आवश्यक सामाग्रीको लागि कोटेशन आह्वान सम्वन्धी सूचना

buildOn Nepal

Details / requirements:

बिल्ड अन नेपाल केन्द्रीय कार्यालय धनगढी कैलाली

आवश्यक सामाग्रीको लागि कोटेशन आह्वान सम्वन्धी सूचना

बिल्ड अन नेपालले सन् १९९४ देखि समुदायको शिक्षा प्राप्तीको आवश्यकता पूर्तिको लागि नगरपालिका तथा गाउँपालिकाहरुसंग साझेदारी गर्दै आफ्नो कार्यक्रमहरु संचालन गर्दै आएको छ । सोही क्रममा मदेश प्रदेश अन्तरगत सिराहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुका विद्यालयहरुमा भवन निर्माण तथा शिक्षा सम्बन्धी अन्य कार्यक्रम संचालन गनुपर्ने भएकोले तपसिलमा उल्लेख गरिएको सर्तको अधिनमा रही सामाग्रीको  कोटेशन आव्हान यो सूचना प्रकाशित मितिले १५ (पन्ध्रा) दिनभित्र (मिति २०८२ चैत्र १२ गते विहान ११.०० बजेभित्र)  इच्छुक फर्मलाई कोटेशन फारम भरि समय भित्र पेश गर्न हुन जानकारी गरिन्छ । तत्पश्चात सोही दिन दिउसो २ बजे कोटेशन खालिने छ ।

नियम र शर्तहरु 

१. नियम तथा सर्तहरु कोटेशन फारममा उल्लेख गरिए बमोजिम रहनेछन ।

२. फर्मको भ्याट/प्यान दर्ता अन्तीम करचुक्ता प्रमाणपत्र र फर्म दर्ता प्रमाणपत्र तथा नविकरण गसरएको फोटोकपी कोटेशन संगै बुइााउनु पर्नेछ ।

३.कोटेशन फर्मको प्रत्येक पानामा फर्मको छाप तथा आधिकारिक व्याक्तिको हस्ताक्षर पेश गर्नेु पर्ने छ । 

४.कालो सूचिमा नपरेको स्वघोषणा पत्र पेश गनुपर्ने छ ।

५.कोटेशन फारम तलको लिंकबाट Download गर्न सकिनेछ ।

६.शिलबन्दी कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थाको खरिद समितिमा निहित रहनेछ ।

७.कोटेशनमा उल्लेखित दर रेट को अबधि ६ महिना सम्म कायम रहनेछ ।

८.माथि उल्लेख गरिएको लिंक अनुसार ऋबतभनयचथ अनुसारको छुटै कोटेशन भरि पठाउनु पर्नेछ ।

९.आपुर्तिकर्ताले माथि उल्लेखित सामाग्री बिल्ड अन नेपालले निर्माण गर्ने लहान नगरपालिकाको श्री बाबा सन्यासी आधारभूत विद्यालय शोभापुर वार्ड नं.– १५, श्री मधेश शहिद विजय सहानी आधारभूत विद्यालय वार्ड नं.–४ चम्पापुर, श्री भानु आधारभूत विद्यालय वार्ड नं.–२ भगवानपुर, श्री आधारभूत विद्यालय वार्ड नं.–१ सिंगराही मटिर्वा, औरही गाउँपालिकाको श्री आधारभूत विद्यालय वार्ड नं.–३ खजनपुर, श्री शारदा आधारभूत विद्यालय वार्ड नं.–४ इटाटार कमलपुर, मिरचहिया नगरपालिकाको, श्री जनता आधारभूत विद्यालय वार्ड नं.–१ महादेवा, श्री जनचेतना आधारभूत विद्यालय वार्ड नं.–२ मल्हनियाखोरी सम्म ढुवानी गर्नुपर्ने छ ।

१०.कोटेशन फारम सहित आवश्यक कागजात पेश गर्ने अन्मि मिति २०८२ चैत्र १२ गते विहान ११.०० बजेसम्म संस्थाको केन्द्रीय कार्यलय धनगढी कैलाली ५ वा buildon.nepalhr@buildon.org मा ईमेल मार्फत कोटेशन पेश गरेको अबस्थामा आपनो file PDF अथवा Zip file format मा Password Protect गरि पेश गनुपर्ने छ । कोटेशन खोल्ने समयमा भने Protect गरेका File को Password उपल्बध गराउनु पर्ने छ । साथै रित नपुगेको र म्याद नाघि आएका कोटेशन छनौट प्रकियामा अघाडि नबढाइने कुरा समेत सूचित गरिन्छ ।

थप जानकारीका लागि

खरिद समिति

बिल्ड अन नेपाल धनगढी

०९१—५२००९१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 12 Mar, 2026
Apply Before 26 Mar, 2026
City Kailali