कार्यकारी निर्देशक (Executive Director)
Details / requirements:
आवश्यकता
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२।०३।२९ (१३ जुलाई २०२५)
सामुदयिक विकास तथा पैरवी मञ्च नेपाल (Community Development & Advocacy Forum Nepal (CDAFN) बर्दिबास, महोत्तरी, मधेश प्रदेश नेपाल, गैर सरकारी संस्थाहरु मध्ये महोत्तरी जिल्ला मधेश प्रदेशको एक गैर सरकारी संस्था हो । यस संस्थाले विगत १७ वर्ष देखि नेपाल सरकार, विभिन्न विकास सांझेदार निकाय, अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसंगको आर्थिक तथा प्राविधिक सहयोग ,सहकार्य तथा समन्वय गरी सांझेदारीमा स्थानिय समुदायको जनसहभागितामा स्थानिय समुदाय मार्फत मधेश प्रदेशको महोत्तरी धनुषा, सिरहा सर्लाही, सप्तरी र वागमति प्रदेशको सिन्धुली जिल्लामा चुरे जलाधार क्षेत्रको संरक्षण सम्बर्द्धन, जलवायु परिवर्तन अनुकुलन तथा अल्पीकरण, विपद् व्यवस्थापन न्यूनीकरण, जैविक विविधता संरक्षण, पानीको व्यवस्थापन, वातावरण संरक्षण,गुणस्तरीय शिक्षा,स्तरीय स्वास्थ्य सेवा,वालवालिका अधिकार संरक्षण, सामाजिक सुरक्षा, महिला शसक्तिकरण, जिविकोपार्जन तथा आयआर्जन सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आईरहेको व्यहोरा अनुरोध गर्न चाहन्छौ । यसै सन्र्दभमा यस संस्थाले नेपाल सरकार, विभिन्न विकास सांझेदार निकायहरुसंगको आर्थिक तथा प्राविधिक सहयोग तथा सांझेदारीमा विभिन्न परियोजनाहरु संचालन गर्नको लागि संस्थाको स्वीकृत विधानमा व्यवस्था भए अनुसारको संरचना वमोजिम रिक्त रहेको १ (एक) जना कार्यकारी निर्देशक (Executive Director) को पदको लागि आवश्यकता भई पदपुर्ति गर्नु पर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र रित पूर्वकको दरखास्त आहृवान गरिन्छ ।
तपसिल:
पद: कार्यकारी निर्देशक (Executive Director)
संख्या: १ जना
न्यूनतम शैक्षिक योग्यता:
१. नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थानबाट वन विज्ञान, वातावरण विज्ञान, कृषि विज्ञान, प्राकृतिक श्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, सामाजिक विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरह उतिण भएको हुनु पर्नेछ ।
२. कम्यूटरमा (Office Package) सम्वन्धी पुर्ण ज्ञान भएको हुनु पर्नेछ ।
३. १८ वर्ष उमेर पुरा भई ६० वर्ष ननाघेको व्यक्तिहरुलाई मात्र छनौट प्रक्रियामा समावेश गराईने छ ।
अनुभव:
१. नेपाल सरकार, विभिन्न विकास साझेदार निकाय, अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुमा प्रकोप जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन न्यूनीकरण, वातावरण संरक्षण तथा एकिकृत जलधार व्यवस्थान सम्बन्धी काम गरेको कम्तीमा ५ वर्षको अनुभव भएको हुनु पर्नेछ ।
२. Climate Change Adaptation & Mitigation सम्वन्धी कम्तीमा २ वर्षको काम गरेको अनुभव हुनु पर्नेछ
३. Climate Smart Technology सम्वन्धी कम्तीमा २ वर्षको काम गरेको अनुभव भएको हुनु पर्नेछ ।
४. मोटर साईकल चालक अनुमति प्राप्त भएको हुनु पर्नेछ ।
