वार्षिक लेखा परिक्षणको लागि आशय पत्र माग सम्बन्धमा सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

वार्षिक लेखा परिक्षणको लागि आशय पत्र माग सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति: २०८२ असार १६ गते

एकीकृत ग्रामीण विकास समाज (IRDS) वि.सं. २०५१ सालमा महोत्तरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भई स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने कृयाकलापहरू संचालन गर्दै आईरहेको छ ।

एकीकृत ग्रामीण विकास समाज (IRDS) को आ.व. २०८१/०८२ को लागि वार्षिक लेखा परिक्षण गराउनु पर्ने भएको हुनाले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरिएको छ ।

थप कागजातहरूको लागि, कृपया तलका लिङ्कहरूमा क्लिक गर्नुहोस्:

Audit EoI and ToR

Consultancy Proposal Form

Supplier Code of Conduct

Consultant Registration Form

Supplier Registration Form-General

आवश्यक कागजातहरू:

१. नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्थाबाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू

२. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी

३. कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (२०८०/०८१)

शर्तहरू:

  • लेखा परिक्षण गर्नको लागि संस्थाको कार्यालय, बर्दिबास १, महोत्तरीमा भौतिक रुपमा उपस्थित भई गर्नुपर्नेछ ।
  • आशय पत्र यस संस्थाले उपलब्ध गराएको फाराममा भरी कार्यालय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहित इमेल वा हार्डकपी पेश गर्नु पर्नेछ ।
  • लेखा परिक्षणको दरभाउ पत्र निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
  • आशय पत्रमा यातायात खर्च, खाना तथा होटल बास सहित कुल लागत पेश गर्नुपर्ने छ ।
  • आशय पत्रमा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
  • आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन ।
  • आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित हुनेछ ।
  • आशय पत्र दाताले बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८२ असार २२ गते साँझ ५։०० बजे सम्म ।

संस्थाको ठेगाना:

एकीकृत ग्रामीण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

इमेल: procurement.irds@gmail.com

सम्पर्क फोन ०४४–४४०५०१, ९८०१६६६४१५

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Jun, 2025
Apply Before 06 Jul, 2025
City Mahottari, Bardibas