा ।
महिला आत्मनिर्भरता केन्द्र (MANK) :
महिला आत्मनिर्भरता केन्द्र सन् १९९२ मा स्थापित महिलाहरुको नेतृत्वमा संचालित एक गैर-सरकारी संस्था हो । जसले सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य, पोषण, शिक्षा, महिला तथा बाल संरक्षण, सामाजिक न्याय, जीविकोपार्जन, मानव अधिकार, सुरक्षित बसाइँसराई, लैङ्गिक सशक्तिकरण र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सक्रिय रूपमा कार्य गरिरहेको छ ।
यस संस्थाका लागि आ.व. २०८३/८४ का लागि आवश्यक पर्ने तपशिल बमोजिमको सेवाहरु प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्म/कम्पनीहरु आपुर्तिकर्ता सूचीमा सुचिकृत हुन आव्हान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित तोकिएको ढाँचामा फारम भरी संस्थाको उल्लेखित ठेगानामा बुझाइ सुचीकृत हुन आह्वान गरिन्छ ।
तपशिल:
| क्र. स. | आवश्यक सेवाहरु |
| १ | स्टेशनरी तथा मसलन्द सामाग्री |
| २ | डिजाइन तथा छपाई सम्बन्धी सेवा |
| ३ | होटल सेवा (आवासीय तथा गैरआवासीय) कार्याशाला संचालनका लागी |
| ४ | यातायात (सवारी साधन भाडा तथा रिजर्भ) सेवा |
| ५ | IT Equipment (Computer, Printer, Internet, Cartridge) आपुर्ति तथा मर्मत सम्भार सेवा |
| ६ | ग्रोसरी सम्बन्धी सामाग्री |
| ७ | फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य |
| ८ | फोटो तथा डकुमेन्ट्री सम्बन्धी कार्य |
| ९ | Bio-Medical Equipment मर्मत सम्भार सेवा |
| १० | Medical/Lab Equipment आपुर्ति सम्बन्धि सेवा |
| ११ | भाँडाकुँडा आपुर्ति सम्बन्धि सेवा |
| १२ | कुरियर तथा ढुवानी सेवा |
| १३ | निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्य |
| १४ | सफ्टवेर निर्माण तथा मर्मत सम्भार |
| १५ | श्रोत व्यक्ती (प्रशिक्षक, फिजियो थेरापिष्ट, मनोसामाजिक परामर्शदाता, डाक्टर, अनुसन्धानकर्ता) |
सुचीकृत हुन प्रत्येक तपशिलका कागजातहरुको प्रतिलिपीमा सहिछाप सहित पेश गर्नुपर्नेछ ।
१. फर्म/कम्पनीको हकमा:
- यस सूचनाको साथमा तोकिएको ढाँचामा निवेदन
- फर्म/कम्पनी दर्ताको प्रतिलिपी (नवीकरण सहित)
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- करचुक्ता प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरुमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्रको प्रतिलिपी
- विगतमा कालोसूचीमा नपरेको स्व-घोषणा पत्र
व्यक्ति तथा परामर्शकर्ताको हकमा:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- व्यक्तिगत विवरण (बायोडाटा)
- PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरुमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपी
- वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि
सवारी साधन भाडामा उपलब्ध गराउनेको हकमा:
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- सवारी चालक प्रमाणपत्रको प्रतिलिपी
- सवारी साधनको ब्लुबुकको प्रतिलिपी
- PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी
- कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (कम्पनी मार्फत भएमा)
सुची दर्ताको लागि कागजात बुझाउने अन्तिम मिति, ठेगाना:
स्थान : महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची ११/ चौचारा, सिन्धुपाल्चोक
इमेल: mank.procurementcommittee@gmail.com,
Phone No: 011-401048/401049 Mobile: 9851348802
निवेदन पेश गर्ने अन्तिम मिति : 21st June 2026 (२०८३ अषाढ ७ गते)
'सूचीदर्ता फाराम' यहाँबाट डाउनलोड गर्न सकिनेछ । (सो फारामका सबै पानामा सहि छाप गरि पेश गर्नुपर्नेछ): https://drive.google.com/file/d/1ED0jt_WwUMhVJw03mU3rJ7iAAndViYdK/view?usp=drive_link
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 May, 2026 |
| Apply Before | 21 Jun, 2026 |
| City | Sindhupalchowk |