ईलेक्ट्रिसियन तालिमका लागी बन्द कोटेशन दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
छिमेकी संस्था नेपाल
ईलेक्ट्रिसियन तालिमका लागी बन्द कोटेशन दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रकाशन मिति: २०८२/११/०५
छिमेकी संस्था नेपालले ४ महिनाको ईलेक्ट्रिसियन तालिम संचालन गर्न इच्छुक तालिम प्रदान गर्न सक्ने आधिकारिक फर्म र कम्पनी वा तालिम प्रदायक संस्थाहरूले तालिम सञ्चालन गर्न २०८२ फागुन १५ गते भित्र तपशिल बमोजिमका शर्तहरू पुरा गरी बन्द कोटेशन दरभाउपत्र सहित प्राविधिक (Technical) तथा वित्तिय (Financial) प्रस्तावना आह्वानको लागी यो सुचना प्रकाशित गरिएको छ ।
कोटेशन सम्बन्धी शर्त तथा बन्देजहरू:
१. प्रस्तावकले प्रस्तावना पठाउँदा मिति सहितको कभर लेटर तथा प्राविधिक (Technical) र वित्तिय (Financial) प्रस्तावना पठाउनु पर्नेछ । उक्त प्रस्तावनामा दर भाउ प्रष्ट बुझिने गरी प्रत्येक पानामा आधिकारीक व्यक्तिको हस्ताक्षर साथै फर्महरूको अनिवार्य छाप लगाउनु पर्नेछ ।
२. कोटेशन पेश गर्ने संस्थाले प्राविधिक प्रस्तावनामा आफ्नो प्रोफाइल, ईलेक्ट्रिसियन तालिमको ४ महिना सम्मको समय तालिका, सिकाइने कोर्षहरू, प्रयोग गरिने सामाग्रीहरूको विस्तृत विवरण साथै अन्य आवश्यक सिकाई विधिहरू समेत खुलाउनु पर्नेछ ।
३. ईलेक्ट्रिसियन तालिममा १२ जना सहभागिहरू रहनेछन्, तालिम ४ महिना सम्म – हप्ताको ६ दिन, प्रत्येक दिन ४ घण्टाको दरले संचालन गर्नु पर्ने छ ।
४. वित्तिय प्रस्तावना बुदाँ नं ३ मा उल्लेख भए बमोजिम तालिम दिएवापतको जम्मा रकम प्रस्ताव गनुपर्ने छ । जसमा खर्चहरूको विस्तृत विवरण जस्तैः कोठा भाडा, प्रशिक्षकको खर्च, तालिममा प्रयोग हुने सामाग्रीहरूको खर्च, ईत्यादि समावेश गरी वित्तिय प्रस्तावना पेश गर्नुपर्नेछ ।
५. प्रस्तावना पेश गर्ने संस्था वा फर्म घरेलु/वाणिज्य विभाग/कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि नविकरण भएको आधार समेत पेश गर्नुपर्नेछ । साथै स्थानिय निकायमा (वडा कार्यालय) दर्ता भएको छ भने दर्ता नविकरण सहित पेश गर्नुपर्ने छ । साथै प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि पेश गनुपर्नेछ ।
६. तालिम प्रशिक्षकको हकमा ईलेक्ट्रिसियन तालिम प्रदान गर्न योग्यता प्राप्त प्रमाणपत्र र TOT को प्रमाणपत्रको प्रतिलिपी समेत पेश गर्नु पर्नेछ ।
७. फर्म र कम्पनी वा तालिम प्रदायक संस्थाहरूले तालिम प्रशिक्षार्थीहरूलाई Theory र Practical कक्षाको लागी पर्याप्त ठाउँ र उनिहरूको लागी पर्याप्त मात्रामा तालिम सामाग्रीहरू उपलब्ध गराउनु पर्नेछ ।
८. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा छिमेकी संस्था नेपालको आर्थिक प्रशासनिक विनियमावली बमोजिम हुनेछ ।
९. प्राप्त भएका प्राविधिक तथा वित्तिय प्रस्तावनाको मुल्यांकन पश्चात प्रस्तावना पेश गर्ने फर्म र कम्पनीहरूमा यस संस्थाबाट फिल्ड भिजिट गरिने छ र मूल्यांकन पश्चात मात्र उचित एकलाई छनौट गरीने छ ।
१०. कुनै पनि फर्म र कम्पनी छनौट गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार छिमेकी संस्था नेपालमा निहित रहनेछ ।
बन्द कोटेशन पठाउने अन्तिम मिति र ठेगाना:
- मिति २०८२ फागुन ५ गते देखी २०८२ फागुन १५ गते साझ ५ बजे सम्ममा यस संस्थाको कार्यालयमा वा ईमेल मार्फत पठाउदा chhimekijobs@gmail.com मा Word/PDF फाईल बनाई पठाउनु पर्नेछ ।
नोट: माथि उल्लेखित शर्तहरू पालना नभएका कोटेशनहरूलाई मान्यता दिइने छैन । साथै अन्य विस्तृत जानकारीका लागी यस संस्थाको कार्यालयको फोन नं. ०१–५३०७०६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Feb, 2026 |
| Apply Before | 27 Feb, 2026 |
| City | Kathmandu |