दरभाउ पेश गर्ने सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

दरभाउ पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०३/३२

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) वर्दिवास, महोत्तरी गैर सरकारी संस्थाहरू मध्ये महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र सिन्धुली जिल्लामा कार्यरत एक गैर सरकारी संस्था हो । यससंस्थाले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विकास सांझेदार निकायहरुसंग सांझेदारी गर्दै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, र सर्लाही जिल्लामा चुरे जलाधार क्षेत्रको संरक्षण, विपद् व्यवस्थापन न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, अल्पीकरण, वातावरण संरक्षण, जिविकोपार्जन तथा महिला शसक्तिकरण, बाल अधिकार संरक्षण, शिक्षा र स्वास्थ सम्वन्धी कार्यक्रमहरू स्थानिय समुदाय मार्फत  संचालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा सामुदायिक विकास तथा पैरवी मंच नेपालको कार्यान्वयन तथा Catholic Relief Services Nepal (CRS Nepal) को आर्थिक सहयोग मा संचालित Securing and Protecting Investments and Capacities for Environmental Sustainability (SPICES) and New Homes and Communities (H&C) परियोजना अन्तर्गत भवन संहिता सम्बन्धि ५ दिने तालिम तथा  नगरपालिका भवन निर्माण अनुमति प्रणाली निर्देशिका निर्माणका लागि परामर्शदाता आवस्यक  परेकोले कम्पनि दर्ताको प्रमाणपत्र तथा ईजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्घि करमा दर्ताका प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि, फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता, कारोबार गरेको रकम समेत खुल्ने गरिको कागजातको प्रतिलिपि, अनुभवको प्रमाणपत्र र लेखा परीक्षण, प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि सहित दरभाउ पत्र मिति २०८३/०३/३२ गते देखि २०८३/०४/०६ गते साँझ ५ वजे सम्ममा रितपुर्वक माथि उल्लेखित आवश्यक कागजपत्र सहित बोलपत्र फारम पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

तपसिलः

Sr. No.
Activity
Specification
Quantity
Total

बलवा नगरपालिका, महोत्तरीको नगर भवन निर्माण अनुमति प्रणाली सम्बन्धी निर्देशिका तयारी (Preparation of  Municipal Building Permit System Directives of Balawa Municipality, Mahottari)
भवन निर्माण संहिता (Building Code) कार्यान्वयनका लागि निर्देशिका तथा मानक कार्यविधि (Standard Operating Procedure- SOP) को तयारी। यसमा भवन अनुमति प्रक्रियाको चरणबद्ध विवरण, प्राविधिक मापदण्ड, स्वीकृति प्रक्रिया, अनुगमन तथा अभिलेखीकरण प्रणाली



भवन संहिता कार्यान्वयन/अनुमति प्रणाली क्षमता अभिवृद्धि तालिम (५ दिन) (Building Code Implementation÷ Permit System Capacity Strengthening training -5 Days)
५ दिने तालिम जसमा भवन निर्माण संहिता, भवन अनुमति प्रक्रिया, नक्सा पास प्रणाली, प्राविधिक मूल्यांकन, जोखिम न्यूनीकरण मापदण्ड (DRR), तथा व्यवहारिक अभ्यास (case study, field exposure) समावेश गरिनेछ। सहभागीहरूमा नगरपालिकाका प्राविधिक कर्मचारी, इन्जिनियर, सब–इन्जिनियर तथा सम्बन्धित सरोकारवालाहरू रहनेछन्।


