बोलपत्र आव्हानको सुचना

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आव्हानको सुचना

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

प्रथम पटक प्रकाशित मिति  २०८२।१२।०६

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । विगत ३० वर्षदेखि विभिन्न साझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण एवं जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । 

यस संस्थाले प्लान इन्टरनेशनल नेपालकोे साझेदारीमा डोल्पा जिल्लाका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाहरुमा  किशोरी सशक्तिकरण परियोजना सञ्चालन गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने सप्लायर्स, फर्महरुले तपशिलमा उल्लेखित शर्त पुरा गरी बोलपत्र आव्हान गरिन्छ । 

बोलपत्र आव्हान सम्बन्धी शर्तहरु :

१. बोलपत्र आव्हानका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः 

  • कर चुक्ताको प्रमाण पत्र (२०८१/२०८२) को प्रतिलिपि  
  • भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि

२. छनौटका आधारहरु :

क) कानुनी प्रक्रिया पुरा गरेको

ख) सामग्रीको मूल्य : ८० अङ्क

ग) क्षमता : २० अङ्क

अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अङ्क

आ) आपूर्ति गर्न सक्ने समय ५ अङ्क

इ) कार्य अनुभव : २.५ अङ्क

ई) कारोवार : २.५ अङ्क

३. ढुवानी/आपूर्ति र अन्य शर्तहरु : 

सामग्री ढुवानी संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको देहाय बमोजिम स्थानसम्म ढुवानी गर्नुपर्ने छ ।

क. काञ्जिरोवा आधारभुत बिद्यालय दापु, त्रिपुरासुन्दरी नगरपालिका बजारदेखि करिब २० किलोमिटर

ख. अमरसिंह आधारभुत बिद्यालय मुह, त्रिपुरासुन्दरी नगरपालिका बजारदेखि करिब १९ किलोमिटर

ग. जनप्रिय आधारभुत बिद्यालय चुँ त्रिपुरासुन्दरी नगरपालिका बजारदेखि करिब १५ किलोमिटर

घ. भगवती आधारभुत बिद्यालय छल, त्रिपुरासुन्दरी नगरपालिका बजारदेखि करिब १० किलोमिटरसम्म ढुवानीसहितको आपूर्ति गर्नुपर्ने छ । उक्त सामग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड/अनलोड तथा अन्य खर्च सम्पूर्ण आर्पूिर्तकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।

LINK:

MHH & AFIC Tender doc

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 Mar, 2026
Apply Before 26 Mar, 2026
City Surkhet