टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/११/२८)
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केयर नेपालसँगको साझेदारीमा संचालन भईरहेको संरक्षण परियोजना अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १८ विसनपुरस्थित अमृतपान कृषि सहकारी संस्थामा दुध संकलन केन्द्र स्थापना गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक डेरी सम्बन्धि सामग्रीहरु आपूर्ति गर्न सक्ने योग्य तथा इच्छुक आपूर्तिकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले ७ औ दिन (२०८२-चैत महिनाको ४ गते बुधबारका दिन ५ बजे भित्र तपसिलको शर्त बमोजिम आपूर्तिकर्ताहरुको लेटर प्याडमा दरभाउ तथा सर्तनामाहरु खुलाई कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत टेन्डर वोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।
| क्र.सं. | सामग्रीको नाम | विवरण / स्पेसिफिकेशन | परिमाण | कैफियत |
| 1 | दूध चिलिङ भ्याट (Bulk Milk Cooler) | ५०० लिटर क्षमता, SS 304, सिंगल फेज | 1 | |
| 2 | इलेक्ट्रोनिक दूध तौल मेसिन | ३०० के.जी. क्षमता | 1 | |
| 3 | दूध क्यान (SS 304) | 2० लिटर क्षमता, Ca supplement | 20 | |
| 4 | दूध परीक्षण किट | फ्याट र एसएनएफ परीक्षण सेट | 1 | |
| 5 | जेनरेटर सेट | ५ के.भी.ए., डिजेल | 1 | |
| 6 | स्टेबलाइजर / भोल्टेज कन्ट्रोल | ५ के.भी.ए. | 1 | |
| 7 | पानी ट्यांकी | १००० लिटर | 1 | |
| 8 | दूध फिल्टर कपडा / फिल्टर यूनिट | फूड ग्रेड | 4 | |
| 9 | अटोमेटिक मिल्क एनालाइजर | फ्याट, SNF, डेनसिटी मापन | 1 | |
| 10 | दूध रिसेप्शन ट्यांकी | ३०० लिटर SS | 1 | |
| 11 | डीप फ्रिजर | ३०० लिटर | 1 |
१. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष २०८१०८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हु/नु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
२. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (लहान नगरपालिका-१८ स्थित अमृतपान कृषि सहकारी संस्थासम्म ढुवानी गरि जडान समेतको) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
३. म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
४. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना :
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा – (लहान NCELL center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 12 Mar, 2026 |
| Apply Before | 18 Mar, 2026 |
| City | Lahan |