कर्मचारी अवश्यकता सम्बन्धी सूचना

NNSWA

The Nepal National Social Welfare Association (NNSWA) was established in 1990. In 1994, NNSWA was registered with the District Administration Office, Kanchanpur, and affiliated with the Social Welfare Council in Kathmandu. Over the years, NNSWA has grown into one of the leading development organizations in Sudur Paschim Province, Nepal, implementing a wide range of integrated, community-based development programs throughout the province. Sudur Paschim Province constitutes the core program area of NNSWA. The districts of the former Far Western Development Region are characterized by poor development indicators, high levels of male migration to India, inadequate infrastructure, significant caste- and gender-based disparities, and extensive deforestation. These conditions provide a strong rationale for NNSWA’s development interventions in the region. NNSWA’s programs are organized into four major sectors: (Education and Early Childhood Development, General Health and Reproductive Health, Nutrition, Disability and Health, Drinking Water, and Sanitation, Community Development through Social and Economic Upliftment, Natural Resource Management (Disaster Risk Reduction and Management [DRRM], Climate Change Adaptation [CCA], and Humanitarian Response)

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः 

मिति २०८३ असोज २३ गते तदनुसार २०२६ अक्टोबर ९ तारिख

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा बैतडी जिल्लामा सञ्चालित “मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण (MNCH/NUTRITION) कार्यक्रम” का लागि तपसिल बमोजिमका कर्मचारीहरू रिक्त रहेका र पद पूर्ति गर्नुपर्ने परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव

मुख्य जिम्मेवारीहरू

कार्यक्रम संयोजक (Program Coordinator) (१ जना)जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर (MPH/MN) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा १  वर्षको अनुभव वा जनस्वास्थ्य, नर्सिङ वा स्वास्थ्य सम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई परियोजना व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको।
  • तोकिएको समय र बजेटभित्रै सम्पूर्ण लक्ष्यहरू हासिल भएको सुनिश्चित गर्न परियोजनाका क्रियाकलापहरूको समग्र योजना तर्जुमा, कार्यान्वयन र दैनिक व्यवस्थापन गर्ने।
  • जिल्ला तहमा स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गर्ने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विस्तृत कार्यान्वयन योजना निर्माण गर्ने।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन गर्ने र सम्बन्धित सरकारी तथा गैर-सरकारी संस्थाहरूसँग नियमित समन्वय गर्ने।
  • असल अभ्यास, सफलताका कथा र परियोजनाका चुनौतीहरूको अभिलेखीकरण (Documentation) सुनिश्चित गर्दै अनुगमन, मूल्याङ्कन र प्रतिवेदन (Reporting) कार्यको सुपरिवेक्षण गर्ने।
  • परियोजनाको तथ्याङ्क व्यवस्थापन गर्ने, मातहतका कर्मचारीलाई सहयोग गर्ने र समयमै प्रगति प्रतिवेदनहरू पेश गर्ने।
कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) (१ जना)नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भई क्लिनिकल पृष्ठभूमि भएको। मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने।
  • कार्यक्षेत्र (फिल्ड) स्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न र प्रगति प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग पुर्‍याउने।
  • जिल्ला तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य सम्बन्धी प्राविधिक फोकल पोइन्टहरूसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने।
  • कार्यसञ्चालन योजनाहरू निर्माण गर्ने र कार्यक्षेत्रमा तिनको समयमै तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  • पालिका स्तरका सम्बन्धित सरकारी तथा गैर-सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यसम्पादनको सुदृढीकरणका लागि यथोचित प्राविधिक सहयोग प्रदान गर्ने।
  • तथ्याङ्कको व्यवस्थापन र विश्लेषण गर्दै परियोजनाका सफलताका कथा र चुनौतीहरूको अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने।
प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer) (१ जना)स्नातक तह उत्तीर्ण गरी  कम्तीमा  2  वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको।
  • दैनिक कार्यालय सञ्चालन तथा कोष निकासा (Fund disbursement) को व्यवस्थापन गर्ने र बजेट तथा खर्चको अनुगमन गर्ने।
  • वित्तीय प्रतिवेदन तयार गर्ने, लेखा राख्ने (Bookkeeping) कार्य गर्ने र आवश्यकता अनुसार वित्तीय अभिलेखहरू अद्यावधिक गर्ने।
  • बजेट सम्बन्धी कुनै पनि विषयमा परियोजना टिमसँग प्रत्यक्ष समन्वय गर्ने।
  • Accounting Software मा वित्तीय कार्य गर्न सक्ने ।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ। 

प्राथमिकताः स्थानीय योग्य उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः २०८३ असोज २९ तदनुसार २०२६ अक्टोबर १५ तारिख।

दरखास्त पठाउने इमेल ठेगाना: jobopportunity.nnswa@gmail.com  मा पठाउनु होला।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।

प्रकाशित:

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) 

केन्द्रीय कार्यालय, कञ्चनपुर

Overview

Category Public Health, Development Project, Medical / Nursing, Finance & Administration
Openings 3
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Oct, 2026
Apply Before 15 Oct, 2026
City Kanchanpur