परियोजना अधिकृत (Enterprise Officer)

Community Development & Advocacy Forum Nepal

Details / requirements:

कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना

आवश्यक्ता

प्रथम पटक सुचना प्रकासित मिति: २०८२/५/३०

Australian Aid को आर्थिक सहयोगमा ICIMOD र सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास, महोत्तरीको संयुक्त प्राबिधिक सहयोगमा महोत्तरी जिल्लाको बर्दिबास ,बलवा ,भंगहा नगरपालिका त्यसै गरि धनुषा जिल्लाको मिथिला नगरपलिका,जनकपुर उपमहानगरपालिका र सप्तरी जिल्लाको राजविराज  नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत संचालन भइरेहको परियोजना “Promoting Integrated Flood Risk Management Solutions & Value Chain Development In the Lower Koshi Basin (HI-GRID) Project” का लागि तपसिल अनुसारका कर्मचारीको  आवश्यक्ता भई सोही अनुरुप पद पुर्ति गर्नु पर्ने भएकोले माग भए बमोजिमका योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ६० वर्ष ननाघेका नेपाली नागरिकहरूका लागि आज मिति २०८२/०५/३० गते यो दरखास्त आह्वान गरिन्छ । 

तपसिल

पद: परियोजना अधिकृत (Enterprise Officer)

संख्या: १ जना 

न्युनतम शैक्षिक योग्यता/अनुभव: enमान्यता प्राप्त शैक्षिक संस्थानवाट कृषि (Agriculture) विषयमा  Bachelor वा सो सरह उतिर्ण गरेको र Enterprises and Value chain क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव भएको । Masters गरेको लाई थप प्राथमिकता दिइने छ ।

प्रमुख जिम्मेवारी: परियोजनाको निर्दिष्ट मापदण्डमा बसि परियोजना चक्र ब्यबस्थापन (Project Cycle Management) को लागी CDAFN का कार्यकारी निर्देशक सँग समन्वय गरी पुर्ण जिम्मेवारीका साथ परियोजना संचालन गर्ने । सम्बन्धित नगरपालिका, सहयोगी संस्था (ICIMOD), अन्य स्थानिय गैरसरकारी संघ संस्था तथा स्थानिय समुदाय र सरोकारवालाहरु सँग प्रत्यक्ष र प्रभावकारी समन्वय गरी परियोजना संचालन गर्ने । कृयाकलापहरू तोकिएको समयसिमा भित्र संचालन गर्ने कुराको सुनिश्चित गर्ने । तोकिएको मापदण्ड र समयसिमा भित्र प्राबिधिक तथा आर्थिक प्रतिवेदनहरू तयार गरी ICIMOD तथा संबन्धित सरोकारवालाहरूलाई पेश गर्ने। CDAFN कार्यसमिति सँग आवस्यक समन्वय गर्ने । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य  बिबरणमा उल्लेख भए अनुसार हुनेछन्।

JD link Download link: JD.pdf

बुझाउनु पर्ने कागजातहरू: आफ्नो योग्यता सँग मेल खाने पद र सोको जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्पुर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी, नागरिकता प्रमाण पत्रको प्रतिलिपी, अनुभवको प्रतिलिपी, Enterprises and value chain सम्बन्धि तालिमको प्रमाणपत्र र मोटरसाईकल/स्कुटर सवारी चालक अनुमति पत्रको प्रतिलिपी समेत आबेदन अनिवार्य बुझाउने ।

निवेदन बुझाउने अन्तिम मिति: बिज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्र  अर्थात २०८२ असोज ०५ गते साँझ ५:०० बजेसम्म कार्यालय समयमा वा सो दिन विदा पर्न गएमा विदाको भोली पल्ट कार्यालय संचालन भएको समयमा दरखास्त वुझाउन सकिनेछ । संस्थाको ईमेल cdafnmahottari@gmail.com मार्फत पनि पुर्ण कागजात सहितको दरखास्त पठाउन सकिने छ ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता

नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निबेदनहरुको छानबिन पश्चात छोटो सूचीमा (short list) पर्न सफल उम्मेदवारहरूलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्वन्धित जिल्लाका महिला, दलित, मुस्लिम तथा पिछडिएका समुदायलाई विशेष ग्राहयता दिईने छ ।

सम्पर्क:

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN)

(कर्मचारी  छनौट तथा भर्ना समिति)

बर्दिवास नगरपालिका, महोत्तरी 

मोवाईल नं.: ९८४४०३००९३

Email: cdafnmahottari@gmail.com

Overview

Category Agriculture, Development Project
Openings 1
Salary Rs. /
Position Type Full Time
Experience 2 Years
Education Post Graduate / Masters in related field. , Bachelor’s degree in Agriculture, Bachelor's degree in a related field
Posted Date 15 Sep, 2025
Apply Before 21 Sep, 2025
City