Field Supervisor / Infrastructure Supervisor

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

सूचना प्रकाशित मिति: २०८२ चैत ०५ गते बिहीबार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको आँठ वटै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरुका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, हर्वाचर्वा, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 

Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा Child Participation & Community Mobilization Program सहभागिता तथा समुदाय परिचालन कार्यक्रम० यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रम अन्र्तगत तपशील अनुसारका कर्मचारीहरु १.  Field Supervisor  र २. Infrastructure Supervisor आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पद तथा संख्या
शैक्षिक योग्यता
आवश्यक अनुभव तथा सीपहरु

1. Field Supervisor

(१ जना)

कृषि/JTA, ग्रामीण विकास, वा सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह (Intermediate/+2) वा सो भन्दा माथिको शैक्षिक योग्यता
  • सामाजिक परिचालक, स्वास्थ्य, शिक्षा, बाल अधिकार, बाल संरक्षण, जीविकोपार्जन, बालमैत्री स्थानीय शासन तथा स्पोन्सारसीप सम्बन्धि कार्यक्रम काम गरेको अनुभव भएको । 
  • Agriculture, Livelihood वा TVET तालिम प्राप्त गरी सम्बन्धि कार्यक्रममा काम गरेको अनुभव भएको ।
  • समुदायसँग समन्वय गरी कृषि, सीप विकास, आयआर्जन कार्यक्रम संचालन गरेको अनुभव ।
  • समुदायमा विभिन्न समुहहरु निर्माण गरी समुह परिचालन तथा क्षमता विकास तालिम तथा अनुगमन गर्न सक्ने । 
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने ।
  • सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुसँग समनव्य र सहकार्य गरी काम गर्न सक्ने ।
  • नेपाली तथा अंग्रेजी भाषामा प्रगति प्रतिवेदन लेख्न सक्ने ।
  • Office package; Word, Excel, Power point and email internet मा राम्रो ज्ञान, सीप भएको ।
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।

2. Infrastructure  Supervisor 

(१ जना)

मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा गरी कम्तीमा ३ वर्षको कार्य अनुभव

(Bachelor preferred)

  • भवन निर्माण, मर्मत तथा WASH सुविधाका मापदण्डबारे राम्रो ज्ञान; निर्माणसम्बन्धी नक्सा (drawing) तथा प्राविधिक विवरण (specification) पढ्न र बुझ्न सक्ने क्षमता ।
  • निर्माण/मर्मतको डिजाइन, लागत अनुमान (estimation), कार्यान्वयन र गुणस्तरीय कार्य सम्पन्नता सम्बन्धी अनुभव; टोली व्यवस्थापन तथा सुपरिवेक्षण; वित्तीय तथा तथ्याङ्क व्यवस्थापनमा अनुभव ।
  • उत्कृष्ट स्थल (site) सुपरिवेक्षण सीप; काम तोकिएका मापदण्ड र प्राविधिक विवरणअनुसार भइरहेको सुनिश्चित गर्न विवरणमा ध्यान दिने क्षमता; स्थलमै समस्या समाधान तथा निर्णय गर्न सक्ने क्षमता ।
  • सरोकारवालासँग प्रभावकारी समन्वयका लागि सञ्चार तथा अन्तरव्यक्तिगत सीप; अंग्रेजी र नेपाली भाषामा राम्रो लेखन क्षमता; प्रतिवेदन लेखन तथा कागजात तयारी गर्ने सीप, साथै डिजिटल क्यामेराको प्रयोग गरी फोटो प्रमाण संकलन गर्ने क्षमता ।
  • MS Office, इन्जिनियरिङ सफ्टवेयर (जस्तै AutoCAD) तथा अन्य परियोजना व्यवस्थापन उपकरणहरू प्रयोग गर्न सक्ने दक्षता; इमेल तथा कागजात व्यवस्थापनका लागि आधारभूत कम्प्युटर ज्ञान ।
  • नेपाल राष्ट्रिय भवन संहिता (Nepal National Building Code) तथा निर्माण सुरक्षा मापदण्डबारे ज्ञान ।
  • टोलीका सदस्यहरूलाई तालिम, कोचिङ तथा मार्गदर्शन (mentoring) प्रदान गर्न सक्ने क्षमता; तालिम सम्बन्धी गतिविधिहरूको प्रतिवेदन तथा अभिलेखीकरण गर्ने क्षमता ।
  • ठेकेदार, सहकर्मी तथा बाह्य सरोकारवालासँग सञ्जाल विस्तार, वार्ता (negotiation) तथा प्रतिनिधित्व गर्न सक्ने क्षमता ।
  • इमान्दारिता, उत्तरदायित्व, सहकार्य, पहल गर्ने क्षमता, अनुकूलनशीलता, नवीन सोच तथा सक्रिय कार्यशैली ।
  • भवन निर्माण वा यस्तै प्रकारका पूर्वाधार (infrastructure) परियोजनाहरूमा काम गरेको अनुभव ।
  • थप आवश्यकताहरूः स्थानीय भाषा (मैथिली) को ज्ञान भएको; दुईपांग्रे सवारी साधन (मोटरसाइकल) चलाउन सक्ने वैध लाइसेन्स भएको ।

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:

  • व्यक्तिगत विवरण (Personal bio-data), 
  • निवेदन (Application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter)
  • दुई जना सन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference details)

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान रतरिका स्थानः दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा

ईमेलः dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बलमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौं ।

Overview

Category Engineering - Civil, Development Project, Human Rights
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Mar, 2026
Apply Before 25 Mar, 2026
City Dhanusha