१. उद्यम विकास अधिकृत (Enterprise Development Officer) / २. सामाजिक परिचालक (Social Mobilizer)

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब 

कर्मचारी आवश्यकता 

प्रकाशित मितिः २०८३/०६/१६

रतौली युवा क्लब (RYC), महोत्तरीमा वि.सं. २०४७ मा स्थापित मधेश प्रदेशका ग्रामीण युवाहरूको नेतृत्वमा समुदायको बृहत्तर हितका लागि क्रियाशील एक प्रतिष्ठित गैरसरकारी संस्था हो। आत्मनिर्भरता, सामाजिक न्याय र उत्तरदायित्वलाई मुख्य आधार मान्दै यसले दलित, महिला, बालबालिका तथा सीमान्तकृत समुदायको मानवअधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, र जीविकोपार्जन सुधारमा केन्द्रित रहेर काम गर्दै आएको छ। स्थानीय स्रोत र प्रतिभाको उच्चतम परिचालनमार्फत सामाजिक कुरीति, विभेद र वातावरणीय चुनौतीहरू विरुद्ध उभिने यस संस्थाले समावेशी, लोकतान्त्रिक र सहभागीमूलक पद्धतिबाट समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। 

रातौली युवा क्लब (RYC) द्वारा FCA को साझेदारीमा महोत्तरी र धनुषा जिल्लामा सञ्चालन हुन गइरहेको ‘Strengthening Women-led Moringa Value Chain through Enterprise Development and Market Linkages’ कार्यक्रमका लागि उद्यम विकास अधिकृत (Enterprise Development Officer) (१ जना) र सामाजिक परिचालक (Social Mobilizer) (१ जना) कर्मचारी आवश्यक भएकोले न्यूनतम योग्यता पुगेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३।०६।२२ गते साँझ ५:०० बजेसम्म) आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदन संस्थाको तोकिएको ठेगाना वा अनलाइन लिङ्क मार्फत पेश गर्न आह्वान गरिन्छ।

१. पद:  (विज्ञापन नं: ३-०८३/०८४) उद्यम विकास अधिकृत (Enterprise Development Officer) (१ जना) 

२. पद:  (विज्ञापन नं: ४-०८३/०८४) सामाजिक परिचालक (Social Mobilizer) (१ जना)

द्रष्टव्य: उल्लेखित म्याद नाघी प्राप्त भएका वा न्यूनतम योग्यता नपुगेका आवेदनहरू छनौट प्रक्रियामा समावेश गरिने छैनन्। प्रारम्भिक छनौट (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षामा सहभागी गराइनेछ। संस्थाले समावेशीकरणलाई प्राथमिकता दिने हुनाले स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष ग्राह्यता दिइनेछ। आवेदक अनिवार्य रूपमा संस्थाको बाल संरक्षण नीतिको पालना गर्ने तथा कुनै पनि किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद वा मानव बेचबिखन जस्ता आपराधिक कार्यमा संलग्न नभएको, स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ। कर्मचारी छनौट प्रक्रियामा कुनै पनि प्रकारको अनुचित प्रभाव, हस्तक्षेप वा दबाब आएमा सम्बन्धित उम्मेदवारको आवेदन स्वतः रद्द हुनेछ र यस सम्बन्धमा कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम हुनेछ।

उल्लेखित पदहरुको विस्तृत कार्य-विवरणः  

१) उद्यम विकास अधिकृत (Enterprise Development Officer)

लिंक: https://drive.google.com/file/d/1PNNp9WusrWwbvTU_s7zz3ZLo3r_EDqEI/view?usp=sharing

२) सामाजिक परिचालक (Social Mobilizer)

लिंक: https://drive.google.com/file/d/12BLlPRuB0hWms-PuFyXjNXAv0rjFAFF-/view?usp=sharing

दरखास्त दिने अन्तिम मिति : २०८३।०६।२२ गते साँझ ५:०० बजेसम्म ।

आवेदनका लागि : (लिंक मार्फत) https://forms.gle/rYw9zeU55X6p2h9r7

भौतिक उपस्थितिमाः

रतौली युवा क्लव, प्रधान कार्यालय जलेश्वर-२, महोत्तरी; सम्पर्क नं. ०४४-५२०८४३  

रतौली युवा क्लव, प्रदेश कार्यालय जनकपुरधाम-७, जिरोमाइल धनुषा; सम्पर्क नं. ०४१-४२१२१८

Overview

Category Agriculture, Development Project, Development studies, Management, Business Administration
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 02 Oct, 2026
Apply Before 08 Oct, 2026
City Dhanusha and Mahottari, Madhesh Province