फिल्ड सुपरभाइजर (Field Supervisor)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(पूनः प्रकाशित)
मिति २०८३ जेठ, ३ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal Project) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जलवायुमैत्री जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपसिलमा उल्लेखित ठेगानामा ८ जेठ, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न हुन अनुरोध गरिन्छ।
| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
फिल्ड सुपरभाइजर (Field Supervisor) | १ (एक) | जे.टी. वा जे.टी.ए. उत्तीर्ण |
|
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मितिः ८ जेठ, २०८३ सम्म
- छनौट विधीः लिखित र मौखिक
पदपूर्ति समिति
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
Overview
| Category | Agriculture, Development Project |
| Openings | 1 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | JT / JTA |
| Posted Date | 17 May, 2026 |
| Apply Before | 22 May, 2026 |
| City | Siraha |