टेन्डर बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

टेन्डर बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/११)

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालसँगको साझेदारीमा संचालन भईरहेको जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal - CSVN project) अन्तर्गत  सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, रूपनी गाउँपालिका र सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सखुवान्नकारकट्टी गाउँपालिकामा संचालनमा रहेको जलवायु मैत्री गतिविधिहरू संचालन गर्नु पर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरू बाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्त बमोजिम यस संगै दिईएको फर्मेट बमोजिम कार्यालय समय भित्र  कार्यलयमा उपस्थित भई वा ईमेल ठेगाना  nfgfmadeshpradesh2075@gmail.com मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो  सूचना प्रकाशन गरिएको छ ।

क्र.स.कामको विवरणठेगानाकैफियत
सोलर सिंचाई कार्यपरियोजना चलेको पालिकाहरूधरौटी राखनु पर्ने।
खानेपानी, सिंचाई, पानी टंकी र वाश सटेसनधनगढीमाई नगरपालिका-९, मुशार्निया, सिरहायस कार्यमा धरौटी चाहिदैँन ।

१. इच्छुक निर्माण सेवा तथा निर्माण व्यवसायीहरुले महासंघको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत यसै साथ संलग्न गरिएको बोलपत्र फर्मेटमा दरभाउ तथा शर्तनामाहरू उल्लेख गरी  यो सूचना प्रकाशित भएको मितिले ९ औं दिन (मिति २०८३ साल भदौ १९ गते शुक्रबारका दिन) २:०० बजे भित्र यस महासंघको कार्यालयमा बोलपत्र दरभाउ उल्लेखगरी पेश गर्न सकिनेछ ।  

२. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८२/०८३ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक निर्माणकार्यको दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

४. पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको ९औं दिन (मिति २०८३ साल भदौ १९ गते शुक्रबारका दिन) दिउँसो २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

५. टेन्डर Document शुल्क रू १,०००। (अक्षरेपि एक हजार रुपैयाँ मात्र) (फिर्ता नहुने गरी) र धरौटी रकम बोलपत्रको आधारमा २ प्रतिशत रकम संस्थाको तपसिलको खातामा जम्मा गरेको बैक भौचर सहित पेश गर्नुपर्नेछ । (कार्यसम्पन्न धरौटी भएपछि फिर्ता हुने गरी) ।

बैकको नाम : कृषि बिकास बैक, बानेश्वर शाखा

खाताको नाम : National Farmers Group Federation Nepal

खाता नम्बर : 0210201600857019 ।

*सो धरौटी सोलार सिचाई कार्यको लागि गर्नु पर्ने । खानेपानी, सिंचाई, पानी टंकी र वाश सटेसन कार्यको लागि धरौटी चाहिदैन ।

६.  म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

७. लक्षित समुदायको बस्ति, घर जग्गा संरक्षण तथा कटान न्यूनीकरणको लागि आवश्यक पर्ने प्रकृतिमा आधारित समाधान अन्तर्गत निर्माण कार्य र संरक्षण मैत्री गतिविधिहरुमा स्थानीय समुदायको अनिवार्य सहभागिता एवं सामुदायिक अल्पकालीन रोजगारी श्रृजना साथै अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार अधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

LINKS:

BOQ of Water Stand and Wash Station.docx

Solar Irrigation (Materials).docx

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना :

खरिद समिति

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.- १, सिरहा - (लहान छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)

फोन न. ०३३–५६४०७३

ईमेलः nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 27 Aug, 2026
Apply Before 04 Sep, 2026
City Kathmandu