प्रस्तावना आह्वान

Lumanti Support Group for Shelter

Lumanti Support Group for Shelter is a non-government organisation dedicated to the alleviation of urban poverty in Nepal through the improvement of shelter conditions. At Lumanti, shelter means the whole living environment, therefore, Lumanti's activities are wide-ranging. They include shelter upgrades, micro-finance, education and children's programmes, good governance, gender equity and advocacy. Lumanti means "memory" in the Newari language. The organization was established in 1993 in the memory of Ramesh Manandhar who died in a plane crash in 1992. Ramesh was a driving force behind moves in the early 1990's to raise awareness about urban poverty and shelter conditions.

Details / requirements:

प्रस्तावना आह्वान

लुमन्ति आवासको लागि सहयोग समूहद्वारा धरानका विभिन्न १० वटा सिमान्तकृत समुदाय तथा धरानका स्थानीय युवाहरुलाई लक्षित गरि सञ्चालन गरिरहेको “सहरी सुशासनका लागि युवा र नागरिक मिडियाको उपादेयता (YCIV)” परियोजना अन्तर्गत लक्षित समुदायभित्रका विभिन्न वस्तुस्थिती, त्यहाँका परिवारहरुको सामाजिक तथा अर्थिक अवस्था लगायतका विषयहरु समेटेर श्रव्य दृश्य, आलेख तथा रचनाहरु तयार गरि आफ्नो अनलाइन वा मूलधारका प्रशारण संस्था मार्फत प्रकाशन प्रशारण गर्न गराउनका लागि स्थानीय संघसंस्था, मिडिया हाउस वा व्यक्तिबाट प्रस्तावना आह्वान गरिएको छ ।

शर्तहरु:

१) लुमन्ति आवासको लागि सहयोग समहको धरानस्थित कार्यालयका परियोजना अधिकृतसंगको समन्वय तथा सहयोगमा लक्षित समुदायभित्रका विभिन्न वस्तुस्थिती, त्यहाँका परिवारहरुको सामाजिक तथा आर्थिक अवस्था लगायत विषयहरु समेटेर श्रव्य दृश्य तथा आलेख तयार गरि कम्तिमा पनि १२ वटा श्रृंखला/अंक (संचारका सबै मिडिया – अडियो भिजुयल तथा अनलाइन मिडिया) तयार गर्ने गराउने । प्रत्येक श्रृंखला/अंक भन्नाले कुनै पनि विषयवस्तुमा तयार भएको संचारका सबै मिडिया – अडियो भिजुयल तथा अनलाइन मिडियालाई मानिने छ ।

२) लक्षित समुदायभित्रका विभिन्न वस्तुस्थिती, त्यहाँका परिवारहरुको सामाजिक तथा आर्थिक अवस्था लगायत विषयहरु समेटेर तयार भएको श्रव्य दृश्य, आलेख तथा रचनाहरु विभिन्न अडियो भिजुयल तथा अनलाइन मिडिया मार्फत महिनामा २ पटक (१५/१५) दिनमा प्रकाशन तथा प्रशारण गर्ने गराउने ।

३) तयार भएका १२ वटै श्रृंखला/अंक विभिन्न माध्यम (अडियो भिजुयल तथा अनलाइन मिडिया) मा “युवा आवाज” को ब्यानर सहित प्रकाशन तथा प्रशारण गर्नु पर्नेछ ।

४) यस सम्झौताको अधिनमा रहि प्रकाशन तथा प्रशारण भएका सामग्रीहरुको प्रतिलिपी अधिकार “लुमन्ति आवासको लागि सहयोग समह” तथा “युवा सञ्जाल — सकारात्मक परिवर्तनका लागि” रहने छ ।

५) यस सम्झौताको अधिनमा रहि प्रकाशन तथा प्रशारण भएका सामग्रीहरु “लुमन्ति आवासको लागि सहयोग समुह”, “युवा संजाल-सकारात्मक परिवर्तनका लागि” तथा “युवा आवाज”को आधिकारिक सामाजिक सञ्जालहरु मार्फत पनि प्रकाशन तथा प्रशारण गर्न पाइने छ ।

६) यस सम्झौताको अधिनमा रहि प्रकाशन तथा प्रशारण भएका सामग्रीहरुमा समेटिएका सूचना तथा तथ्य तथ्याङ्कलाई “लुमन्ति आवासको लागि सहयोग समुह”, “युवा सञ्जाल - सकारात्मक परिवर्तनका लागि” तथा “युवा आवाज” ले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा प्रयोग तथा पून: प्रशारण प्रकाशन गर्न सक्नेछ ।

७) प्रत्येक श्रृंखला/अंक कम्तिमा पनि १५ मिनेट समयावधीको हुनु पर्नेछ । जसमा समुदायको सूचना जानकारी सहित समुदायवासीको प्रतिकृया तथा सम्बन्धित वडा अध्यक्षको धारणा समावेश गरिएको हुनुपर्नेछ । उपरोक्त शर्तको अधिनमा रही काम गर्न इच्छुक तथा योग्य स्थानीय मिडिया हाउस वा व्यक्तिबाट तपशिलका कागजात तथा प्रमाणपत्रहरु

संलग्न राखि उल्लेखित काम गर्न लाग्ने शुल्क सहितको प्रस्तावना तयार गरि shelter@lumanti.org.np मा श्रावण मसान्तभित्र दरखास्त राख्न अनुरोध गरिन्छ ।

आवश्यक कागजातहरु:

१) भ्याट वा प्यानमा दर्ताको प्रमाण पत्रको प्रतिलिपी

२) संस्था वा मिडिया हाउस दर्ताको प्रमाण पत्रको प्रतिलिपी

३) नेपाल सरकारको सम्बन्धित निकायबाट संचार सम्बन्धि काम गर्न स्विकृत प्राप्त प्रमाण पत्रको प्रतिलिपी

४) संस्था वा मिडिया हाउसधनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

५) संस्था वा मिडिया हाउस तथा व्यक्तिको परिचयात्मक विवरण

६) संस्था वा मिडिया हाउसधनीको पछिल्लो कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 15 Jul, 2025
Apply Before 30 Jul, 2025
City Kathmandu