फिल्ड कार्यक्रम सुपेरिवेक्षक - कृषि तथा पोषण (Field Program Supervisor – Agriculture & Nutrition)
Details / requirements:
कर्मचारी आवश्यकता
(प्रथम पटक प्रकाशित मितिः २०८३।०३।३२ गते)
हेलन केलर ईन्टरनेशनल, भिटामिन एन्जेल्स र आई. डी. ई. नेपाल सँगको संयुक्त साझेदारीमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा कपिलवस्तु जिल्लाका सबै स्थानीय तहहरुमा संचालन भईरहेको "पोषण मार्फत जीवन रुपान्तरण" परियोजना (Transforming Lives Through Nutrition) को लागि कर्मचारी आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक नेपाली नागरिकबाट फोटो सहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) तथा आफ्नो नागरिकता, शैक्षिक योग्यता, कार्य अनुभव लगायतका कागजपत्रका प्रतिलिपीहरु संलग्न राखी आवेदन सिधै कार्यालयमा बुझाउन वा इमेल मार्फत पठाउन सुचित गरिन्छ ।
पदः फिल्ड कार्यक्रम सुपेरिवेक्षक - कृषि तथा पोषण (Field Program Supervisor – Agriculture & Nutrition)
आवश्यक संख्याः २
कार्यक्षेत्रः कपिलवस्तु जिल्लाका स्थानीय तहरु
कार्य अवधिः १ बर्ष
शैक्षिक योग्यता तथा अनुभवः
१. जे.टी. वा जे. टी. ए. उत्तीर्ण गर्नेहरुका लागि ३ बर्षको, कृषि बिषयमा प्रबिणता प्रमाण तह उत्तीर्ण गर्नेहरुका लागि २ बर्षको तथा कृषि बिषयमा स्नातक तह उत्तीर्ण गर्नेहरुका लागि १ वर्षको कृषि र पोषणको क्षेत्रमा समुदाय तहमा कार्य अनुभव भएको ।
२. समुदाय परिचालन, तालिम व्यवस्थापन र सहजीकरण सम्बन्धी ज्ञान र सिप भएको ।
३. स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
४. दुई पाङ्ग्रे सवारी साधन चालक अनुमती पत्र भएको ।
मुख्य जिम्मेवारीहरुः
१. कृषि तथा पोषण सम्बन्धी समुदाय स्तरका तथ्याङ्कहरु संकलन, अभिलेखीकरण तथा विश्लेषण गर्ने ।
२. फिल्ड गतिविधीहरुको नियमित प्रतिवेदन तयार गरी कृषि तथा पोषण अधिकृत समक्ष समय मै पेश गर्ने ।
३. घरधुरी स्तरमा नियमित भ्रमण गरी सिफारिस गरिएका कृषि तथा पोषण सम्बन्धी अभ्यासहरुको कार्यान्वयन तथा अपनाउने अवस्थाको अनुगमन गर्ने ।
४. उन्नत कृषि प्रविधी, बाली विविधीकरण, जलवायु अनुकुल कृषि तथा प्राङ्गारिक खेती सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रमहरुको आयोजना तथा सहजीकरण गर्ने ।
५. कृषि उत्पादन, खाद्य तथा पोषण सम्बन्धी जनचेतना अभिवृद्धिका लागि समुदाय स्तरीय अन्तरक्रिया तथा अभिमुखीकरण संचालन गर्ने ।
६. लक्षित क्षेत्रका अति जोखिमयुक्त तथा विपन्न घरधुरीहरुको पहिचान गरी आवश्यक प्राविधिक सहयोग, सेवा तथा परियोजनाबाट उपलब्ध श्रोत साधनमा पहुँच सुनिश्चित गर्ने ।
७. किसान तथा घरधुरीहरुले कृषि, खाद्य सुरक्षा तथा पोषण सम्बन्धित भोगिरहेका समस्या तथा आवश्यकताहरु पहिचान गर्न आवश्यकताको मुल्याङ्कन गर्ने ।
८. परियोजना सँग सम्बन्धित गतिविधी, लाभग्राही विवरण तथा प्रगतिको अभिलेख तथा कागजातहरु अद्यावधिक र व्यवस्थित रुपमा राख्ने ।
९. कार्यक्रम संयोजकले तोकेको अन्य जिम्मेवारीहरु परियोजनाको प्रभावकारी कार्यान्वयका लागि सम्पादन गर्ने ।
प्राथमिकताः महिला, दलित, जनजाती तथा स्थानीयलाई प्राथमिकता दिइनेछ ।
पारिश्रमिकः संस्थाको नियम अनुसार हुनेछ ।
आवेदन दिने अन्तिम मितिः २०८३ श्रावण ६ गते बेलुका ५ बजे भित्र ।
परिक्षाको किसिमः छोटो सुची, लिखित र अन्तरवार्ता
नोटः आवेदकहरु मध्ये प्रारम्भिक छनौटमा परेका उम्मेदवाहरुलाई मात्रै परिक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवाहरुलाई स्वतः अयोग्य ठहर गर्न सकिने भएकोले कसैबाट पनि त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ ।
सम्पर्कः
कालिका स्वावलम्बन सामाजिक केन्द्र
केन्द्रिय कार्यालय, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ
थप जानकारीको लागि फोनः ०७६-५६०२८२
इमेलः hr.ksscnepal@gmail.com
Overview
| Category | Agriculture, Development Project, Nutrition |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 16 Jul, 2026 |
| Apply Before | 22 Jul, 2026 |
| City | Kapilvastu |