दुग्ध संकलन केन्द्र स्थापनाका लागी आवश्यक सामाग्री खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)

Details / requirements:

दुग्ध संकलन केन्द्र स्थापनाका लागी आवश्यक सामाग्री खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना।

प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०२/०३ गते

डार्विन इनिसेटिभको आर्थिक सहयोगमा रोयल सोसाइटी फर प्रोटेक्सन अफ बर्ड, रिनेबल वर्ल्ड र पंक्षी संरक्षण नेपालको प्रविधिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) द्वारा कन्चनपुरको बेदकोट नगरपालिका र बेल्डाँडी गाउपालिका मा संचालित VCP परिेयोजना को लागि दुग्ध संकलन सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण र परिमाणहरू को विस्तृत जानकारी रहेको TOR, thepeswan@gmail.com इमेल ठेगानामा सम्पर्क गरि प्राप्त गर्न सकिने छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया

उपरोक्त बमोजिमको दरभाउ पत्र सिलबन्दी खाममा परियोजनाको नाम र पेश गरिएको दरभाउ पत्र फारम नं (शिर्षक) रू स्पष्ठ लेखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् २०८३ जेठ १८ गते तदनुसार ०१ जुन, २०२६  वेलुका ५:०० बजे भित्र VCP परिेयोजना कार्यालय, शुक्लाफाटा नगरपालिका वडा नं. १०, झलारी, कन्चनपुर वा पेशवान केन्द्रिय कार्यालय, भिमदत्त नगरपालिका वडा नं. १८, कटान, कन्चनपुर मा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिने छ ।

नोटः सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार माथि उल्लेखित पेशवान संस्था द्धारा गठन गरिएको खरिद समितिमा रहनेछ ।

LINK:

ToR_VCP Project Procurement 1

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 17 May, 2026
Apply Before 01 Jun, 2026
City Kanchanpur