परियोजना समापन सम्बन्धि सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

परियोजना समापन सम्बन्धि सूचना

मितिः २५ चैत्र २०८२ (०८ अप्रिल २०२६)

आदरणीय आपूर्तिकर्ता (Vendors), लाभग्राही (Beneficiaries) तथा सरोकारवाला (Stakeholders) यस संस्था बागमती सेवा समाज नेपाल हरिवन–११ द्धारा Islamic Relief Nepal संगको साझेदारिमा संचालित Asia Regional Integrated Extreme Poverty Graduation and Climate Change Adaptation Project  परियोजना अन्तर्गत तपाईंहरूलाई जानकारी गराइन्छ कि हाम्रो परियोजना मिति १७ बैशाख २०८३ (०१ मे २०२६)  देखि औपचारिक रूपमा समापन (Close–out) हुनेछ ।

यस परियोजनाका सम्पूर्ण योजनाबद्ध गतिविधिहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । परियोजना अवधिभर तपाईंहरूले गर्नुभएको सहयोग, समन्वय तथा प्रतिबद्धताप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं ।

परियोजना समापन प्रक्रियाको क्रममा कृपया निम्न कुराहरूमा ध्यान दिनुहुन अनुरोध छः

सबै आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूले बाँकी रहेका बिल, डेलिभरेबल तथा आवश्यक कागजातहरू मिति १२ बैशाख २०८ (२५ अप्रिल २०२६) अगावै यस संस्थाको लेखा शाखामा बुझाई भुक्तानि हुन बाँकी रहेको भए भुक्तानि दाबि गर्नुहुन अनुरोध छ । 

लाभग्राही तथा सरोकारवालाहरूले बाँकी रहेका समन्वय, प्रतिवेदन तथा प्रतिक्रिया सम्बन्धी कार्यहरू तोकिएको समयभित्र सम्पन्न गर्नुहुन अनुरोध छ ।

कुनै बाँकी विषय, दाबी वा जिज्ञासा भएमा समापन मिति अघि नै परियोजना टोलीसँग सम्पर्क गर्नुहुन  अनुरोध छ ।

समापन मिति पश्चात परियोजना सम्बन्धी कुनै पनि गतिविधि, आर्थिक कारोबार वा दायित्वहरू दाबि गरिएमा उक्त दाबि स्वीकार गर्न यस संस्था बाध्य रहने छैन ।

परियोजनाको सफलतामा तपाईंहरूको महत्वपूर्ण योगदानका लागि पुनः एकपटक धन्यवाद व्यक्त गर्दछौं ।

साथै यस संस्थाले सम्पन्न गरेका कुनै पनि कार्यक्रम तथा गतिविधिहरुको सम्बन्धमा कुनै गुनासो तथा सुझाव भएमा तपसिल बमोजिमको ठेगानामा गुनासो तथा सुझाव पठाउनुहुन अनुरोध छ । 

सम्पर्क ठेगाना

बागमती सेवा समाज नेपाल

हरिवन –११, सर्लाही

गुनासो तथा सुझावको लागिः

माबाईल नं.९७६६११२४०६

ईमेलः complaint.feedback@bwsn.org.np