प्रस्तावना आह्वान
Details / requirements:
प्रस्तावना आह्वान
प्रकाशित मितिः २०८३ श्रावण २७ गते
दरभाउ न. ००३–२०८३/०८४
ईन्टरनेशनल नेपाल फेलोशिप (आई एन एफ) नेपाल सन् १९५२ मा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले अस्पताल र स्वास्थ्य तथा सामुदायिक विकासका कार्यक्रमहरू मार्फत नेपालका गरिब र सिमान्तकृत जनताको भरिपूर्ण जीवनयापनको लागि सेवाहरू गर्दछ । आई एन एफ नेपालले हाल नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य तथा सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेकोछ ।
आई एन एफ नेपाल सामुदायिक स्वास्थ्य तथा विकास कार्यक्रम अन्तर्गत बाजुरा, कालिकोट र बाँके शाखाले तपसिलमा उल्लेखित परामर्श सेवाको लागि इजाजत प्राप्त इच्छुक योग्य परामर्श फर्म तथा परामर्शदाताहरूबाट तल दिईएको ठेगानामा आईपुग्ने गरी प्राविधिक र आर्थिक प्रस्तावना पेश गर्न हुन आह्वान गर्दछ ।
तपसिल:
१) प्रस्तावनाहरू मिति २०८३ भाद्र ०७ गते आईतबारका दिन दिउसो ३:०० बजे भित्र पेश गरिसक्नु पर्नेछ ।
२) बिड डकुमेन्ट र टि ओ आर डकुमेन्टहरू डाउनलोड गर्न सकिनेछ ।
| १ | राईज परियोजना बाजुराको मध्यावधि मूल्याङ्कनका लागि परामर्श सेवा (नोटः यस अघि प्रकाशित सूचना अनुसार पेश गरेका परामर्शकर्ताले पुनः सोही सेवाको लागि पेश गर्न आवश्यक नपर्ने) | बाजुरा जिल्लाको हिमाली गा.पा. |
| २ | ब्रेड परियोजनाको अन्तिम मूल्याङ्कनका लागि पराशर्स सेवा | कालिकोट जिल्लाको पचालझर्ना गा.पा. |
| ३ | प्रयास परियोजनाको बेसलाईन सर्भेका लागि परामर्श सेवा | बाँके जिल्लाको राप्तीसोनारी र कपीलबस्तु जिल्लाको विजयानगर गा.पा. |
३) प्राविधिक प्रस्तावनाको साथमा पेश गर्नुपर्ने आवश्यक कागजातहरू बिड डकुमेन्टमा उल्लेख गरिए बमोजिम पेश गर्नुपर्नेछ ।
४) आर्थिक प्रस्तावनामा प्रचलित सवै प्रकारका करहरू र खर्च समावेश गरिएको हुनु पर्नेछ ।
५) एक पटक पेश गरी सकेको प्रस्तावना संसोधन, सच्याउन र फिर्ता लिन अनुमती दिईने छैन् ।
६) म्याद नाघी प्राप्त भएको वा बैधानीक कागजातहरू सम्लग्न नभएका प्रस्तावनाहरू उपर कुनै कारबाही गरिने छैन ।
७) प्रस्तावनाको पेश गर्दा फर्मको/परामर्शदाताहरूको नाम, ठेगाना, सम्पर्क नम्बर र फर्मको छाप लगाएको हुनु पर्नेछ साथै पेश गर्ने विधि विड डकुमेन्टमा उल्लेख गरिएको छ ।
८) प्राप्त प्रस्तावनाहरू मध्ये प्राविधिक प्रस्तावना मिति २०८३ भाद्र ०८ गते सोमबारका दिन बिहान ११:०० बजे (उक्त दिन विदा पर्ने गएमा सोको भोलिपल्ट सोही समयमा) परामर्शकर्ता वा निजका प्रतिनिधिहरूको रोहवरमा तपसिलमा उल्लेखित ठेगानमा खोलिनेछ । यसरी उल्लेखित समयमा उपस्थित नभएमा पनि प्रस्तावना खोल्न कुनै बाधा भएको मानिनेछैन ।
९) आई एन एफ नेपाललाई प्रस्तावनाहरू स्वीकृत/अस्वीकृत गर्ने वा सम्पूर्ण प्रकृया रद्ध गर्ने अधिकार सुरक्षित राख्नेछ । यस सम्वन्धमा कुनै दावी मान्य हुने छैन ।
Links:
Bid Document and TOR for BREAD Project Final Evaluation
Bid document and TOR_PRAYAS_Baseline Survey
ToR and bid document of RISE Project Bajura Mid-Term Evaluation 1
प्रस्तावना पेश गर्ने ठेगाना:
आई एन एफ नेपाल बाँके शाखा, जानकी गा.पा.–०३, बाँके फोन. ०८१–५३४०३०/९८५८०२०३८९
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP |
| Position Type | Contract |
| Posted Date | 12 Aug, 2026 |
| Apply Before | 23 Aug, 2026 |
| City | Banke |