५. अंग्रेजी भाषामा Quality को EOI, Proposal तथा Quality को Reports तयार गर्न सक्ने साथै सोही भाषामा दोहोरो संवाद गर्न सक्ने ज्ञान भएको हुनु पर्नेछ ।
६. नेपाल सरकार, विभिन्न विकास सांझेदार निकायहरुसंग सहयोग, सहकार्य तथा समन्वय गरी संचालित परियोजनाहरुको संचालन गरी सम्पन्न गर्न आवश्यक पर्ने ईमेल, रिर्पोट गर्नु पर्ने Deadline हरुलाई संवेदनशिलताका साथ तोकेको समय भित्र अनिवार्य रुपले व्यवस्थापन गर्न सक्ने अनुभव भएको हुनु पर्ने छ ।
प्रमुख जिम्मेवारी: अंग्रेजी भाषामा Quality को EOI, Proposal तथा Quality को Reports तयार गर्ने, आवधिक प्रगति प्रतिवेदनहरु तयार पार्ने र नेपाल सरकार, विभिन्न विकास सांझेदार निकायहरुमा पेश गर्ने, सरोकारवालाहरु संग संघसंस्थाहरु सहकार्य समन्वय गर्ने, कार्यक्रम संयोजक, फिल्ड स्तरका प्राविधिक, सहजकर्ताहरुलाई आश्यक अनुगमन तथा पृष्टपोषण गर्ने, मासिक, वार्षिक, आवधिक कार्य योजना निर्माण गर्ने, परियोजना तथा कार्यालय संग सम्वन्धित कागजात चता तथ्यांङ्क हरु नियमित रुपले दुरुस्त अभिलेख राख्ने ।
बुझाउनु पर्ने कागजातहरु: पासर्पोटसाईजको फोटो सहितको अध्यावधिक व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाण पत्र र प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाण पत्रहरुको फोटोकपी व्यक्तिगत विवरणसँग पेश गर्नु पर्नेछ ।
निवेदन बुझाउने अन्तिम मिति विज्ञापन प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८२।०४।०३ गते (२१, जुलाई, २०२५) विहिवार साँझ ५:०० बजेसम्म कार्यालयमा वा ईमेल मार्फत दरखास्त बुझाउनु पर्नेछ । संस्थाको ईमेल cdafnmahottari@gmail.com मार्फत पनि पुर्ण कागजात सहितको दरखास्त पठाउन सकिने छ । तोकिएको समय पश्चात वा अधुरो रुपमा प्राप्त हुन आएको निवेदनलाई मान्यता दिईने छैन ।
नोट: स्थानिय महिला, दलित, मुस्लिम तथा पिछडिएका वर्गलाई बढि ग्राहृयता दिईने छ । विद्युतिय माध्यमबाट आवेदन दिन चाहनेले निवेदन, फाटो र अध्यावधिक व्यक्तिगत विवरण लगायत आवश्यक प्रमाण पत्रहरु संलग्न गर्नु पर्नेछ । कर्मचारी छनौट तथा भर्ना समितिको निर्णय अन्तिम हुनेछ ।
अन्य जानकारी
(क) परिक्षाको किसिम: लिखित र अन्तरवार्ता
(ख) लिखित परिक्षा र अन्तरवार्ताको लागि कर्मचारी छनौट तथा भर्ना समितिबाट short listing गरिएको उम्मेदवारहरुलाई Email, Mobile वा Telephone बाट Call गरी लिखित परिक्षा तथा अन्तरवार्तामा समावेश गराईने छ ।
विस्तृत जाकारीको लागि सम्पर्क स्थान र सम्पर्क नं.:
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल
(Community Development & Advocacy Forum Nepal (CDAFN)
बर्दिबास–१, महोत्तरी, मधेश प्रदेश, नेपाल
कर्मचारी छनौट तथा भर्ना समिति, श्री कृष्णदेव सुनरैत, मोवाईल नं. ९८४४०३००९३
Overview
Category | Administrative / Management, Development Project, Development / NGO |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Position Level | Senior Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 13 Jul, 2025 |
Apply Before | 19 Jul, 2025 |
City | Mahottari, Bardibas |