लजिस्टिक अफिसर (Logistics Officer)

Community Development Society (CDS)

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।०५।०१ गते

सामुदायिक विकास समाज (CDS) विगत २५ वर्षदेखि जोखिममा परेका समुदायलाई विकासको मूलप्रवाहमा सहभागि हुन सक्षम बनाउन लक्ष्यित समुदायको सर्वाङ्गिण विकासका लागि सघाउने साथै उनीहरुको प्रतिस्पर्धी क्षमताको विकास गर्ने ध्येयले कृषि तथा सीपमा आधारित उद्यमशिलता विकास, स्वास्थ्य तथा सरसफाइ, वातावरण संरक्षण, शिक्षा, विपद् जोखिम न्यूनिकरण, महिला सशक्तीकरण, बाल संरक्षण र समुदायमा आधारित संस्थाको सवलीकरण तथा संस्थागत दीगो विकासको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसै सन्दर्भमा संस्थाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा मे २०२८ सम्म संचालनमा हुने महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ सुधार परियोजनाको लागि सेवाभावले प्रेरित, मेहनती, उत्साही एवं लक्षित समुदायको सेवाका लागि प्रतिवद्ध तपसिल बमोजिम योग्यता पुगेका र इच्छुक नेपाली नागरिकहरुवाट दरखास्त आह्वान गरिन्छ ।

तपसिल

पदसंख्यामुख्य काम तथा जिम्मेवारीहरुशैक्षिक योग्यता तथा अनुभवतलव सुविधा

लजिस्टिक अफिसर (Logistics Officer)

(निश्चित अवधीको करार) परियोजनाको मुख्य कार्यालय मन्थलीमा रही वारम्वार फिल्ड जानु पर्ने ।

  • संस्थाको खरिद नियमावली बमोजिम सामाग्री, वस्तु तथा सेवाहरुको खरिद प्रक्रियालाई व्यस्थित रुपमा अगाडि बढाउने ।
  • कार्यालयको जिन्सी सामान, उपकरण तथा मौज्जाद (Stock Inventory)को दुरुस्त अभिलेख राख्ने साथै समय समयमा भौतिक परीक्षण (Physical Verification) गर्ने ।  
  • सवारी साधनहरुको मर्मत, इन्धन, अभिलेख व्यवस्थापन लगायत आवश्यक अुनगमन गर्ने ।
  • परियोजनाको लागि आवश्यक पर्ने सामाग्रीहरु तोकिएको समय र स्थानमा सुरक्षित रुपमा पुर्याउने (Transportation and Delivery Coordination)।
  • बिक्रेता/सप्लायर्स/सेवाप्रदायकहरुसँग आवश्यक सम्पर्क समन्वय गर्ने, सुचिकृत गर्ने, छनौट भएका बिक्रेता/सप्लायर्स/सेवाप्रदायकहरुसँग सम्झौता गर्ने र भूक्तानीको लागि प्रक्रिया अघि बढाउने ।
  • दरभाउ पत्र, शिलवन्दी कोटेशन र वोलपत्रहरु आह्वान गर्ने । 
  • भण्डारण तथा स्टोर व्यवस्थापन गर्ने साथै संस्थाको सम्पत्तिको नियमित रेखदेख, सुरक्षा, मर्मत सम्भारको उचित प्रवन्ध मिलाउने ।
  • शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थावाट ब्यवस्थापन (BBA/BBS)  वा सम्बन्धित बिषयमा कम्तिमा स्नातक तह (Bachelor's Degree) उत्तिर्ण गरी ३ बर्षको अनुभव । 
  • कार्य अनुभवः गैर सरकारी संस्थामा खरिद, आपूर्ति र जिन्सी ब्यवस्थापन क्षेत्रमा कम्तिमा ३ बर्षको कार्य अनुभव । 
  • MS Office, Word, Excel सम्वन्धि राम्रो ज्ञान । 
  • अंग्रेजी भाषामा राम्रो दख्खल (बोल्न र लेख्न दुवै सक्ने) भएको । 
  • दुई/चार पांङ्ग्रे सावरी चालक अनुमति पत्र (लाइसेन्स) भएको ।
संस्थाको नियम वमोजिम

आवेदन दिने प्रक्रिया 

  • इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो आवेदन (Cover Letter) को साथमा नागरिकता साथै शैक्षिक योग्यताको प्रमाण पत्रको छाँयाप्रति, अनुभव खुल्ने कागजातहरु र व्यक्तिगत विवरण (CV/Resume) सहित ०५ भाद्र २०८३ (२१ अगष्ट २०२६) वेलुका ५:०० बजेसम्म मन्थली नपा–१, रेडक्रस मार्गमा रहेको संस्थाको कार्यालयमा वा इमेल मार्फत cdsvacancy@gmail.com मा पेश गर्न सकिनेछ । 
  • प्रारम्भिक छनौट सूचीमा परेका आवेदकलाई मात्र लिखित तथा मौखिक अन्तरवार्ताका लागि वोलाइनेछ । साथै लिखित र मौखिक अन्तरवार्ताको मिति, समय र स्थान बारे फोन वा ईमेल मार्फत जनकारी गराइनेछ ।
  • रीतपूर्वक नआएको वा तोकिएको समय भित्र प्राप्त हुन नआएको आवेदन स्विकृत गरिने छैन । साथै आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार स्वयम् संस्थालाई हुनेछ ।

सामुदायिक विकास समाज विविधता, समावेशिता र समानतामा विश्वास गर्ने भएकोले महिला, दलित, मधेशी तथा सीमान्तकृत आदिवासी जनजातिहरुलाई आवेदनका लागि उत्प्रेरित गरिन्छ ।

सामुदायिक विकास समाज

कर्मचारी छनौट समिति

मन्थली नगरपालिका–१, रेडक्रस मार्ग, मन्थली

फोन नं ०४८–५४००५४

Overview

Category Development Project, Logistics / Procurement, Business Administration, Business Management
Openings 1
Position Type Full Time, Contract
Experience 3+ years
Education Bachelor's degree in Business Management, Bachelors’ degree in Business Administration
Posted Date 17 Aug, 2026
Apply Before 29 Aug, 2026
City Ramechhap