सब इन्जिनियर / सहायक इन्जिनियर

Divya Development Resource Centre Parsa

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८३/०२/१३ गते

दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा वि.सं. २०५० सालमा स्थापना भएको एक मुनाफारहित गैरसरकारी संस्था हो । DDRC ले न्यायपूर्ण अवसरहरू समान रूपमा बाँडफाँड भएको तथा सबैका लागि सकारात्मक परिवर्तन र मर्यादा सुनिश्चित भएको महिला, पुरुष र बालबालिकासहितको स्वस्थ समाज निर्माण गर्ने दूरदृष्टि लिएको छ । यस लक्ष्य हासिल गर्न संस्थाले सहभागितामूलक विकास प्रक्रियालाई सहजीकरण गर्दै महिला र पुरुष तथा युवालाई सशक्त बनाउने, विशेष गरी सीमान्तकृत समुदायहरूको अधिकार सुनिश्चित गर्न सहयोग पु¥याउने तथा सबैको मर्यादा कायम गर्ने उद्देश्य सहित आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संस्थाले सामाजिक विकृति, निरक्षरता, अज्ञानता, अस्वस्थता, भेदभावपूर्ण प्रचलन, अलोकतान्त्रिक मान्यता तथा वातावरणीय समस्याहरूको न्यूनीकरण गर्दै अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियामार्फत आर्थिक, सामाजिक, राजनीतिक तथा वातावरणीय विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्य गर्दै आइरहेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै दलित, जनजाति, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायहरूको क्षमता विकास, मानवअधिकार प्रवद्र्धन तथा खानेपानी, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ ।

हाल दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्सा र ActionAid International Nepal को साझेदारीमा पटेर्वा सुगौली गाउँपालिका पर्सामा सञ्चालित “स्थानीय अधिकार कार्यक्रम” अन्तर्गत तपशिल बमोजिमका पदमा सेवा करारमा कर्मचारी आवश्यकता भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

१. पद : सब इन्जिनियर/सहायक इन्जिनियर –१ जना 

न्यूनतम योग्यता

  • डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको ।
  • बिधालय भवन निर्माण/पुनरनिर्माण तथा सुरक्षित आवास क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • दिगो निर्माण सामग्री तथा अभ्यासहरुको कार्य अनुभव भएको ।
  • प्राविधिक रुपमा सवल तथा समस्याहरुको ब्यवस्थापन, सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको ।
  • कम्प्युटर संबन्धि व्यवहारिक ज्ञान तथा सम्बन्धित सफ्टवेयर (AutoCAD, MS Office Package) चलाउन सक्ने दक्षता भएको ।
  • स्थानिय भाषाका साथै नेपाली र अंग्रेजी भाषामा दोहोरो संचार गर्न, कार्ययोजना निर्माण, कार्यान्वयन तथा प्रतिवेदन लेखनमा दक्षता भएको ।

नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । सानो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अतिविपन्न, मुस्लिम, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको ईमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पदको विस्तृत कार्य–विवरण: JD_SUB-ENGINEER

दरखास्त दिने अन्तिम मिति: २०८३/०२/२२ गते साँझ ५։०० बजे सम्म ।

आवेदनका लागि ईमेल: vacancyddrc@gmail.com

Overview

Category Engineering - Civil, Development Project
Openings 1
Position Type Contract
Experience 2 years of experience is an advantage
Education B.E. in Civil, Diploma in Civil Engineering
Posted Date 27 May, 2026
Apply Before 05 Jun, 2026
City Birgunj