प्रस्ताव माग सम्बन्धी सूचना (Request for Proposal)

Community Rural Development Society (CRDS Nepal)

Community Rural Development Society (CRDS) Nepal is a not profit organization. It was established in 2049 .B.S. as a Non-Governmental Organization in Darchula district. This organization works throughout Darchula district and covers programs like Early Grade Reading, TROSA, SUAAHARA and Integrated Community Development Project. Our donors include WFP, WEI, OXFAM, HKI, and GNI Nepal.

Details / requirements:

च.नं. . . . . . . . /२०८२ /०८३

मिति: २०८३।०२।२७

प्रस्ताव माग सम्बन्धी सूचना (Request for Proposal)

संस्थाको नाम: सामुदायिक ग्रामीण विकास समाज नेपाल (CRDS-Nepal)

परियोजना: Advancing Wholistic Support for Children's School Retention (AWASAR)/अवसर

आर्थिक सहयोग: गुड नेबर्स इन्टरनेसनल (GNI) नेपाल

सूचना प्रकाशन मिति: २०८३।०२।२७ गते

प्रस्ताव पेस गर्ने अन्तिम मिति: २०८३ ।०३।०२ गते सम्म 

१. पृष्ठभूमि (Background)

सामुदायिक ग्रामीण विकास समाज नेपाल (CRDS-Nepal) ले गुड नेइबर्स इन्टरनेसनल (GNI) नेपालको आर्थिक सहयोगमा "अवसर (AWASAR)" परियोजना सञ्चालन गर्दै आइरहेको छ । यसै परियोजना अन्तर्गत विद्यालयहरूमा बालमैत्री, सुरक्षित र जवाफदेही वातावरण निर्माण गर्ने उद्देश्यका साथ छनोट गरिएका २२ वटा विद्यालयका फोकल शिक्षकहरूका लागि "बाल अधिकार तथा बाल संरक्षण" सम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) सञ्चालन गर्नुपर्ने भएको छ । यस कार्यका लागि बाल अधिकार, बाल संरक्षण र शिक्षक प्रशिक्षणको क्षेत्रमा दक्ष तथा अनुभवी विज्ञ प्रशिक्षक/परामर्शदाताहरूबाट यो प्रस्ताव आह्वान गरिन्छ ।

२. कार्यक्षेत्र तथा जिम्मेवारी (Scope of Work)

छनोट भएका प्रशिक्षकले निम्न कार्यहरू सम्पादन गर्नुपर्नेछ:

  • शिक्षा क्षेत्र सँगको परामर्शमा बाल अधिकार, बाल संरक्षणका नीतिहरू र विद्यालयीय व्यावहारिक अभ्यासहरू समेटिएको ५ दिने तालिमको सत्र योजना (Session Plan) र सहयोगी सामग्री (Handouts) तयार गर्ने ।
  • तोकिएको विद्यालयका २२ जना फोकल शिक्षकहरूलाई ५ दिने आवासीय प्रशिक्षक प्रशिक्षण (ToT) प्रत्यक्ष रूपमा सञ्चालन गर्ने ।
  • तालिम पूर्व र तालिम पश्चात (Pre & Post Test) सहभागीहरूको ज्ञानको स्तर मूल्याङ्कन गर्ने ।
  • तालिम सम्पन्न भएको ७ दिनभित्र मूल्याङ्कन विश्लेषण, सहभागीहरूको सिकाई र आगामी कार्यदिशा सहितको विस्तृत तालिम प्रतिवेदन (Training Report) बुझाउने ।

३. प्रस्तावनाको ढाँचा र आवश्यक कागजातहरू

इच्छुक प्रशिक्षक/परामर्शदाताले आफ्नो प्रस्तावलाई दुई भागमा विभाजन गरी पेस गर्नुपर्नेछ ।

क) प्राविधिक प्रस्ताव (Technical Proposal):

  • तालिमको कार्यविधि (Methodology) ५ दिने तालिमलाई कसरी बालमैत्री र व्यावहारिक बनाउनुहुन्छ ? त्यसको संक्षिप्त खाका र सम्भावित सत्र तालिका (Tentative Agenda) । 
  • प्रशिक्षकको विवरण (CV) बाल अधिकार, बाल संरक्षण र शिक्षक प्रशिक्षणको क्षेत्रमा काम गरेको अनुभव खुल्ने व्यक्तिगत विवरण (CV) । 
  • कागजातहरू शैक्षिक योग्यताको प्रमाणपत्र, प्यान (PAN) वा भ्याट (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि, र यस्तै प्रकारका अन्य तालिम सञ्चालन गरेका अनुभवका प्रमाणहरू ।

ख) आर्थिक प्रस्ताव (Financial Proposal):

  • आर्थिक प्रस्तावमा प्रशिक्षकको दैनिक पारिश्रमिक (Facilitation Fee) र कर (TDS) सहितको विवरण स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ ।
  • प्रशिक्षकले सार्वजनिक वा आफ्नै यातायातका साधन प्रयोग गरेको खण्डमा, संस्थाको नियमानुसार भुक्तानीका लागि वास्तविक टिकट  वा सावारी सम्बन्धी कागजपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
  • आवासीय तालिम अवधिभर प्रशिक्षकको बस्ने र खाने व्यवस्था संस्थाले नै बेहोर्ने छ । 

४. आवश्यक योग्यता तथा अनुभव

  • शिक्षा शास्त्र, समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक गरेको ।
  • बाल अधिकार, बाल संरक्षण, बाल अधिकार नीति र बाल मनोविज्ञानको क्षेत्रमा कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव भएको ।
  • राष्ट्रिय पाठ्यक्रम र नेपाल सरकारको विद्यालय तहको बाल संरक्षण नीति सम्बन्धी राम्रो ज्ञान भएको ।
  • नेपाली र अंग्रेजी भाषामा प्रस्तुतिकरण र प्रतिवेदन लेखन क्षमता भएको ।

५. प्रस्ताव बुझाउने प्रक्रिया

इच्छुक प्रशिक्षकहरूले आफ्नो प्राविधिक र आर्थिक प्रस्ताव, शैक्षिक तथा अनुभवका कागजातहरू सहित यस संस्थाको कार्यालयमा वा तोकिएको इमेल ठेगाना crdsnepal1992@gmail.com  मा २०८३।०३।०२ गते सम्म पेस गर्नुहुन अनुरोध गरिन्छ ।

Link: ToR_ Facilitator- Child Right and Child Protection_AWASAR-2026

सम्पर्क र प्रस्ताव बुझाउने ठेगाना:

सामुदायिक ग्रामीण विकास समाज नेपाल (CRDS-Nepal)

महाकाली नगरपालिका वडा नंम्बर ५ गल्फै, मेन रोड खलंगा, दार्चुला 

फोन नं: ०९३४२००६१, ९८४८७४२६२१

इमेल: crdsnepal1992@gmail.com

(नोट: रीत नपुगी वा म्याद नाघि आएका प्रस्तावहरू उपर कुनै कारबाही गरिने छैन । प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।)

खरिद समिति

CRDS-Nepal

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Jun, 2026
Apply Before 16 Jun, 2026
City Darchula