सूचिकृतका लागि आह्वान गरिएको सूचना

Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Details / requirements:

सूचिकृतका लागि आह्वान गरिएको सूचना

प्रथम पटक प्रकाशित मितिः२०८३/०४/१२ गते

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक पर्ने तपशिल उल्लेखित सामग्री र सेवा आपुर्ति गर्ने आपूर्तिकर्ता,सेवा प्रदायक तथा परामर्शदाताहरू सूचिकृत गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही सामग्री र सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीहरूलाई सूचना प्रकाशित भएको मितिले ०७ दिन (२०८३ साउन १८  गते) भित्र सूचिकृतका लागि आवेदन पेश गर्न यो सूचना आह्वान गरिएको छ ।

तपशिल

क.आवश्यक सामाग्री तथा सेवाहरू:

  • स्टेशनरी तथा मसलन्द सामग्री आपुर्ति
  • होटल रेस्टुरेन्ट चिया तथा खाजा∕ नास्ता सेवा,
  • आवासिय तथा गैर आवासिय तालिम/ कार्यक्रम सञ्चालनका लागि तालिम हल सहितको सेवा प्रदायक होटल तथा रेष्टुरेण्ट व्यवसाय सेवा ।
  • डिजाइन, छपाई, प्रिन्टिङ सम्बन्धि कार्य छपाई (ब्यानर, फ्ल्याकस,  होर्डिङबोर्ड) सम्बन्धी सेवा । 
  • फर्निचर तथा फर्निसिङ्ग सामग्री आपुर्ति,
  • विद्युतीय सामग्री सप्लायर्स तथा मर्मत सेवा,
  • झोला,पोशाक तथा न्याने कपडा सामग्री
  • इलेक्ट्रोनिक्स उपकरणहरू (कम्प्युटर, ल्याप्टप, प्रिन्टर, टोनर, कार्टेज आदी विक्री तथा मर्मत सेवा )
  • हार्डवेयर तथा प्लाष्टिक सामग्री,
  • स्वास्थ्य तथा स्वच्छता सामग्री,
  • गाडीभाडा, ढुवानी तथा हवाई सेवा,
  • सवारी साधन मर्मत सेवा
  • पत्रपत्रिका, भिडियो डाकुमेन्ट्रि तथा रेडियो प्रशारण सेवा,
  • निर्माण कार्य / ठेक्कापट्टा
  • पेन्टिङ्ग सेवा (सिलालेख, भित्ते चित्र, वालपेन्टिङ)
  • एग्रोभेट  सप्लायर्स ∕कृषि तथा पशुजन्य सामग्री,
  • विज्ञान प्रयोगशाला, स्टिम तथा बालविकास शैक्षिक सामग्री,
  • खाद्यन्न तथा किराना सामग्री आपुर्तिकर्ता,
  • प्राकृतिक प्रकोप ∕  आपतकालिन सहयोग सामग्री,
  • तालिम गोष्ठी सहजीकरण गर्ने परामर्शदाता ,जस्तै: शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्छी, सुशासन, जिविकोपार्जन, जलवायु परिवर्तन, प्राथमिक उपचार, पुर्वसुचना, खोज तथा उद्धार, विपद जोखिम व्यवस्थापन, जलविज्ञान/मौसम विज्ञान/गेज सम्बन्धी परामर्श सेवा, पूर्वानुमानमा आधारित पूर्वकार्य  परामर्शदाता,   GIS  परामर्शदाता,  नक्सा तयारी,  IT  परामर्शदाता,   डिजाइन, लागत अनुमान र अनुसन्धान र संरक्षण सम्बन्धि तालिम, (निती, नियम, निर्माणकर्ता, रणनिती निर्माणकर्ता, श्रम  परिक्षण,  समाजिक लेखा परिक्षण र बाल विकास,)
  • सोलर खरिद बिक्री, जडान तथा मर्मत
  • Website design and maintenance  
  • इन्टरनेट  जडान
  • पानी तथा दुध डेरी
  • वार्षिक लेखापरीक्षण सम्बन्धी कार्यहरू ।
  • प्रमोसनल सामग्री (पोषाक तथा न्यानो कपडा,क्याप, टि-शर्ट,Rain Coat, ब्याग, आदि)
  • कुरियर तथा ट्रान्सपोर्ट/ढुवानी सेवा
  • संस्थाको चल अचल सम्पत्तिको बिमा सम्बन्धी सेवा ।
  • निर्माण सम्बन्धी सामग्री उपलब्ध गराउन हार्डवेयर
  • स्वास्थ्य तथा स्वच्छता सामग्री
  • बोट विरुवा(नर्सरी) सेवा
  • माटो तथा बाँस आपुर्ती

ख. निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू:

१.फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,

२. प्यान भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी,

३. आ.व.२०८१ / ०८२ को कर चुक्ता प्रमाणको प्रतिलिपी,

४.सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी,

ग.आवेदन पेश गर्नका लागी न्युनतम शर्तहरू:

१.वस्तु तथा सेवा प्रदायकको हकमा प्रदान गरिने वस्तु तथा सेवाको विवरण निवेदनमा उल्लेख गरिएको हुनुपर्ने छ ।

२. रित नपुगी आएका आवेदनलाई प्रक्रियामा समावेश गरिने छैन । साथै आपुर्तिकर्ता तथा सेवा प्रदायकलाई सूचिकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित रहने छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)

भीमदत्त नगरपालिका १८, कटान कञ्चनपुर

फोन नं. ९८०१५६८३४४, 

इमेलः procurement@peswan.org.np