दरभाउ (कोटेशन) पेश गर्ने सम्बन्धमा

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization involved in improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods. It invites application from interested service providers/ bidders for its Project Office, Kapilvastu.

Details / requirements:

सुचना !! सुचना !! सुचना !!

जो जस संग सम्बन्धित छ ।

दरभाउ (कोटेशन) पेश गर्ने सम्बन्धमा ।

(दोस्रो पटक प्रकाशित मिति : २०८३/०१/२२)

उपरोक्त सम्बन्धमा यस ‘विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)’, ‘कालिका स्वावलम्बन सामाजिक केन्द्र’, र वेल्टहन्गरहिल्फे (WHH) को संयुक्त साझेदारीमा सञ्चालित “सुधारिएको खाद्य प्रणाली र समान जीविकोपार्जनका अवसरहरू प्रवद्र्धनका लागि नागरिक समाज (NPL 1083-22)” परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको शुुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिकाको २२ वटा स्यालो बोरिङ् जडान गरीएको स्थानमा स्यालो बोरिङ् घर निर्माण गर्नुपर्ने भएकोले PAN/VAT मा दर्ता भएका ईच्छुक निर्माण व्यवसायबाट रीतपूर्वक कोटेशन आह्वान गरिन्छ । यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात् मिति २०८३/०१/२८ गते तदानुसार ११ मे २०२६ बेलुका ५:०० बजेभित्र फरवार्ड नेपालको परियोजना कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा कोटेशन पठाउनु हुन अनुरोध छ । कोटेशनको लागि फाराम तथा कोटेशन सम्बन्धि थप जानकारीका लागि मिति २०८३ वैशाख २५ गते (बेलुका ४:०० बजे) भित्र फरवार्ड नेपालको परियोजना कार्यालय तौलिहवा वा संस्थाको info@forwardnepal.org मा ईमेल गरि माग गर्न सकिनेछ ।

नोट: कोटेशन निम्न शर्तहरूको आधारमा उपलब्ध गराउनु पर्नेछ ।

  • निर्माण व्यवसायिले उपरोक्त स्यालो बोरिङ् घर (Pump House) के–कति दर/रेटमा निर्माण गर्न सकिन्छ सोको मूल्य/दरभाउ यसै सुचना साथ संलग्न दरभाउ सूची (Price schedule) मा उल्लेख गरी सिलबन्दी खाममा फरवार्ड नेपालको परियोजना कार्यालय वा केन्दीय कार्यालयमा पठाउनु पर्नेछ । 
  • कोटेशनमा उल्लेखित कुनै कुरा स्पष्ट नभएमा शाखा कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
  • निर्माण व्यवसायिले कोटेशन कबुल गरेको दररेट परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।
  • निर्माण व्यवसायिले फर्म दर्ता प्रमाणपत्र, PAN/VAT दर्ताको प्रमाणपत्र, आ.व. २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र वा म्यादथपको फोटोकपि र निमार्ण व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने अन्य कागजातहरूको फोटोकपि पनि कोटेशनसँगै संलग्न गरी पेश गर्नु पर्नेछ ।
  • छनौट भएको निर्माण व्यवसायिले प्रदान गर्ने सेवा तथा निर्माण सामग्रीको गुणस्तर ठीक नभएमा खरिदकर्ताले सम्झौता रद्द गर्न सक्नेछ ।
  • कोटेशन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस फरवार्ड नेपालमा सुरक्षित रहनेछ ।

बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://forwardnepal.org/announcements मा हेर्न सकिनेछ ।

फरवार्ड नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 May, 2026
Apply Before 11 May, 2026
City Chitwan