फिल्ड सुपरभाइजर (Field Supervisor)
Details / requirements:
आवश्यकता! आवश्यकता !! आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित मितिः ७, आश्विण, २०८३
सामजिक रुपान्तरण तथा मानवीय सहायता संघ (आस्था नेपाल) द्वारा संचालित , अछाम जिल्लाको १० वटा स्थानिय तहमा "मातृ, नवजात शिशु, बाल स्वास्थ्य पोषण (MNCHN) कार्यक्रम" गर्दै आईरहको यहाँहरुलाई अवगत नै छ । हाल तपसिल बमोजिमको कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
पद : फिल्ड सुपरभाइजर (Field Supervisor) (१ जना)
आवस्यक संख्या : १ जना
कार्यक्षेत्र : मंगलसेन नगरपालिका र रामारोशन गा.पा
न्यूनतम शैक्षिक योग्यता तथा कार्याअनुभव:
PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरि कम्तिमा २-३ बर्ष समुदाय स्तरमा काम गरेको अनुभव ।
मुख्य जिम्मेवारीहरू :
- मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य पोषण (MNCHN) सम्बन्धी कार्यक्रमहरूको नियमित अनुगमन, सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चित गर्ने।
- स्वास्थ्य संस्थाहरू, स्थानीय तह, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालासँग प्रभावकारी समन्वय तथा सहकार्य गर्ने।
- कार्यक्रमका सूचकहरू अनुसार तथ्याङ्क संकलन, प्रमाणीकरण, विश्लेषण तथा समयमै प्रतिवेदन तयार गरी पेश गर्ने।
- समुदाय परिचालक, महिला स्वास्थ्य स्वयंसेविका (FCHV) तथा सम्बन्धित समूहहरूलाई आवश्यक तालिम, कोचिङ तथा प्राविधिक सहयोग उपलब्ध गराउने।
- समुदाय स्तरमा स्वास्थ्य सचेतना, व्यवहार परिवर्तन तथा स्वास्थ्य प्रवर्द्धन गतिविधिहरू सञ्चालन गर्न सहजीकरण गर्ने।
- कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, जोखिम तथा चुनौतीहरूको पहिचान गरी समाधानका लागि सुझाव तथा कार्ययोजना तयार गर्ने।
- संस्थाको नीति, कार्यविधि, बाल संरक्षण, लैङ्गिक समानता तथा सुरक्षा सम्बन्धी मापदण्डहरूको पालना सुनिश्चित गर्ने।
- परियोजना सम्बन्धी बैठक, समीक्षा, अनुगमन भ्रमण तथा समन्वय कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने।
- सफलता, सिकाइ तथा असल अभ्यासहरूको अभिलेखीकरण गरी आवश्यकतानुसार Case Story र Success Story तयार गर्ने।
- तोकिएको कार्यक्षेत्रमा संस्थाको प्रतिनिधित्व गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयन र परिणाम प्राप्तिका लागि जिम्मेवार रहने।
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,प्यान नं. को प्रतिलिपि
प्राथमिकताः मंगलसेन नगरपालिका र रामारोशन नगरपालिकाको उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः १४ आश्विण २०८३
दरखास्त पठाउने इमेल ठेगाना: astha.vacancy@gmail.com मा सम्पर्क गर्नुहोस्।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: सामजिक रुपान्तरण तथा मानवीय सहायता संघ (आस्था नेपाल ) कार्यालय, मंगलसेन नगरपालिका ०५ , अछाम (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।
परीक्षाको किसिमः लिखित तथा मौखिक अन्तर्वार्ता।
नोट:
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
- प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
- मंगलसेन न.पा र रामारोशन गा.पाको दरखास्तलाई प्राथामिकता दिईनेछ ।
Overview
| Category | Development Project, Health Medicine, Nursing |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 24 Sep, 2026 |
| Apply Before | 30 Sep, 2026 |
| City | Achham |