परामर्शदाताको भूमिका र जिम्मेवारीहरूः

  • भवन ऐन, नेपाल राष्ट्रिय भवन संहिता (NBC), सहरी विकास तथा भवन निर्माण विभाग (DUDBC) को भवन निर्माणसम्बन्धी मार्गदर्शन (२०८२) तथा अन्य सान्दर्भिक नगरपालिकाका उप–नियम र विनियमहरू लगायतका सम्बन्धित राष्ट्रिय कानुन, नीति, मापदण्ड र मार्गदर्शन कागजातहरूको समीक्षा गर्न।
  • भवन निर्माण अनुमतिसम्बन्धी विद्यमान प्रणाली, प्रशासनिक प्रक्रिया, निरीक्षण संयन्त्र, कागजात व्यवस्थापन अभ्यास र संस्थागत कार्यप्रवाहको मूल्याङ्कन गर्नुहोस् तथा सुधारका लागि कमी–कमजोरी र सुझावहरू पहिचान गर्नु्।
  • नगरपालिकाको भवन निर्माण अनुमति प्रणालीका लागि ’मानक सञ्चालन कार्यविधि’ (SOPs) तयार गर्नु जसमा कार्यप्रवाह, भूमिका तथा जिम्मेवारीहरू, प्राविधिक समीक्षा प्रक्रिया, निर्माण निरीक्षण, भवन प्रयोग अनुमति (occupancy certification), अनुगमन र कार्यान्वयनसम्बन्धी प्रक्रियाहरू स्पष्ट रूपमा परिभाषित गरिएको होस्।
  • निर्देशिका र SOP हरूलाई कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने सहायक प्रक्रिया प्रवाह रेखाचित्र (process flow diagrams), मानक फारमहरू, चेकलिस्टहरू र टेम्प्लेटहरू विकास वा परिमार्जन।
  • मस्यौदा कागजातहरूको समीक्षा गर्न तथा नगरपालिका र सम्बन्धित सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समावेश गर्न सरोकारवालाहरूसँगको परामर्श र प्रमाणीकरण कार्यशालाहरू सहजीकरण गर्ने।

परामर्शदाताको योग्यताः

  • BCI निर्देशनहरू विकास गर्नका लागिः परामर्शदातासँग सिभिल इन्जिनियरिङमा स्नातकोत्तर/स्नातक उपाधि र नीति निर्माण, भवन संहिता कार्यान्वयन, सरकारी प्राविधिक व्यक्तिहरूको क्षमता अभिवृद्धि, BCI निर्देशनहरू विकास गर्ने कार्यमा १० वर्षभन्दा बढी अनुभव हुनुपर्छ। (सरकारी क्षेत्रमा काम गर्ने अनुभवलाई प्राथमिकता दिइनेछ)
  • डभवन संहिता कार्यान्वयनसम्बन्धी तालिमका लागिः परामर्शदातासँग सिभिल इन्जिनियरिङमा स्नातकोत्तर वा स्नातक तहको शैक्षिक योग्यता हुनुका साथै भवन संहिता कार्यान्वयनसम्बन्धी तालिम, भवन संहिता कार्यान्वयन तथा सरकारी प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा १० वर्षभन्दा बढीको अनुभव हुनुपर्नेछ (सरकारी क्षेत्रमा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ)

यस संस्थाबाट तयार गरिएको दरभाउ पत्र फारम संस्था संग सम्पर्क गरि उपलब्ध गराउने जानकारी गराइन्छ । दरभाउ पत्र फारम सहित अन्य आवश्यक कागजातहरू सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको केन्द्रिय कार्यालय बर्दिबास महोत्तरीमा शिलबन्दी गरि बोलपत्र पत्र पेश गर्नुपर्नेछ । विस्तृत जानकारीको लागि कार्यालय समय भित्र मोवाइल नं ९८४४०३००९३ मा सम्पर्क गर्न अनुरोध गरिन्छ साथै यस संस्थाको खरिद तथा ब्यवस्थापन समितिको ईमेल procurement@cdafn.org.np मा मेल गर्न सक्नुहुनेछ । आवश्यकता अनुसार विभिन्न परियोजनाहरूको लागि माथि उल्लेखित सामाग्रीहरू सम्झौता तथा खरिद आदेशबाट पटक पटक सम्झौता तथा खरिद आदेश गरि खरिद गरिने छ ।

LINKS:

Quotation_BCI Training and Directive 

ToR_ BCI Training and Directive

सामाग्री खरिद तथा व्यवस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मंच नेपाल

बर्दिबास, महोत्तरी, मधेश प्रदेश

सम्पर्क नं. ९८४४०३००९३

ईमेल. procurement@cdafn.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 16 Jul, 2026
Apply Before 22 Jul, 2026
City Mahottari