पोषण, कृषि तथा बजारीकरण सहजकर्ता

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था, सुर्खेत

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

विज्ञापन नम्बर: ०९/२०८१/०८२

प्रथम पटक सूचना प्रकाशन मिति: २९ असार २०८२, (१३ जुलाइ २०२५)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal, iDE Nepal र MAP International को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरूको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (WCM) परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

क्र.सपदसंख्यायोग्यताबिषय क्षेत्र तथा अनुभव
पोषण, कृषि तथा बजारीकरण सहजकर्ताकृषि जेटीए वा अइएसी एजीकृषि जेटीए वा अइएसी एजी गरी पोषण, कृषि तथा बजारीकरणका क्षेत्रमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएका, दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथामिकता दिईने छ ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण-पत्र

४. शैक्षिक र तालिमको प्रमाण-पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ ।

JD Link: https://drive.google.com/file/d/11W6GHCvTWxM-vvkOufBr_SEILkTk3dlW/view?usp=sharing

दरखास्त दिने अन्तिम मिति: ४ साउन, २०८२ (२० जुलाइ २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागि जानकारी गरिन्छ।

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Agriculture, Technical, Development Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education JTA Agriculture
Posted Date 13 Jul, 2025
Apply Before 20 Jul, 2025
City Birendranagar Surkhet