सूची दर्ता गर्ने सम्बन्धी सूचना

Rural Reconstruction Nepal

Rural Reconstruction Nepal (RRN) is a Nepalese non-governmental development organization working in the areas of integrated community development, agriculture, forestry, human rights, peace building and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. We also work extensively on natural resource management, disaster management and climate change adaptation and mitigation activities. Its major interventions are directed towards poor, vulnerable and disadvantaged groups of people in rural areas.

Details / requirements:

नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.)

गैरीधारा, काठमाण्डौ ।

फोन नं. ४००४९७६, ४००४९८५

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०३/०५

यस नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.) केन्द्रीय कार्यालय गैरीधारा, काठमाण्डौ बाट सञ्चालित संस्थाको दर्ता नं. ५५/०५०/५१ बमोजिम नेपालको सहकार्य संस्था ऐन, २०४० को दफा ३ बमोजिमको उद्देश्यअनुसार संस्थाले विभिन्न विकास निर्माण कार्यहरू सम्पादन गर्दै आएको छ। आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने सामग्री/सेवाको सूचीकरणका लागि सम्बन्धित व्यवसायी/आपूर्तिकर्ताले सूची तयार पारी २०८३/०३/२६ गतेभित्र यस कार्यालयमा बुझाइदिनु हुन अनुरोध गर्दछौं।

क. आवश्यक सामग्रीहरूख. मर्मत सेवाग. परामर्श/सेवा
१. कार्यालय सामग्री, मसलन्द, फुटकर सामान१. सवारी साधन मर्मत१. ट्राभल एजेन्सी सेवा
२. प्रेस, फ्लेक्स प्रिन्ट, क्यालेन्डर, प्रतिवेदन, पुस्तिका२. कम्प्युटर, प्रिन्टर, इन्भर्टर, ए.सी. मर्मत२. होटल/लज/हल सेवा
३. मेशिनरी (कम्प्युटर, ल्यापटप, फोटोकपी, प्रिन्टर)३. फर्निचर मर्मत३. विज्ञापन सेवा (पत्रपत्रिका)
४. काठ, स्टिल, प्लास्टिक फर्निचर तथा फर्निसिङ४. नेटवर्किङ तथा विधुतीकरण४. कार्गो तथा कुरियर सेवा
५. पिउने पानी
५. सवारी साधन भाडा उपलब्ध गराउने
६. विध्युतीय सामग्रीहरू
६. विविध तालिम उपलब्ध गराउने
७. भिजिबिलिटी (टिसर्ट, क्याप, झोला, ब्याग, ज्याकेट, ट्रयाकसुट)
७. सफ्टवेयर सम्बन्धी
८. निर्माण सामग्री, रंगरोगन, प्लाम्बिंग, हार्डवेयर
८. परामर्श सेवा
९. बिरुवा, कृषिजन्य सामग्री, बिउबिजन, यन्त्र उपकरण

१०. खाद्य/गैर-खाद्य (दाल, चामल, तेल, तारपोलिन, कम्बल, म्याट)

११. स्वास्थ्य सम्बन्धी सामग्री तथा उपकरणहरू

घ. निर्देशन तथा सर्तहरू:

  • उल्लेखित क्षेत्र (क, ख, ग) उल्लेख गरी निवेदन पेश गर्ने ।
  • निवेदन तथा सम्पूर्ण कागजातहरू हार्डकपीमा केन्द्रीय कार्यालय नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.), गैरीधारा, काठमाडौंमा बुझाउनु पर्नेछ ।
  • निवेदन स्वीकृत/अस्वीकृत गर्ने अधिकार कार्यालयमा निहित रहनेछ ।
  • मौजुदा सूचीमा सूचिकृत फर्म मध्येबाट अनुकूलता हेरी खरिद गरिनेछ ।
  • रित नपुगी आएको निवेदन मान्यता दिइने छैन ।

पेश गर्नुपर्ने कागजातहरू: दर्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रतिलिपि, साझेदारी सम्झौता (मूल्यसहित), कार्यस्थल अनुभव प्रमाणपत्र, बैंक विवरण, कर प्रमाणपत्र, ठेक्कापत्र/उद्योग प्रमाणपत्र, संस्थाको तस्बिरसहितको प्रमाणपत्र, अन्य विवरण (इमेल, मोबाइल, स्क्यानर, टेलिफोन)।

समयसीमा: यस सूचनाको सूचीमा समावेश गर्न सबै आपूर्तिकर्ताले सम्पूर्ण कागजातको आवेदन यस कार्यालयमा २०८३/०३/२६ गतेसम्म बुझाउनुहोला । निवेदन तयार पार्ने अन्तिम समयावधि १५ दिन हुनेछ ।

नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर. आर. एन.)

गैरीधारा, काठमाण्डौ ।

फोन नं. ४००४९७६, ४००४९८५

ईमेल: rrn@rrn.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 19 Jun, 2026
Apply Before 10 Jul, 2026
City Kathmandu