लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

पुनः प्रकाशन मितिः २०८३ साउन १२ गते

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (National Farmers Group Federation-NFGF, Nepal) सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि  कार्यरत रहदै आएको छ ।

महासंघले पोषण परियोजना ( Nurture Every Future/Poshan Project)सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्ंचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा  १७ साउन, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ । 

निवेदन पेश गर्दा अपेक्षित तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पदपद  संख्याशैक्षिक योग्यताआवश्यक अनुभव
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer)लैङ्गिकता,   मानविकि, समाजशास्त्रमा स्नातक वा सो सरह उत्र्तीण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कम्तिमा ४ वर्ष अनुभव भएको
  • कार्यक्रमहरूको लक्ष्य, उद्देश्य, सूचक  एवं लक्षित उपलब्धि हासिलको लागि GESI मूलप्रवाहीकरण योजना तथा कार्यक्रम निर्माण सम्बन्धि अनुभव भएको,
  • कार्यक्रमहरूको लक्ष्य, उद्देश्य, सूचक  एवं लक्षित उपलब्धि बमोजिम तय गरिएको GESI Standalone and GESI Mainstreaming कार्यक्रमहरू कार्यान्वयन सम्बन्धि अनुभव भएको,
  • भूमिहीन, साना, सिमान्तकृत तथा महिला कृषक लक्षित समुदायमा महासंघले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा, कृषक पाठशाला, अधिकारमा आधारित गतिविधिहरूको GESI योजना कार्यान्वयन गर्न टिमलाई प्राविधिक रुपमा सहयोग, सहजीकरण गर्न सक्ने  क्षमता भएको,
  • परियोजना टीमसँगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको साथै GESI दृष्टिकोणबाट मूल्यांकन गर्न सक्ने सीप भएको,
  • परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिवृद्धि गर्न GESI सम्बन्धि तालिमहरूको विकास गर्ने र कार्यान्वयनमा सहजीकरण सीप भएको, 
  • क्षमता अभिवृद्धिमा GESI संवेदनशीलता समावेशको लागि आवश्यक पहल, गतिविधिहरूको सुनिश्चितता गर्न सक्ने महासंघका संस्थागत एवं परियोजनागत गतिविधिहरूमा GESI सिद्धान्तहरूलाई एकिकृत रुपमा समावेश गर्न सक्ने सीप भएको, 
  • पोषण, खाद्य तथा स्वास्थ्यसँग सम्बन्धित हानिकारक सामाजिक मूल्य मान्यता र अभ्यासका साथै लैंगिक विभेदको पहिचान गरि कार्यक्रमको लक्षित समुह तथा समुदायसँग संवाद, छलफल, पैरवी  तथा रिफ्लेक्ट गर्ने ज्ञान तथा सीप भएको,
  • GESI असमानतालाई विश्लेषण गर्ने र सीमान्तकृत समूहहरुको अर्थपूर्ण नेतृत्व, सहभागिता र अवसरको लागि स्थानीय सरकारसँग नीतिगत वकालत गर्ने, 
  • स्थानी सरोकारवाला (महिला, बालबिालका तथा ज्येष्ठ नागरिक , कृषि, स्वास्थ्य शाखा )हरूसँग  समन्वय तथा सञ्चार गर्न सक्ने सीप  भएको साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका गतिविधिहरू सञ्चालन गर्न सक्ने क्षमता भएको,
  • हानिकार सामाजिक व्यवहार परिवर्तन सम्बन्धि विभिन्न सचेतनामूलक कार्य गर्न सक्ने, सूचना, सञ्चार समाग्रीको उत्पादन र उपयुक्त प्रयोग बारे मातहतका कर्मचारीहरूको क्षमता विकास गर्न सक्ने, 
  • GESI Principles, Gender Marker, GESI Policy, Gender Responsive Budget, Gender Analysis मा ज्ञान भएको,
  • समुदायको अवस्था र आवश्यकता अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि नवप्रवद्र्धनको प्रयोग गर्न सक्ने,
  • GESI, Safeguarding and Accountability मा संवेदनशीलता भएको,
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ४ वर्ष काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिईने ।

Link: GESI Officer

  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ । 
  • निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
  • छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
  • यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलता प्रति प्रतिवद्ध छ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरुको प्रतिलिपि 
  • दरखास्त बुझाउने ईमेल ठेगानाः vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
  • दरखास्त बुझाउने अन्तिम मितिः  १७ साउन, २०८३ सम्म 
  • छनौट विधीः लिखित र मौखिक 

पदपूर्ति समिति

Overview

Category Development Project, NGO/INGO/Social work, Gender Studies
Openings 1
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Jul, 2026
Apply Before 02 Aug, 2026
City Siraha, Saptari