कोटेशन आह्वान गरिएको सम्बन्धमा (REQUEST FOR QUOTATION)
Details / requirements:
कोटेशन आह्वान गरिएको सम्बन्धमा {REQUEST FOR QUOTATION} (RFQ)
कोटेशन आह्वान गरिएको मिती : २०८३/०३/१८ गते
सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुली एक गैह्र सरकारी संस्थाको रूपमा विभिन्न क्षेत्रमा सेवा दिदै तथा जनजीवन सँग सम्बन्धीत कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी गराउँदै यस संस्था अन्तर्गत संचालित परियोजना / कार्यक्रम अन्तर्गत तपशिलको सेवा खरिद गर्नु पर्ने भएको हँदा तल उल्लेखित सेवा तथा शर्तहरूलाई मध्यनजर गर्दै तल उल्लेखित ठेगानामा कोटेशनको लागि आवश्यक सम्पूर्ण कागजात संलग्न गरि आजको मितीले ७ दिन भित्र कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
तपशिल : आवश्यक पर्ने यातायात तथा ढुवानी सेवाहरुको सूची तलको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
सेवा तथा शर्तहरू:
१. कोटेशन पेश गर्ने अवधी २०८३ आषाढ १८ देखि आषाढ २२ गते ( ०२ जुलाई २०२६ देखि ०६ जुलाई २०२६ ) सम्म कार्यालयको समय दिनको ५ बजे सम्म हुनेछ । यदि कोटशेन बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट दिनको १२ बजे सम्म कोटेशन पेश गर्न सकिनेछ । समय अवधी भित्र पेश नभएको कोटेशन मान्य हुने छैन ।
२. कोटेशनमा उल्लेख भएको मूल्यमा VAT/TAX समावेश भएको हुनु पर्नेछ । अरु कुनै TAX भएको कैफियतमा उल्लेख गर्नुहोला ।
४. विल तथा सेवा प्राप्त गरेका ३० दिन भित्रमा A/C Payee चेक मार्फत सप्लायर्सको फर्मको नाममा भुक्तानी गरिनेछ । यदि तपाई केही भुक्तानी शर्तहरू भएमा उल्लेख गर्नुहोला ।
५. कोटेशन शिलबन्दी खाममा हुनु पर्ने र खामको बाहिर नाम, ठेगाना तथा सम्पर्क नम्बर स्पष्ट देखिने अक्षरमा लेखिएको हुनु पर्नेछ । साथै कोटेशन पेश गर्दा सप्लायर्सले स्पष्ट देखिने गरि नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नु पर्नेछ ।
६. कुनै कारणवश स्वीकार गरेको समयमा सामाग्री वा सेवाहरू उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रूपमा लाग्नेछ ।
७. कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थामा निहित हुनेछ ।
८. कोटेशन बुझाउँदा कम्पनी भएमा VAT Registration Certificate, करचुक्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रतिलिपी पनि बुझाउनु पर्नेछ । साथै सवारी साधनको नविकरण गरेको Blue Book, चालकको लाइसेन्स, सवारी धनीको PAN card अनिवार्य रूपमा पेश गर्नु पर्नेछ । यदि सवारी तथा ढुवानी साधन एक भन्दा बढी भएमा सवै सवारी तथा ढुवानी साधनको नविकरण भएको Blue Book अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
९. सामाग्री ढुवानीको हकमा नेपाल सरकारको नियम अनुसार सवारी अनिवार्य रुपमा VAT मा दर्ता भएको हुनु पर्नेछ यदि नभएको खण्डमा सामाग्री ढुवानी गर्दा २.५ प्रतिशत र थप १३ प्रतिशत गरि जम्मा १५.५ प्रतिशत करकट्टी गरि भुक्तानी प्रदान गरिनेछ र VAT मा दर्ता भएका सवारीहरुमा सामाग्री ढुवानी बापत १.५ प्रतिशत मात्र कर कट्टी गरिनेछ ।
१०. कोटेशनमा उल्लेखित दरभाउ १ बर्ष सम्मको लागि मान्य हुनेछ साथै छनौट हुनु भएको सेवा प्रदायक सँग १ बर्ष सम्मको लागि सम्झौता गरिनेछ ।
आवश्यक सूची दर्ता फाराम, Supplier Code of Conduct, तथा दरभाउ भर्ने फारम तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना : (Accepted and Valid only Hardcopy)
https://drive.google.com/drive/folders/1tIMbe_U8tigmpjxzDZXCTq9eB1tVSdQR?usp=sharing
सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली
कमलामाई–०६, सिन्धुली
फोन नं. ९८५२०७३२४१ / ९८४९६१७९१३
इमेल : scm.sids@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Jul, 2026 |
| Apply Before | 06 Jul, 2026 |
| City | Sindhuli |