कर्मचारीहरू आवश्यकता सम्बन्धी सूचना

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब 

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८२/०३/२

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले  दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आव्हान गरिन्छ ।

१) पद: फिल्ड कोर्डिनेटर-जिविकोपार्जन (FC-Livelihood)- १ जना

(विज्ञापन नं: २५-०८१/०८२)

न्यूनतम् योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थावाट कृषि विषयमा स्नातक (B.Sc. Ag.) तह वा सो सरह उत्तीर्ण गरेको,
  • जीविकोपार्जन कार्यक्रम कार्यान्वयनमा कम्तीमा २ वर्षको अनुभव भएको,
  • कृषि तथा गैर-कृषि व्यवसायहरूका लागि व्यवसाय परामर्शमा विशेषज्ञता भएको,
  • कृषक समुहलाई परिचालन, बालीविज्ञान, व्यवसायिकरण तथा बजारिकरण सम्बन्धी अनुभव भएको,
  • जिविकोपार्जन क्षेत्रको वार्षिक योजना र बजेट तयार पार्न तथा कार्यान्वयन गर्न सक्ने सशक्त क्षमता भएको,
  • तालिम, कार्यशाला, र बैठकहरू सहज रूपमा सञ्चालन गर्न सक्ने क्षमता भएको,
  • विभिन्न सरोकारवालासँग सहकार्यात्मक सम्बन्ध निर्माण गर्ने अनुभव भएको,
  • कम्प्युटर सम्बन्धि व्यवहारिक ज्ञान भएको,
  • अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको ।

२) पद: मील तथा डकुमेन्टेशन अधिकृत (MEAL and Doc. Officer)- १ जना

(वि. नं: २६-०८१/०८२)

न्यूनतम् योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थावाट समाजशास्त्र विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको,
  • MEAL सम्बन्धी कार्यमा कम्तीमा २ वर्षको अनुभव, विशेष गरी बाल अधिकार, बाल संरक्षण, शिक्षा वा बालमैत्री परियोजनामा काम गरेको अनुभव भएको,
  • डाटा संकलन, विश्लेषण, प्रतिवेदन लेखन र दस्तावेजिकरण सम्बन्धी कार्यमा अनुभवी भएको,
  • Log-frame, Quality Benchmark, Indicators Tracking, Survey Tools लगायतका Tools को प्रयोगमा दक्षता भएको,
  • MS-Office र KoboToolbox जस्ता उपकरणमार्फत डाटा विश्लेषण र प्रस्तुतिकरण गर्ने क्षमता भएको,
  • सफलताको कथा, सिकाई र सृजनात्मक प्रस्तुतीकरण तयार पार्ने क्षमतामा निपूण भएको,
  • उत्तरदायित्व र प्रतिकृया संयन्त्र (Feedback and Response Mechanism) सम्बन्धी ज्ञान भएको,
  • बाल संरक्षण-संवेदनशील कार्यक्रम र बाल सुरक्षासम्बन्धी नीतिहरूको राम्रो समझ भएको ।

३) पद: फिल्ड एसोसिएट-शिक्षा (FA-Education) - १ जना

(विज्ञापन नं: २७-०८१/०८२)

न्यूनतम् योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थावाट शिक्षाशास्त्र वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरेको,
  • शिक्षा क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको, 
  • अपांगता भएका बालबालिकासँग (CwD) काम गरेको अनुभव भएको,
  • तालिम, कार्यशाला, र बैठकहरू सहज रूपमा सञ्चालन गर्न सक्ने क्षमता।
  • वार्षिक योजना र बजेट तयार पार्न तथा कार्यान्वयन गर्न सक्ने सशक्त क्षमता।
  • विभिन्न सरोकारवालासँग सहकार्यात्मक सम्बन्ध निर्माण गर्ने अनुभव भएको,
  • MS-Office संचालन सम्बन्धि व्यवहारिक ज्ञान भएको,
  • अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने र स्थानिय भाषाको ज्ञान भएको ।

४) पद: बाल संरक्षण-घटना कार्यकर्ता (Case Worker: CW)- १ जना

(विज्ञापन नं: २८-०८१/०८२)

न्यूनतम् योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थावाट १०+२ वा सो सरह उत्तीर्ण गरेको, 
  • बाल संरक्षण घटना व्यवस्थापन संबन्धी कम्तीमा ३-दिने तालिम लिएको,
  • बाल संरक्षण घटना व्यवस्थापन संबन्धी कार्यहरुमा कम्तीमा ६ महिनाको अनुभव भएको,
  • जलेश्वर नगरपालिका (महोत्तरी) को स्थायी बासिन्दा रहेको र उमेरको हद ३० वर्ष ननाघेको (महिलालाई विशेष प्रथमिकता),
  • बाल संरक्षण कानून तथा प्रक्रियाहरू बारे राम्रो ज्ञान भएको,
  • आत्मनिर्भर भई कार्यहरु गर्न सक्ने तथा स्थानिय निकायसँग समन्वय र सहकार्य गर्ने क्षमता भएको,
  • नेपाली भाषामा मौखिक र लिखित सञ्चार सीप भएको,
  • स्थानीय भाषा बोल्न र लेख्न सक्ने भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पदको विस्तृत कार्य-विवरण (JD):

(i) फिल्ड कोर्डिनेटर-जिविकोपार्जन (FC-Livelihood)

(ii) मील तथा डकुमेन्टेशन अधिकृत (MEAL & Doc. Officer)

(iii) फिल्ड एसोसिएट-शिक्षा (FA-Education)

(iv) बाल संरक्षण-घटना कार्यकर्ता (Case Worker: CW)

दरखास्त दिने अन्तिम मिति: २०८२।०४। गते साँझ ५:०० बजेसम्म ।

आवेदनका लागि: https://forms.gle/6sk6KL89RcRugsC87 (लिंक मार्फत)

वा

रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी (भौतिक उपस्थितिमा)

Overview

Category Development Project, Development / NGO, Agriculture/Livelihood
Openings 4
Salary As per organization rules /
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 13 Jul, 2025
Apply Before 20 Jul, 2025
City Mahottari